आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा २४ घण्टामा ६४ जना कोरोना मुक्त, ४१ जना संक्रमित

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/१७ गते
जाजरकोट

२४ घण्टाको समयमा जिल्लामा ६४ जना कोरोना मुक्त भएका छन् भने, ४१ जनालाई कोरोना पुष्टी भएको छ । सोमबार ५५९ जना सक्रिय संक्रमितहरुले जिल्लाका विभिन्न पालिकाहरुमा उपचार गराई रहेका छन् ।

जिल्लामा हालसम्म ९ हजार ५१५ जनालाई पिसीआर र एन्टीजेन बिधीबाट गरिएको परीक्षणबाट १ हजार २८४ जनालाई कोरोना पुष्टी भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । हालसम्म जिल्लामा ७१२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको सोमबार जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । थप उपचारका लागि हालसम्म जिल्ला भन्दा बाहिर १० जनालाई रिफर गरिएको प्रतिवेदन विवरणले देखाएको छ । प्रतिवेदन विवरणका अनुसार तीन जना संक्रमितको जिल्लामै मृत्यु भएको छ । उक्त प्रतिवेदन विरण ११ चैत २०७६ देखि १७ जेठ २०७८ सम्मको हो ।

एक जना संक्रमितको उपचारका क्रममा नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । हालसम्म जिल्लामा कोरोना पुष्टी भएका ४ जनाको मृत्यु भएको छ ।

५० शैयाको जिल्ला अस्पताललाई कोरोना उपचार अस्पताल बनाईएको छ भने, जिल्लामा १२२ बेडको आइशोलेसन रहेको दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । ३ वटा आईसीयू कक्षमा ३३ वटा अक्सिजन सहितका बेड रहेका छन् भने, ८९ वटा साधारण आईशोलेसन बेड रहेका छन् । १ भेन्टिलेटर कक्ष रहेको छ भने, १० वटा एचडीयू बेड रहेका छन् । त्यसैगरि १४० वटा अक्सिजन सिलिण्डर चालु अबस्थामा रहेको दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ ।

बारेकोटमा ५ जना डिस्चार्ज, १ जनालाई कोरोना पुष्टी
बारेकोट गाउँपालिकामा २४ घण्टाको समयमा ५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने, १ जनालाई कोरोना पुष्टी भएको छ । सोमबार १७ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १ जनालाई कोरोना पुष्टी भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्साका कोभिड फोकल पर्सन मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

हालसम्म बारेकोट गाउँपालिकामा २६१ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ८६ जनालाई कोरोना पुष्टी भएको कोभिड फोकल पर्सन श्रेष्ठले निकालेको दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । हालसम्म ४० जना कोरोना मुक्त भएर डिस्चार्ज भएको बिबरणमा उल्लेख गर्दै श्रेष्ठले बारेकोटमा सोमबार ४६ जना सक्रिय संक्रमित रहेको जानकारी दिएका छन् । सोमबार ४६ जना सक्रिय संक्रमितहरु मध्ये १२ जना संक्रमितले गाउँपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ३४ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

कुशे गाउँपालिकामा ४७८ जनाको कोरोना परीक्षण
कुशे गाउँपालिकाले हालसम्म ४७८ जनाको कोरोना परीक्षण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरमा कुशे गाउँपालिकाले ४७८ जनाको कोरोना परीक्षण गरेको हो ।

हालसम्म ४७८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २२ जनालाई कोरोना पुष्टी भएको गाउँ स्वास्थ्य शाखा संयोजक अमर जंग शाहले जानकारी दिएका छन् । संयोजक शाहले दिएको जानकारी अनुसार हालसम्म ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने, थप उपचारको लागि २ जनालाई रिफर गरिएको थियो । गाउँपालिकामा सोमबार १२ जना सक्रिय संक्रमित रहेका छन् संयोजक शाहले भने–‘स्वास्थ्यकर्मीहरुको प्रत्येक्ष निगरानीमा रहेर १२ जना सक्रिमितहरुले होम आईशोलेसनमा रहेर उपचार गराई रहनु भएको छ ।’

भेरी नगरपालिकामा १३४ जना डिस्चार्ज
भेरी नगरपालिकामा ४८ घण्टाको समयमा १३४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोनाको दोस्रो लहरमा संक्रमित भएका ५५७ जना मध्ये कोरोना मुक्त भएर सनिबारसम्म २१६ जना डिस्चार्ज भएको भेरी नगरपालिकामा सोमबार डिस्चार्ज हुनेको संख्या ३५० जना पुगेको भेरी नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापा केसीले जानकारी दिएकी छन् । त्यसैगरी आईतबार र सोमबार भेरीमा ४८ जनालाई एन्टीजेन परीक्षण गरिएको थियो सह–संयोजक थापा केसीले भनिन्–‘४८ जनामा गरिएको एन्टीजेन परीक्षणबाट कसैलाई पनि कोरोना पुष्टी भएन् ।’

२०२ जना सक्रिय संक्रमित रहेको भेरी नगरपालिकाले सोमबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणले देखाएको छ । विवरणले देखाए अनुसार सोमबार २०१ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, १ जनाले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । पिसीआर र एन्टीजेन बिधीबाट सोमबारसम्म १ हजार ३०० जनालाई परीक्षण गरिएको भेरीमा ५५७ कोरोना पुष्टी भएको थियो । थप उपचारका लागि नगर स्वास्थ्य शाखाले ५ जनालाई रिफर गरेको थियो भने, २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

नलगाडमा ३ जनालाई कोरोना पुष्टी
नलगाड नगरपालिकामा सोमबार गरिएको परीक्षणबाट ३ जनालाई कोरोना पुष्टी भएको छ । सोमबार ३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट तीनै जनालाई कोरोना पुष्टी भएको हो ।

हालसम्म ११६ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ६२ जनालाई कोरोना पुष्टी भएको नलगाड नगरपालिकाले सोमबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । ३२ जना सक्रिय संक्रमित रहेको नलगाढमा सोमबार २३ जनाले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ९ जनाले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । थप उपचारको लागि हालसम्म ७ जनालाई रिफर गरिएको छ भने, २१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । २ जना संक्रमितको मृत्यु भएको छ ।

सोमबार बारेकोट, कुशे, नलगाड र भेरी बाहेकका अन्य छेडागाड, शिवालय र जुनीचाँदेको रिर्पोट प्राप्त हुन सकेन ।

प्रतिकृया दिनुहोस्