आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा हालसम्म एक हजार ५७ जनाले कोरोना जिते, ४१८ जना सक्रिय संक्रमित

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/२६ गते
जाजरकोट

जाजरकोट जिल्लामा हालसम्म एक हजार ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएका एक हजार ५७ जनाको संख्या ११ चैत २०७६ देखि २६ जेठ २०७८ सम्मको हो ।

पिसीआर र एन्टीजेन विधिबाट जिल्लामा १० हजार १५ जनालाई गरिएको परीक्षणबाट एक हजार ४९० जनालाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । संक्रमित १ हजार ४९० जना मध्ये एक हजार ५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । ४१८ जना सक्रिय संक्रमितहरुले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गरिरहेको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । हालसम्म १२ जना संक्रमितलाई थप उपचारको लागि जिल्ला भन्दा बाहिर रिफर गरिएको प्रतिवेदन बिबरणले देखाएको छ । ३ जना संक्रमितको जिल्लामै मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामै कोरोना पुष्टि भएर उपचारको क्रममा रहेका २ जना संक्रमितको जिल्ला भन्दा बाहिर मृत्यु भएको छ । जिल्लामै कोरोना पुष्टि भएर मृत्यु हुनेहरुको संख्या पाँच पुगेको छ भने, जिल्ला भन्दा बाहिर कोरोना पुष्टि भएका ३ जना जाजरकोट बासीको मृत्यु भएको छ ।

हालसम्म पिसीआर बिधिबाट ६ हजार ८३१ जनालाई गरिएको परीक्षणबाट ५६२ जनालाई कोरोना पुष्टि भएको थियो । पिसीआर बिधिबाट गरिएको परीक्षणबाट कोरोना पुष्टि भएका ५६२ जना मध्यृे ४८८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने, ७४ जना सक्रिय संक्रमितले आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । त्यसैगरी एन्टीजेन बिधिबाट ३ हजार १८४ जनालाई गरिएको परीक्षणबाट ९२८ जनालाई कोरोना पुष्टि भएको थियो । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट कोरोना पुष्टि भएका ९२८ जना मध्ये ५६९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने, ३४४ जना सक्रिय संक्रमितहरुले आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

प्रतिकृया दिनुहोस्