बारेकोट गाउँपालिकामा सनिबार ४ जनालाई कोरोना पुष्टि भएको छ भने, एक जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट सनिबार बारेकोटमा ४ जनालाई कोरोना पुष्टि भएको हो ।
२४ घण्टाको समयमा ६ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले जानकारी दिएकी छन् । सनिबार कोरोना पुष्टि भएका ४ जना मध्ये २ जना महिला र २ जना पुरुष रहेका छन् अनमी रोकायले भनिन्–‘कोरोना जितेर सनिबार डिस्चार्ज हुने १ जना महिला रहेकी छन् ।’
हालसम्म ४९४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १६१ जनालाई कोरोना पुष्टि भएको सनिबार बारेकोट गाउँपालिकाले प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।
स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा ८६ जना संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । संस्थागत आईशोलेसनमा रहेर उपचार गराई रहेका ७५ जना संक्रमित मध्ये ७० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, सनिबार ५ जना सक्रिय संक्रमितले संस्थागत आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । संस्थागत आइशोलेसनमा रहेर उपचार गराई रहेका ५ जना मध्ये ३ जना महिला र २ जना पुरुष रहेको दैनिक प्रतिवेदन विवरणमा देखाईएको छ । दोस्रो पटक गरिएको परीक्षणबाट कोरोना देखिएकी संक्रमित एक महिलाको संस्थागत आईशोलेसनमा राखेर उपचार भई रहेको छ ।