News Portal

जाजरकोटमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु

डिजिटल संचार संवाददाता२०८२ जेठ २६
१८६ पटक

जाजरकोट
भेरी नगरपालिका ९, कालाभुर स्थित खुल्ला पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ। सिचाइ प्रयोजनका लागि बनाइएको ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको हो ।

शनिबार दिउँसो साडे १ बजे पौडी खेल्ने क्रममा स्थानीय खडक प्रसाद शर्माका १२ बर्षिय छोरा रमेश शर्मा ट्याङ्कीमा डुबेका थिए। घटनाको जानकारी प्राप्तपछि ईलाका प्रहरी कार्यालय जगतीपुरबाट प्रहरी सहायक निरीक्षक कमल बटालाको कमाण्डमा चार जना प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ। बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको प्रहरीले जानकारी दिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्