आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा जिल्ला विपद् व्यवस्थापन समितको भर्चुवल बैठक सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/२१ गते
जाजरकोट

जिल्ला विपद् व्यवस्थापन समितिको भर्चुवल बैठक बुधबार सम्पनन भएको छ । बिशेष अतिथी र आमन्त्रित अतिथीहरुको उपस्तिथिमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको हो ।

सम्पन्न बैठकले विपद् ब्यवस्थापन प्रयोजनका लागि जिल्लाका सबै पालिका स्तरमा सुरक्षित आश्रय स्थलको छनौट गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिएका छन् । मनसुन सुरु हुनु पहिले नै जिल्लाका सबै पालिकामा उद्धार सामाग्रीहरुको व्यवस्थापन तथा भण्डारण गर्ने बैठकले निर्णय गरेको छ जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ देवकोटाले भने–‘जिल्लाका सबै स्थानीय तहले विपद् पूर्व प्रतिकार्य रणनितिक योजना निर्माण गर्ने निर्णय भएको छ ।’

विपद् व्यवस्थापनलाई सहज तथा सरल बनाउन जिल्लाका सबै पालिका र वडा स्तरमा हेलिप्याड निर्माण गर्ने बैठकले निर्णय गरेको छ । बिपद् व्यवस्थापन तथा उद्वार, पुर्नस्थापना राहत बितरण कार्यमा सुरक्षाकर्मीहरुलाई सघाउनेगरी जिल्लाका सबै पालिकाले स्वयंसेवक टीम निर्माण तथा गठन गर्ने निर्णय भएको प्रजिअ देवकोटाले जानकारी दिएका छन । मनसुन सुरु हुनु अगाडी नै जिल्लाका सबै पालिकामा आवश्यकता अनुसारको खाद्यन्न, औषधि, अक्सिजन सिलिण्डर, दैनिक उपभोग्य सामाग्रीको व्यवस्थापन तथा भण्डारण गरि सक्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले जिल्लामा ब्लड बैंक स्थापना सम्बन्धि आबश्यक निर्णय लिएको प्रजिअ देवकोटाले जानकारी दिएका छन् । विपद् पहिले, विपद्को समयमा र विपद्पछिको अवस्थामा जिल्लाका सबै स्थानीय तह, स्थानीय प्रशासन, स्थानीय सुरक्षा निकाय, सरोकारवाला संघ÷संस्था तथा सम्बन्धित विषयगत कार्यालयहरु समन्वयात्मक ढंगबाट आ–आफ्नो जिम्मेवारी वहन गर्ने बैठकले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितका अध्यक्ष प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा विपद् व्यवस्थापन समितका पदिधकारी, विशेष आमन्त्रित अतिथी प्रतिनिधी सभाका सांसद शक्ति बहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ, सभासद राजिव विक्रम शाह, जिल्ला समन्व प्रमुख मन बहादुर रावल र स्थानीय तहका प्रमुख तथा अध्यक्ष, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्