News Portal

छेडागाड नगरपालिकामा ४८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

डिजिटल संचार संवाददाता२०८२ जेठ २६
१११ पटक

जाजरकोट
छेडागाड नगरपालिकाका ४८ जना अपांगता भएका व्यक्तिहरूले शारीरिक पुनर्स्थापना सेवा मार्फत सहायक सामग्रीहरू प्राप्त गरेका छन् । उक्त शिविरमा २०० भन्दा बढी अपाङ्गता भएका व्यक्तिले सेवा लिएका छन् भने ३८ जनाले अपाङ्गता परिचयपत्र समेत प्राप्त गरेका छन्।

छेडागाड नगरपालिकामा जेष्ठ २४ र २५ गते सञ्चालन गरिएको दुई दिने शिविरबाट ४८ जना अपाङ्गता भएका व्यक्तिहरूले शारीरिक पुनर्स्थापना सेवामार्फत सहायक सामग्री प्राप्त गरेका छेडागाड नगरपालिका नगर नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले बताएका छन्। प्राप्तकर्ता मध्ये १० जना बालबालिका र ३८ जना वयस्क रहेका छन्। उक्त शारीरिक पुनर्स्थापना सेवा मार्फत प्रदान गरिएको सहायक सामग्री ५ लाख ४२ हजार बराबर रहेको तथा त्यसको आर्थिक व्यवस्थापन सहयात्रा परियोजना मार्फत गरिएको पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटले जनाएको छ।

सहायक सामग्री वितरण तथा प्रयोग सम्बन्धी शिविर छेडागाड नगरपालिकाको दुई स्थान—नगर स्वास्थ्य कार्यालय बडाबन र वडा नं। १२ मनघाट—मा सम्पन्न भएको थियो। शिविरमा सहभागी भएकी क्षडागढ नगरपालिका वार्ड नं १ कि भद्रशिला बुढाले कृत्रिम खुट्टा प्राप्त गरेपछि नयाँ जीवन पाएको आफ्नो अनुभव सुनाउनुभयो । त्यसैगरी छेडागाड नगरपालिका वडा नम्बर ११ कि बालिकाले शारीरिक पुनर्स्थापना सेवा मार्फत विलचेयर प्राप्त गरेपछि आफूलाई भित्र बाहिर गर्न सहज भएको र त्यसले घरमै बसी पठनपाठनमा समेत सहजता हुने अनुभव बताउनुभयो साथै आफ्नो दैनिक जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गरेकी छन्।

शिविरको पहिलो दिन नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सहायक सामग्री हस्तान्तरण गरिएको थियो। प्राविधिक सहयोग नेपाल राष्ट्रिय समाज कल्याण संघ पुनर्स्थापना केन्द्र कञ्चनपुर र छेडागाड नगरपालिकाको स्वास्थ्य शाखाबाट प्रदान गरिएको थियो भने कार्यक्रमको कार्यान्वयन व्यवस्थापन पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको सहयात्रा तेस्रो परियोजनाबाट गरिएको थियो।

प्रतिकृया दिनुहोस्