News Portal

पाँचतारा र ह्याण्डी क्याप इन्टरनेश्नलको आयोजनामा अभिमुखीकरण कार्यशाला

८२ पटक

जाजरकोट
पाँचतारा युवा संरक्षण मञ्च र ह्याण्डी क्याप इन्टरनेश्नलको आयोजनामा सोमबार अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । अपाङ्गता नीति, व्यवस्थापन तथा आर्थिक समाबेशिकरण सम्बन्धि सार्वजनिक तथा नीजि सेवा प्रदायकका लागि पाँचतारा युवा संरक्षण मञ्च र ह्याण्डी क्याप इन्टरनेश्नलले अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको हो ।

ह्याण्डी क्याप इन्टरनेश्नलको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले संचालन गरेको अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरुको स्वास्थ्य पुर्नस्थापना तथा सामाजिक सेवामा पहुँच बृद्धि परियोजनाको आयोजनामा सार्वजनिक सेवा प्रदायक र नीजि सेवा प्रदायकहरुको लागि अभिमुखीकरण कार्यशाला गरिएको थियो ।

उक्त अभिमुखीकरण कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी, नेपालको संविधान र ऐनहरुले गरेको व्यवस्था, निर्देशक सिद्धान्त, अपाङ्गताको परिचय, परिभाषा, प्रकार, अपाङ्गता भएका व्यक्तिलाइ गरिने व्यवहार, अपाङ्गता भएका व्यक्तिलाइ गरिने दुरव्यवहार सम्बन्धि कानुनी कसुर, सजाय र आर्थिक समावेशीकरणका विषयमा जानकारी गराइएको थियो ।

सार्वजनिक तथा नीजि सेवा प्रदायकका तर्फबाट अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न अभिमुखीकरण कार्यशालाका सहभागीहरुले योजना तर्जुमा गरेका थिए ।

पुराना योजना कार्यान्वयन र नयाँ छनौट तथा बजेट तर्जुमाको हतारोको समयमा अभिमुखीकरण कार्यशालाको आयोजना गरिएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवी पन्तले भनाइ राखेका थिए । संसारको ८० प्रतिशत पुँजी २ प्रतिशतको हातमा भएको बताउदै अध्यक्ष पन्तले नेपालको कुल जनसंख्याको २ प्रतिशत जनसंख्या अपाङ्गता भएको भनाइ राखेका थिए । मानव जीवनको सबैभन्दा महत्वपूर्ण र ठुलो सम्पति आफ्नो सन्तान भएको बताउदै अध्यक्ष पन्तले हिडडुल गरेर संसार देख्न नपाएता पनि कोठाभित्रै पुस्तक पढेर संसार देख्छु भन्ने अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षाका अधिकार व्यवस्थित हुन नसकेको भनाइ राखेका थिए ।

प्रतिकृया दिनुहोस्