News Portal

गजल

–भवानी शाही२०८२ जेठ २५
२६३ पटक

तिमीले गाए गीत आफ्नै सङ्गीतमा ।
पक्कै झन्कार बज्छ प्रेमिल दिलमा ।

राखेर यौवन धितो ठुलै गल्ती गरियो,
चुक्ता देखिन्न ऋण जीवनभर रसिदमा ।

नरोइदेन ए मन सकिए आँसु नयनका,
भिजिसक्यो यो दिल पीडारुपी शीतमा ।

किन आउछन् चुनौती नजान्ने विधाका,
कसरी लेखु कथा बिर्सिएको अतितमा ।

म फर्किन चाहान्न त्यो बाटो आशाको,
जुन बाटो छुट्टिएको हो मेरै विजितमा ।

प्रतिकृया दिनुहोस्