नलगाड नगरपालिकामा हालसम्म ९४ जनालाई कोरोना पुष्टि भएको छ भने, ४० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कारोना संक्रमणको दोस्रो लहरमा नलगाड नगरपालिकामा मंगलबारसम्म ९४ जनालाई कोरोना पुष्टि भएको हो भने, ४० जना डिस्चार्ज भएका हुन् ।
मंगलबार ४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले मंगलबारको बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । मंगलबार नै ३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
हालसम्म १७५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ९४ जनालाई कोरोना पुष्टि भएको मंगलबारको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । निको भएर हालसम्म ४० जना डिस्चार्ज भएका छन् भने, थप उपचारको लागि ७ जनालाई रिफर गरिएको छ । २ जना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार स्वास्थ्यकर्मीहरुको निगरानीमा ३६ जना सक्रिय संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ११ जना सक्रिय संक्रमितहरुले संस्थागत आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । होम आइशोलेसन र संस्थागत आईशोलेसनमा गरि मंगलबार जम्मा ४७ जना सक्रिय संक्रमित रहेका छन् ।