आईतबार भेरी नगर स्वास्थ्य शाखाले २५ जनालाई कोरोना परीक्षण गरेको छ । घरदैलो स्वास्थ्य अभियान चलाएको नगर स्वास्थ्य शाखाले आईतबार २५ जनाको कोरोना परीक्षण गरेको हो ।
एन्टीजेन बिधिबाट आईतबार २५ जनालाई गरिएको परीक्षणबाट कसैलाई पनि कोरोना पुष्टि नभएको नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापाले जानकारी दिएकी छन् । कोभिड–१९ को दोस्रो लहरमा भेरी नगर स्वास्थ्य शाखाले पिसीआर र एन्टीजेन बिधिबाट १ हजार ४७३ जनालाई गरिएको परीक्षणबाट ५८५ जनालाई कोरोना पुष्टि भएको जानकारी दिदै सह–संयोजक थापाले हालसम्म भेरी नगरपालिकामा ५४० जनाले कोराना जितेर डिस्चार्ज भएको बताईन् ।
स्वास्थ्यकर्मीहरुको निगरानीमा आईतबार ३९ जना सक्रिय संक्रमितहरुले होम आइशोलेसनमा रहेर उपचार गराई रहेको भेरी नगरपालिकाले आईबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । थप उपचारको लागि हालसम्म ५ जनालाई रिफर गरेको नगरपालिकामा ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रकाशित दैनिक प्रतिवेदन विवरणले देखाएको छ ।