नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा छेडागाड नगरपालिकाले ४९८ जनालाई कोरोना परीक्षण गरेको छ । ४९८ जनालाई गरिएको परीक्षणबाट १८४ जना कोरोना संक्रमित भएका थिए भने, परीक्षणका लागि स्वाव संकलन गरिएका ६६ जनाको ल्याब रिर्पोट आउन बाँकी नै रहेको छ ।
ल्याव प्रयोगशाला सुर्खेतबाट सोमबार आएको ७५ जनाको रिर्पोटमा ५८ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत अहेब राम बहादुर थापाले जानकारी दिएका छन् । अहेब थापाले दिएको जानकारी अनुसार छेडागाडमा हालसम्म कोरोना पुष्टी भएका १८४ जना मध्ये १०८ जना निको भएर डिस्चार्ज भएका छन् भने, मंगलबार ८२ जना सक्रिय संक्रमितले होम तथा नगर आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।
पिसीआर परीक्षणको लागि २१० जनाको स्वाव संकलन गरेकोमा ६६ जनाको रिर्पोट आउन बाँकी छ भने, १२६ जनालाई कोरोना पुष्टी भएको छेडागाड नगरपालिकाले मंगलबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणले देखाएको छ । पिसीआर परीक्षणबाट कोरोना पुष्टी भएका १२६ जना मध्ये ६८ जना निको भएर डिस्चार्ज भएका छन भने, ५८ जना सक्रिय संक्रमितहरुले आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।
त्यसैगरी २८८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ६४ जनालाई कोरोना पुष्टी भएको थियो । एन्टीजेन परीक्षणबाट कोरोना पुष्टी भएका ६४ जना मध्ये ४० जना निको भएर डिस्चार्ज भएका छन् भने २४ जना सक्रिय संक्रमितहरुले आईशोलेसनमा रहेर उपचार गराई रहेको दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।
नलगाडमा ३ जनालाई कोरोना पुष्टी, २ जना डिस्चार्ज
नलगाड नगरपालिकामा २४ घण्टाको समयमा गरिएको एन्टीजेन परीक्षणबाट ३ जनालाई कोरोना पुष्टी भएको छ भने, २ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
मंगलबार ४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ३ जनालाई कोरोना पुष्टी भएको नलगाड नगरपालिकाले मंगलबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणले देखाएको छ । हालसम्म १२० जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ६५ जनालाई कोरोना पुष्टी भएको नलगाड नगरपालिकामा मंगलबारसम्म २३ जना निको भएर डिस्चार्ज भएका छन् भने, ३३ जना सक्रिय संक्रमित रहेका छन् । ३३ जना सक्रिय संक्रमित मध्ये २६ जना होम आईशोलेसनमा रहेका छन् भने, ७ जना नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । त्यसैगरि हालसम्म थप उपचारको लागि ७ जनालाई रिफर गरिएको छ भने, २ जना संक्रमितको मृत्यु भएको छ ।
बारेकोटमा १३ जनालाई कोरोना पुष्टी
मंगलबार गरिएको परीक्षणबाट बारेकोट गाउँपालिकामा १३ जनालाई कोरोना पुष्टी भएको छ । मंगलबार ४७ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १३ जनालाई कोरोना पुष्टी भएको गाउँ स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
गाउँ स्वास्थ्य शाखाले मंगलबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा हालसम्म ३०८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ९९ जनालाई कोरोना पुष्टी भएको उल्लेख गरिएको छ । हालसम्म ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने, मंगलबार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।
५९ जना सक्रिय संक्रमित मध्ये १७ जनाले गाउँपालिकाको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ४२ जना सक्रिय संक्रमितहरुले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।
कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण सार्बजनिक गर्दै आएको जिल्ला प्रशासन कार्यालय, भेरी नगरपालिका, शिवालय, कुशे र जुनीचाँदे गाउँपालिकाले मंगलबार दैनिक प्रतिवेदन विवरण सार्बजनिक गरेका छैनन् ।