
जाजरकोट
जिल्ला सदरमुकाम खलंगामा विभिन्न कार्यक्रमको आयोजना गरेर ७ औं राष्ट्रिय महिला अधिकार दिवस मनाइएको छ । अन्तरा पार्टी महिला सञ्जालको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरेर ७ औं राष्ट्रिय महिला अधिकार दिवस मनाइएको हो ।
७ औं राष्ट्रिय महिला अधिकार दिवसको अबसरमा जाजरकोटमा दुइ दिनसम्म संचालन गरिएका विभिन्न कार्यक्रमहरुमा निर्णय प्रक्रियामा अर्थपूर्ण महिला सहभागिताका चुनौतीहरुका विषयमा जनप्रतिनीधि र राजनीतिक दलका प्रमुखहरुसंग अन्तरसम्वाद संचालन गरिएको अन्तरपार्टी महिला सञ्जाल जाजरकोटका सचिव धर्मसिला बस्नेतले जानकारी दिइन । सचिव बस्नेतले दिएको जानकारी अनुसार महिनावारी स्वच्छता सम्बन्धी किशोरीहरुसंग अन्तरसम्वाद गरिएको थियो ।
त्यसैगरी न्यायका लागि महिला अधिकारका विषयमा बक्तित्वकला प्रतियोगिताको आयोजना गरिएको थियो भने, महिला हिंसा र बाल बिबाह अन्त्यका लागि हाम्रो भुमिका बिषयमा लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो ।
बक्तित्वकला प्रतियोगितामा शुशिला केसी, शिला नेपाली, बसुन्धरी विक, सावित्री आरसी र हजारी नेपाली गरी ५ जनाले भाग लिएका थिए । उक्त प्रतियोगितामा ९३.५ अंक प्राप्त गरेर सावित्री आरसीले प्रथम स्थान हासिल गरेकी थिइन भने, ९२ अंक प्राप्त गरेर हजारी नेपालीले द्धितीय स्थान हासिल गरेकी थिइन् । त्यसैगरी बक्तित्वकला प्रतियोगितामा ८८ अंक हासिल गरेर सिला नेपालीले तृत्रीय स्थान हासिल गरेकी थिइन् । बक्तित्वकला प्रतियोगितामा प्रथम, द्धितीय र तृत्रीय स्थान हासिल गर्ने प्रतियोगीहरुलाइ कांसको करुवा पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी लोक नृत्य प्रतियोगितामा समानता सामुदायिक बिकास संस्था, सिला नेपाली, कोलचौर सुरक्षा जालो, पवी कुमारी विश्वकर्मा, पञ्चेवाजा महिला समुह र निर्मला थापाको समुह गरि ६ वटा समुहले भाग लिएको थियो । उक्त लोक नृत्य प्रतियोगितामा ५८ अंक प्राप्त गरेर कोलचौर सुरक्षा जालोले प्रथम स्थान हासिल गरेको थियो भने, ५५.६६ अंक प्राप्त गरेर समानता सामुदायिक संस्थाले द्धितीय स्थान हासिल गरेको थियो । त्यसैगरी ५४–५४ अंक प्राप्त गरेर पवी कुमारी विश्वकर्मा र पञ्चेवाजा महिला समुहले तृत्रीय स्थान हासिल गरेको थियो । लोक नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कोलचौर सुरक्षा जालोलाइ १० हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो भने, द्धितीय स्थान हासिल गरेको समानता सामुदायिक संस्थालाइ ८ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी तृत्रीय स्थान हासिल गरेका द्धय पवी कुमारी विश्वकर्मा र पञ्चेवाजा महिला समुहलाई ४–४ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
अन्तर पार्टी महिला सञ्जाल जाजरकोटका अध्यक्ष रामछाँया शाहीको अध्यक्षता आयोजित ७ औं राष्ट्रिय महिला अधिकार दिवसको औपचारिक कार्यक्रममा राजनीति र समाजसेवामा जाजरकोटकी पहिलो महिला नेतृ ८४ बर्षिय सिता भण्डारीलाइ लोसल्लाह र सम्मान–पत्र प्रदान गरेर सम्मान गरिएको थियो । त्यसैगरी महिला अधिकारका क्षेत्रमा बहस तथा प्ररवी गरेर जिल्लामा महत्वपूर्ण योगदान गरेका नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाह, पत्रकार बालकुमार शर्मा, गैरसरकारी संस्था महासंघ, जाजरकोट अध्यक्ष सहदेव बस्नेत, निर्मला थापा, ७ औं राष्ट्रिय महिला अधिकार दिवसका अबसरमा अन्तर पार्टी महिला सञ्जालले आयोजना गरेका विभिन्न कार्यक्रमहरुको प्रायोजक भेरी नगरपालिका लगाएतका विभिन्न व्यक्ति र संघ÷संस्थाहरुलाइ सम्मान–पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्री, उप–प्रमुख दल बहादुर सिंह, भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनीधि, विभिन्न राजनीतिक दलका भातृ संगठन तथा महिला संगठनका प्रमुख एवं प्रतिनीधि, नागरिक समाजका संयोजक र पत्रकारले दिवस सफलताको शुभकामनासंगै महिला अधिकार प्रवद्र्धनका लागि प्रतिवद्धतामुलक मन्तव्य राखेका थिए ।