आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बारेकोटमा ६ जनालाई कोरोना पुष्टि, ८ जना डिस्चार्ज

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/२२ गते
जाजरकोट

बारेकोट गाउँपालिकामा सनिबार ६ जनालाई कोरोना पुष्टि भएको छ भने, ८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट सनिबार ६ जनालाई कोरोना पुष्टि भएको हो ।

सनिबार १२ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ६ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले जानकारी दिएकी छन् । हालसम्म बारेकोटमा ४१७ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १४८ जनालाई कोरोना पुष्टि भएको अनमी रोकायले बताएकी छन् । अनमी रोकायले लिएको जानकारी अनुसार हालसम्म कोरोना पुष्टि भएका १४८ जना मध्ये ५५ जना महिला रहेका छन् भने, ९३ जना पुरुष रहेका छन् ।

हालसम्म ४९ जनाले कोरोना जितेर डिस्चार्ज भएको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा बारेकोटले सनिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । स्वास्थ्यकर्मीहरुको निगरानीमा ८४ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । गाउँपालिको आईशोलेसनमा रहेर उपचार गराई रहेका ६४ जना संक्रमित मध्ये ४९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १५ जना सक्रिय संक्रमितहरुको उपचार भई रहेको प्रतिवेदन विवरणमा भनिएको छ । उपचार भई रहेको १५ जना सक्रिय संक्रमितहरु मध्ये ७ जना महिला रहेका छन् भने, ८ जना पुरुष रहेका छन् ।

नलगाडमा ५ जनालाई कोरोना पुष्टि
नलगाड नगरपालिकामा सनिबार ५ जनालाई कोरोना पुष्टि भएको छ । सनिबार ७ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको हो ।

हालसम्म १४९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ७८ जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले सनिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख छ । हालसम्म ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ । सनिबार ३१ जना होम आईशोलेसन र ३ जना नगरपालिकाको आईशोलेसनमा रहेर ३४ जना सक्रिय संक्रमितले स्वास्थ्यकर्मीको पत्यक्ष निगरानीमा उपचार गराई रहेका छन् ।

दैनिक सार्बजनिक गर्दै आएको जिल्ला प्रशासन कार्यालय, भेरी र छेगाड नगरपालिका, कशे, जुनीचाँदे र शिवालय गाउँपालिकाले सनिबार कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण प्रकाशन गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्