News Portal

भेरी नदीमा डुबेर २ जनाको मृत्यु, १ बेपत्ता

डिजिटल संचार संवाददाता२०८२ जेठ २४
१८१ पटक

जाजरकोट
नलगाड नगरपालिका–८ मा भेरी नदीमा डुवेर २ जनाको मृत्यु भएको छ भने, एक जना बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ भने, एक जना बेपत्ता भएका छन् ।

नलगाड–८ मन्मै स्थित भेरी नदीमा पौडी खेल्ने क्रम्मा १५ वर्षीय भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोट जिल्लाका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन् ।

बेपत्ताको खोजी जारी छ । शुक्रबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा उनीहरु भेरी नदीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदी भाइ हुन् ।

प्रतिकृया दिनुहोस्