
जाजरकोट
नलगाड नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ज्योति रावलले अपाङ्गता भएका बालबालिकालाइ कपडा वितरण गरेर जन्म दिन मनाएकी छन् । जन्मदिनको अवसरमा शाखा प्रमुख रावलले अपाङ्गता भएका बालबालिकालाइ कपडा वितरण गर्नुको साथै उनीहरुसंगै केक काटेर आफ्नो जन्म दिन मनाएकी हुन् ।
नलगाड नगरपालिका वडा नं.४ घुवारा स्थित जनता प्राथमिक बिद्यालयमा सन्चालित बिशेष स्रोत कक्षामा अध्ययनरत १४ जना अपाङ्गता भएका बालबालिकाहरुलाइ शाखा प्रमुख रावलले जनही ट्रयाक सुट वितरण गरेकी छन् । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको जिम्मेवारी समालेकी रावले आफ्नो जन्म दिनको अबसरमा स्रोत कक्षामा अध्ययनरत नगरपालिकाभरीका अपाङ्गता भएका बालबालिकाहरुलाइ ट्रयाक सुट वितरण गरेर पुन्य कमाएको शिक्षक बल बहादुर रावलले बताए ।
शैक्षिक अधिकार प्राप्त गर्न अपाङ्गता भएका बालबालिकाहरुले भोगीरहेका कठिनाइसंग एकाकार हुन शाखा प्रमुख रावल ट्रयाक सुटका पोका पन्तरा बोकेर दल्लीबाट घुवारा पुगेकी थिइन । जन्मदिनलाइ अपाङ्गता भएका बालबालिकाहरुको बीचमा भव्य बनाउन रावलसंगै उनका साथीहरु र नगरपालिकाका ईन्जिनियर उमेश खड्का लगाएतका कर्मचारीहरु उक्त विद्यालयमा पुगेका थिए । केक काटेर शाखा प्रमुख रावलले बालबालिकाहरुलाइ खुशी बनाएकी थिइन् ।