भेरी नगरपालिकाको अनुदानमा गर्भेनी भैसी पाएपछि भेरी–१३ रोकायगाउँका किसानहरु हर्षित भएका छन् । नगरपालिकाको अनुदानमा ५० प्रतिशत भन्दा माथि क्रस बर्णशंकर (मुर्रा) जातको भैसी पाएपछि रोकायगाउँ भैसी पालन कृषक समुहका किसानहरु हर्षित भएका हुन् ।
प्रति भैसी १ लाख २२ हजार ८३३ रुपैया मुल्य परेको क्रस मुर्रा जातको भैसी खरिदमा भेरी नगरपालिकाले ८० प्रतिशत अनुदान दिएको नगर प्रमुख चन्द्र प्रकास घर्तीले जानकारी दिए । मध्य पहाडी लोक मार्गमा दुग्ध प्रबद्र्धन गर्ने उदेश्यले नगरपालिकाले भैसी पालन तथा पशुपन्छी प्रबद्र्धन कार्यक्रम संचालन गरेको नगर प्रमुख घर्तीले बताए । लागत साझेदारीमा शसर्त अनुदान तर्फ नगरपालिकाले भैसी पालन कृषक समुहहरुका लागि आबश्यक बजेट व्यवस्थापन गरेको नगर प्रमुख घर्तीले जानकारी दिए । नेपाल सरकारले “समृद्ध नेपाल–सुखी नेपाली” को नारालाई राष्ट्रिय अभियान बनाएको जानकारी दिदै नगर प्रमुख घर्तीले जनतामा रहेको गरिबी र बेरोजगारीको समस्यालाई समाधान गर्न कृषि कार्यक्रमलाई प्रबद्र्धन गर्नुपर्ने भनाई राखेका थिए ।
प्रयाप्त मात्रामा वनजंगल भएको जाजरकोटमा पशुपालन व्यवसाय निकै उपयुक्त भएको हुदा क्रस मुर्रा जातको भैसी वितरण कार्यक्रम छनौट गरिएको प्रमुख घर्तीले बताए । मंगलबार भैसी वितरण कार्यक्रममा कुदुको रोकायगाउँ पुगेका घर्तीले जाजरकोटको ६२ प्रतिशत भु–भाग वनजंगल र चरणक्षेत्रले ओगटेको जानकारी दिए ।
लागत साझेदारीमा शसर्त अनुदानमा नेपाल सरकार र भेरी नगरपालिकाको संयुक्त बजेट रहेको जानकारी दिदै नगर पशुपन्छी शाखा प्रमुख रत्न बहादुर डाँङ्गीले मध्य पहाडी लोक मार्ग अन्तरगत रहेका ४ वटा भैसी पालन कृषक समुहलाई ५० प्रतिशत क्रस मुर्रा जातको भैसी वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । ४ वटा समुहमा ४८ लाख भन्दा बढिका क्रस मुर्रा जातको भैसी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख डाँङ्गीको भनाई रहेको छ । दुध उत्पादनको लागि निकै उपयुक्त मानिएको क्रस मुर्रा जातको भैसी बाँकेको बैजानाथमा रहेको अब्दुल पशु पालन फर्मबाट समुहका किसान आफैले खरिद गरेको शाखा प्रमुख डाँङ्गीले जानकारी दिएका छन् ।
नगरपालिकाको ८० प्रतिशत अनुदानमा क्रस मुर्रा जातको गर्भेनी भैसी पाएपछि भेरी नगरपालिका–१३ रोकायगाउँकी पार्वती रोकाय निकै खुशी भएकी छन् । समथल भुगोल भएको कुदु तराईको भु–भाग र हावानीसंग मिल्दोजुल्दो भएको बताउदै रोकायले क्रस मुर्रा जातको भैसी पालनबाट राम्रो आम्दानी लिन सकिने बिश्वास व्यक्त गरेकी छन् ।
क्रस मुर्रा जातको भैसीबाट उत्पादन भएको दुधलाई बजारीकरण गर्न कुनै समस्या नभएको बताउदै भुमि रोकायले भैसीले उत्पादन गरेको दुधलाई रुकुमपश्चिमको चौरजहारी र जाजरकोटको खलंगा बजारमै जति पनि दुधलाई खपत गर्न सकिने बताईन् । सरकारले गरी खाउ भनेर दिएको भैसीलाई आफ्नै छोरा छोरी सरह माया गरेर पालन पोषण गर्ने मैसरी रोकायले बताईन् । नगरपालिकाको अनुदानमा मंगलबार भैसी पाउनेमा पार्वती रोकाय, भुमि रोकाय, मैसरी रोकाय, डम्मर रोकाय, थल बहादुर रोकाय, भीमबहादुर रोकाय, उर्दल रोकाय, सदे रोकाय, पर्शुराम रोकाय र बल बहादुर रोकाय गरेर १० जना किसान रहेका छन् । मंगलबार १० जना किसानलाई क्रस मुर्रा जातको भैसी वितरण गरेको नगरपालिकाले यहि असार २३ गतेसम्म बाँकी रहेका ३ वटा भैसी पालन कृषक समुहमा भैसी वितरण गरि सक्ने बताएको छ ।