आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भीरबाट लडेर वडा सदस्यको मृत्यु

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/३/८ गते
जाजरकोट

भीरबाट लडेर मंगलबार भेरी नगरपालिका–२ का वडा सदस्यको मृत्यु भएको छ । भीरबाट लडेर घाईते भएकी वडा सदस्यलाई उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमै मृत्यु भएको हो ।

वडा स्तरीय योजना तर्जुमा गोष्ठीमा बाहुनथान जाने क्रममा बडा नं. २ की वडा सदस्य सशिला नेपाली डिङ्गाको ढ्याङ्ग्रे भीरबाट लडेर घाईते भएकी थिईन् । बिहान ९ बजेतिर भीरबाट लडेर घाईते भएकी वडा सदस्य नेपालीका हात, खुट्टा भाँचिनुको साथै टाउँकोमा चोट लागेको थियो । बेहोस अबस्थामा पुगेकी घाईते वडा सदस्य नेपालीलाई उपचारको लागि नेपालगञ्ज तर्फ लिदै गर्दा सुर्खेतको औलझ्याममा मृत्यु भएको अर्का वडा सदस्य मीना पुनले जानकारी दिईन् ।

नपालगञ्ज तर्फ लिदै गर्दा बाटोमा मृत्यु भएकी वडा सदस्य नेपालीको लास जाजरकोटको खलंगा पुर्याउनुको साथै डाँसँस्कारको लागि गाडीमा राखेर डिङ्गा लिईसकेको वडा सदस्य पुनको भनाई रहेको छ । नगर सभाको पूर्वसन्ध्यामा वडा सदस्यको निधनले नगरपालिकालाई ठुलो क्षेति पुगेको वडा सदस्य पुनले बताईन् ।

नगर सभा नगर कार्यपालिकाको महान् पर्व भएको बताउदै नगर प्रमुख चन्द्र प्रकास घर्तीले महान् पर्वको पुर्बसन्ध्यामा भएको वडा सदस्यको निधनले सिङ्गो नगरपालिका परिवालाई दुःखको पिडाबोध गराएको भनाई राखेका छन् । निधन भएकी वडा सदस्य नेपालीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै नगर प्रमुख घर्तीले शोकाकुल परिवार तथा आफन्तजनहरुमा गहिरो सम्वेदना व्यक्त गरेका छन् । निधन भएकी वडा सदस्य नेपाली प्रति नगरपालिकाले बुधबार औपचारिक रुपमा शोक सभा गर्ने जानकारी दिदै नगर प्रमुख घर्तीले बिहिबार आयोजित नगरसभाले शोक प्रस्ताव पारित गर्ने जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्