News Portal

भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को ४७ बुँदे माग पत्र

डिजिटल संचार संवाददाता२०८२ बैशाख २३
२०२ पटक

जाजरकोट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले भेरी नगरपालिकामा ४७ बुँदे माग पत्र बुझाएको छ । नेकपा (एस) भेरी नगर कमिटिले सोमबार भेरी नगरपालिकालाइ ४७ बुँदे माग पत्र बुझाएको हो ।

पुर्वनिर्धारित कार्यक्रम अनुसार देशका ७५३ वटै स्थानीय तहहरुमा नेकपा (एस) ले माग पत्र बुझाएको केन्द्रीय सदस्य कामन बहादुर खड्काले जानकारी दिए । स्थानीय तहहरुको नीतिगत सुधार, संरचनागत सुधार, विकास निर्माण लगाएतका जनताका आधारभुत आबश्यकतालाइ ४७ बुँदामा समेटेर नगरपालिकालाइ माग पत्र बुझाएको केन्द्रीय सदस्य खड्काले बताए ।

भेरी नगर कमिटिका तर्फबाट पेश गरिएको माग पत्र बुझाउन भेरी नगरपालिकामा केन्द्रीय सदस्य कमान बहादुर खड्का, जिल्ला पार्टी अध्यक्ष दिप बहादुर थापा, जिल्ला पार्टी सचिव तथा भेरी नगर ईन्चार्ज प्रदिप खड्का, उपसचिव चागुनारायण बिष्ठ, कर्णाली प्रदेश कमिटी सदस्य प्रजित सुनार, जिल्ला कमिटि सचिवालय सदस्य जगतध्वज शाही, जिल्ला कमिटी सदस्य नर बहादुर बस्नेत, पुष्पराज वली, मनोज कार्की सहभागी भएका थिए ।

नेकपा (एस) भेरी नगर कमिटीले बुझाएको ४७ बुँदे माग पत्रलाइ भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती र उपप्रमुख सिता जैसीले संयुक्त रुपमा बुझेका थिए । नेकपा (एस) ले राखेका अधिकांश मागहरु जायज रहेको बताउदै नगर प्रमुख घर्तीले माग पत्रमा उठाइएका बिषयहरुलाइ नगरपालिकाले सकारात्मक रुपमा ग्रहण गरेको भनाइ राखेका थिए ।

प्रतिकृया दिनुहोस्