News Portal

भेरी नगरपालिका–९ पोषणमैत्री वडा घोषणा

९३ पटक

जाजरकोट
भेरी नगरपालिकाको ९ नम्बर वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर शुक्रबार भेरी–९ लाइ पोषणमैत्री वडा घोषणा गरिएको हो ।

पोषण मैत्रीका ४९ वटा सुचकहरु मध्ये स्वास्थ्य क्षेत्रका १६ वटा सुचकहरु पुरा भएपछि भेरी–९ लाई पोषणमैत्री वडा घोषणा गरिएको थियो । भेरी नगरपालिका–९ लाइ जाजरकोट जिल्लाको दोस्रो र कर्णाली प्रदेशको तेस्रो पोषणमैत्री वडा घोषणा भएको छ । सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–५ लाइ कर्णाली प्रदेशको पहिलो पोषणमैत्री वडा घोषणा भएको थियो भने, भेरी नगरपालिका–१३ लाइ कर्णाली प्रदेशको दोस्रो र जिल्लाको पहिलो पोषणमैत्री वडा घोषणा गरिएको थियो । सल्यान जिल्लाको कालिकाटी–५ लाइ २०८१ जेठ ३१ गते पोषणमैत्री वडा घोषणा गरिएको थियो भने, भेरी–१३ लाइ यही असार १९ गते पोषणमैत्री वडा घोषणा गरिएको थियो ।

भेरी नगरपालिका–९ का वडा अध्यक्ष हिरा प्रसाद शर्माको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रमको व्यानर पढेर जिल्ला समन्वय समिति, जाजरकोट प्रमुख कालि बहादुर खत्रीले उक्त वडालाइ पोषणमैत्री वडा घोषणा गरेका थिए । पोषणमैत्री स्वास्थ्यका सुचक, शिक्षाको क्षेत्र, महिला तथा बालबालिकाको क्षेत्र, खानेपानी तथा सरसफाइको क्षेत्र, कृषि, भेटनरी र खाद्य सुरक्षाका सुचकहरु पुरा गरेपछि भेरी नगरपालिका–९ लाइ पोषणमैत्री वडा घोषणा गरिएको नगर स्वास्थ्य शाखामा कार्यरत पोषण फोकलपर्सन कौशिला बटालाले जानकारी दिएकी थिइन् ।

शारिरिक, मानसिक तथा बौद्धिक विकासका लागि काब्रोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज जस्ता पोषण तत्वहरुको आबश्यक पर्ने बताउदै भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले बालबालिकाहरुको बृद्धि विकासका लागि ९ नम्बर वडाले स्वास्थ्य क्षेत्रका सम्पूर्ण सुचकहरु पुरा गरेर पोषणमैत्री वडा घोषणा हुन सफल भएको बताइन् ।

मानव शरिरको बृद्धि, रोग प्रतिरोधात्मक क्षमता, ऊर्जा उत्पादन, जैविक प्रक्रिया सुचारु राख्न पोषण तत्वको आबश्यक पर्ने स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा कार्यरत डा. आशिष झाले भनाइ राखेका थिए । घोषणा कार्यक्रममा पोषणमैत्री वडा घोषणा पूर्व पुरा गर्नुपर्ने स्वास्थ्य क्षेत्रका १६ वटा सुचकहरुलाइ पुरा गर्न योगदान गर्ने भुर स्वास्थ्य चौकी र स्वास्थ्य चौकी इन्चार्ज लाल बहादुर खड्का, महिला स्वास्थ्य स्वयमसेविका, विद्यालय, गैर सरकारी संस्थाहरुलाइ भेरी नगरपालिकाको स्वास्थ्य शाखाले सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्