आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठक सम्पन्न

एक हप्ता भित्रै संकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने निर्णय

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/१५ गते

जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको भर्चुवल बैठक सम्पन्न भएको हो ।

सम्पन्न भएको बैठकले जिल्लाका सबै पालिकाहरुले कोभिड–१९ परीक्षण किट र आबश्यक स्वास्थ्य सामाग्री तथा औषधीको व्यवस्थापन गरी हप्ता दिन भित्रै संकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने वयवस्था मिलाउने निर्णय गरेको प्रजिअ देवकोटाले जानकारी दिएका छन् । बैठकले कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको गत बैसाख १, १३ र ३१ बसेका बैठकले लिएका निर्णयहरु कार्यान्वयन हुन बाँकी निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका प्रजिअ देवकोटाले बताए ।

जिल्लामा कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएको हुदा बैठकले यस अघि जारी गरिएको निषेधाज्ञाको समयलाई एक हप्ता थप गरी यही जेठ २२ गतेको राती १२ बजेसम्म समय थप गर्न जिल्ला सुरक्षा समिति, जाजरकोटलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ देवकोटाले जानकारी दिए । कोरोना संक्रमणको दरलाई कमि गर्न जिल्लाका सरोकारवाला सबै निकाय र आबश्यकता अनुसार जिल्लाका सुरक्षा निकायले सचेतना अभिबृद्धि गर्ने बैठकले निर्णय गरेको छ । बैठकले जिल्लामा कोरोना संक्रमण भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरुप्रति सम्बेदना व्यक्त गर्दै उपचारमा रहेका जिल्लाका सम्पूर्ण संक्रमित विरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको प्रजिअ देवकोटाले जानकारी दिएका छन् ।

प्रजिअ देवकोटाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा चन्दननाथ गण मालिका व्यारेका प्रमुख सेनानी श्याम शरण गोतामे, प्रहरी नायव उपरिक्षक मधुकुमार थापा, सशस्त्र प्रहरी बल आश्रित गुल्म जाजरकोटका प्रहरी नायव निरिक्षक नरेश भण्डारी, प्रमुख अनुसन्धान अधिकृत ओम बहादुर खड्का, स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका कोभिड–१९ फोकल पर्सन कृष्ण बहादुर खत्री, निमित्त जिल्ला समन्वय अधिकारी मेघराज पन्त, स्वास्थ्यका लागि सक्षम प्रणालीका केशव राना, उद्योग बाणिज्य संघ, जाजरकोट अध्यक्ष कर्णबहादुर खत्री, नेपाल रेडक्रस सोसाईटी जाजरकोट सभापति हरि बहादुर बस्नेत, गोरखा पत्र दैनिकका सम्वादाता सहदेब बस्नेत, प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटाको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रजिअ देवकोटाले एक हप्ताको समय थप गरेर जिल्लामा निषेधाज्ञाको चौथो आदेश जारी गरेका छन् । तिब्र रुपमा संक्रमण बढ्दै गैरहेको विश्वब्यापी कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न यहि जेठ २२ गते राति १२ बजेसम्म प्रजिअ देवकोटाले निषेधाज्ञाको समय थप गरेका हुन् ।

गत बैशाख १८ गते शनिवार राति १२ बजे देखि बैशाख २५ गते राति १२ बजेसम्म पहिलो निषेधाज्ञा जारी गरेका प्रजिअ देकोटाले, दोस्रो पटक जेठ १ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका थिए । तेस्रो पटक यही जेठ १५ गते राति १२ बजेसम्मका लागि जारी गरिएको निशेषधाज्ञालाई प्रजिअ देवकोटाले यहि जेठ २२ गते राति १२ बजेसम्मका लागि चौथो पटक निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

शुक्रवार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले शनिवार राती १२ बजेदेखि लागु हुने गरि निषेधाज्ञाको समय एक हप्ता थप गर्न प्रजिअ देवकोटालाई सिफारिस गरेको थियो ।

कोभिड–१९ संक्रमणको साङ्गलोलाई तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञाको अवधी प्रजिअले बढाएका हुन ।

बंैक तथा वित्तिय सेवा, सवारी साधन, पसल, ब्यवसाय संचालन र आवश्यक काम बाहेक हिडडुलमा समेत निषेध गर्ने गरि आदेश जारी गरिएको प्रजिअ देवकोटाले जानकारी दिएका छन् । विवाह, बर्तबन्ध, मत्यु संस्कार लगायतका सामाजिक कार्यमा १० जना भन्दा बढी जम्मा हुन नपाइने कानुनी ब्यबस्था गरिएको छ ।

औषधी तरकारी, खाद्य, दुध र ग्याँसका पसल भने, विहान ६ बजे देखि ९ बजेसम्म संचालन गर्न पाईने जारी आदेशमा उल्लेख गरिएको छ । साथै एटिएम सेवा र एम्बुलेन्स लगायतका सेवा भने, सुचारु हुनेछन् । सरकारी कर्मचारीले पोशाक सहित कम्तिमा एक चौथाइ उपस्थित हुने गरि आलोपालो गरेर कार्यालय खोल्नु पर्ने जारी आदेशमा उल्लेख गरिएको छ । सुचना विभागले जारी गरेको प्रेस पास वा सम्बन्धित मिडियाको परिचय पत्रका आधारमा पत्रकारले रिपोटिङ्ग गर्न पाईने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्