आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नलगाडमा बुधबार ३ जनालाई कोरोना पुष्टि, ३ जना डिस्चार्ज

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/२७ गते
जाजरकोट

नलगाड नगरपालिकामा बुधबार ३ जनालाई कोरोना पुष्टि भएको छ भने, ३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट ६ जनालाई गरिएको परीक्षणबाट ३ जनालाई कोरोना पुष्टि भएको हो ।

कोभिड–१९ को दोस्रो लहरमा एन्टीजेन विधिबाट बुधबारसम्म नलगाड नगरपालिकाले १८१ जनाको स्वास्थ्य परीक्षण गरेको छ । परीक्षण गरिएका १८१ जना मध्ये ९७ जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले जनाएको छ । बुधबारसम्म ४१ जनाले कोरोना जितेर डिस्चार्ज भएको नलगाड नगरपालिकाले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।

स्वास्थ्यकर्मीहरुको निगरानीमा बुधबार ३६ जना सक्रिय संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, १० जना सक्रिय संक्रमितले संस्थागत आइशोलेसनमा रहेर उपचार गराई रहेको प्रकाशित दैनिक प्रतिवेदन विवरणले देखाएको छ । बुधबार नलगाड नगरपालिकामा ४६ जना सक्रिय संक्रमित रहेका छन् । थप उपचारको लागि ७ जनालाई रिफर गरेको नगरपालिकामा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्