News Portal

एक किलो एक सय पचाँस ग्राम अफिम सहित एक जना पक्राउ

१५८ पटक

दिप बहादुर घर्ती

जाजरकोट
एक किलो एक सय पचाँस ग्राम अफिम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कुशे गाउँपालिका ३ घर भई हाल जुनिचाँदे गाउँपालिका वडा नं ७ निपाने बस्दै आएका ३७ बर्षका नीरज कुमार पुनलाई प्रहरीले पक्राउ गरेको हो । १ किलो १ सय ५० ग्राम अफिम सहित इलाका प्रहरी कार्यालय पंचाला दहबाट खटिएको प्रहरी टोलीले प्लास्टिकको झोला भित्र तेलको पोका सहित छुट्टाछुट्टै पाँच वटा पोका भित्र लुकाइ राखेको १ केजी १ सय ५० ग्राम अफिम सहित पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए ।

उनलाई जिल्ला अदालत जाजरकोटबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्