आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

करेन्ट लागेर नलगाडमा एक महिलाको मृत्यु

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/३/१३ गते
जाजरकोट

करेन्ट लागेर नलगाड नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर घाईते भएकी महिलाको रुकुमपश्चिमको आठबीसकोट–९ राडी स्थित नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर मृत्यु हुनेमा नलगाड नगरपालिका–१० की २३ बर्षिय रमिता ध्यार रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । सनिबार बेलुकी साढी ६ बजेतिर केटेन्ट लागेर घाईते भएकी रमितालाई उपचारका लागि तत्काल रुकुमपश्चिमको आठबीसकोट–९ राडी स्थित नगर अस्पतालमा पुर्याईएको थियो । नगर अस्पतालम उपचारका क्रममा राति साढी ९ बजे रमिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

करेन्ट लागेर मृत्यु भएकी रमिताको पेटमा ९ महिनाको बच्चा रहेको उनको पारिवारीक श्रोतले जानकारी दिएको छ । घर नजिकैको धारामा धोएका कपडा लघु जलविद्युत आयोजनाको तारामा सुकाउन जादा रमितालाई करेन्ट लागेको थियो । करेन्टबाट रमितालाई बचाउन पुगेकी २५ बर्षिय प्रमिला ध्यार र ६५ बर्षिय बेलु ध्यारलाई पनि करेन्ट लागेर घाईते भएका थिए । घाईते भएका तीनै जनालाई रुकुमपश्चिमको राडी स्थित नगर अस्पतालमा पुर्याईएको थियो । रमिताको राति साढी ९ बजे मृत्यु भएको थियो भने, प्रमिला र बेलुको नगर अस्पतालमा उपचार पश्चात आईतबार बिहान पौने ८ बजेतिर डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्