News Portal

माओवादीको जिल्ला स्तरीय स्थानीय दल संयन्त्रको संयोजकमा नगर प्रमुख रावत

डिजिटल संचार संवाददाता२०८२ जेठ २४
१८१ पटक

जाजरकोट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोटले जिल्ला स्तरीय स्थानीय दल संयन्त्र गठन गरेको छ । जिल्ला स्तरमा आयोजित स्थानीय तहका जनप्रतिनीधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको अन्तमा जिल्ला स्तरीय स्थानीय दल संयन्त्र गठन गरिएको हो ।

जिल्ला स्तरीय स्थानीय दल संयन्त्रको संयोजकमा नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत सर्वसम्मत चयन भएका छन् । नौ सदस्य जिल्ला स्तरीय स्थानीय दल संयन्त्रमा जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख दल बहादुर सिंह, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, नलगाड नगरपालिकाका उप–प्रमुख देवका लामिछाने, बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरी, शिवालय गाउँपालिकाका उपाध्यक्ष गिता शाही, भेरी नगरपालिका स्थानीय दलका संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष दिपक राना, जुनीचाँदे गाउँपालिका स्थानीय दलका संयोजक तथा वडा नं. ११ का वडाअध्यक्ष जय बहादुर बस्नेत, कुशे गाउँपालिका स्थानीय दलका संयोजक तथा वडा नं. ८ का वडाअध्यक्ष डिल्ली बहादुर सिंह सदस्य रहेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोट संयोजक टेक बहादुर रावलले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) ले चुनाव जितेका पालिका र वडाहरुमा समाजवादी मोडेको अभ्यास गर्नुको साथै विकास निर्माण, न्याय सम्पादन लगाएतका नागरिक सेवा प्रवाहलाइ गुणस्तरीय र सुलभ बनाउन दुइ दिने स्थानीय तहका जनप्रतिनीधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको संयोजक रावलले जानकारी दिए । स्थानीय तहका जनप्रतिनीधिहरुको उक्त दुइ दिने भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्ल, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज गणेश प्रसाद सिंह, केन्द्रीय सदस्य तथा जिल्ला संयोजक टेक बहादुर रावल, अधिबक्ता विद्याभुषन मानन्धर, नागरिक जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले सहजीकरण गरेका थिए भने, कार्यक्रमको संचालन नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोट सचिव ईमाश्र देवकोटाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्