आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एक बर्षमा २९० वटा मुद्धा फछ्र्याैट

दुई बर्ष पुरानो सम्बन्ध बिच्छेदको एक मुद्धा फैसला हुन बाँकी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/३/१५ गते
जाजरकोट

जाजरकोट जिल्ला अदालतले एक बर्षको समय अगाबै २९० वटा मद्धा फछ्र्यौट गरेको छ । बिश्वव्यापी कोरोना भाईरस संक्रमणको प्रभावले देशमा लामो समयसम्म गरिएको बन्दाबन्दीले न्याय सम्पादनका कामलाई प्रभावित बनाएको भएतापनि जिल्ला अदालतले २९० वटा मद्धा फछ्र्यौट गरेको हो ।

चालु आर्थिक बर्ष २०७७÷०७८ मा देवानी १६८, दुनियावादी फौजदारी ४८, सरकारवादी फौजदारी ५९, पुनरावेदन ४ र रिट १ गरी जम्मा २९० वटा मुद्धा फछ्र्यौट गरेको जिल्ला न्याधीश यज्ञप्रसाद आचार्यले जानकारी दिएका छन् । गत साउन १ गतेदेखि यही असार ८ गतेसम्म २९० वटा मुद्धा फछ्र्यौट गरेको जानकारी दिदै जिल्ला न्याधीश आचार्यले गतबर्षका जिम्मेवारी सरेका १२८ र नयाँ दर्ताभएका २९५ गरी जम्मा ४२३ वटा मुद्धा मध्ये २९० वटा मुद्धा फछ्र्यौट गरेको बताए । यस बर्ष १३३ वटा मुद्धा फछ्र्यौट गर्न बाँकी रहेको जिल्ला न्याधीश आचार्यले बताए ।

कोभिड–१९ को प्रभावले न्याय सम्पादनको काम प्रभावित भएको जानकारी दिदै जिल्ला अदालतका श्रेष्तादार (उपसचिब) जगदिशप्रसाद भट्टले गतबर्षको तुलनामा यस बर्ष धेरै मुद्धाहरु फछ्र्यौट गर्न सफल भएको जानकारी दिए । आर्थिक बर्ष २०७६÷०७७ मा मुद्धाको लागत २८४ वटा रहेको जानकारी दिदै श्रेष्तादार भट्टले ०७६÷०७७ मा १५६ वटा मुद्धा फछ्र्यौट गरी १२८ वटा मुद्धा बाँकी रहेको जानकारी दिए ।

फछ्र्यौट गर्न बाँकी रहेका १३३ वटा मुद्धाहरु मध्ये सम्बन्ध बिच्छेदको १ मुद्धाको समय २ बर्ष नाघेको छ, श्रेष्तादार भट्टले भने–‘मेल मिलाप हुन्छ कि ? भनेर सम्बन्ध बिच्छेदको एउटा मुद्धाले दुई बर्षको समय नाघेको हो ।’ देवानी ७७, दुनियावादी फौजदारी २८, सरकारवादी फौजदारी २७ र पुनरावेदन १ गरी जम्मा १३३ वटा मुद्धा फछ्र्यौट हुन बाँकी रहेको श्रेष्तादार भट्टले बताए ।

यस बर्ष थुनुवा मुद्धाको ४३ वटा लागत रहेको जिल्ला अदालतले २५ वटा मुद्धा फछ्र्यौट गरेको छ भने, १८ वटा मुद्धा बाँकी रहेका छन् । बालबालिका सम्बन्धिका २९ वटा मुद्धाको लागत रहेको जिल्ला अदालतले १९ वटा फछ्र्यौट गरेको छ भने, १० वटा बाँकी रहेका छन् । निरन्तर सुनुवाई सम्बन्धिका ३४ वटा मुद्धाको लागत रहेको जिल्ला अदालतले १७ वटा फछ्र्यौट गरेको छ भने, १७ वटा बाँकी रहेका छन् ।

गत बर्ष ४५२ बर्ष १० महिना १६ दिन कैद बाँकी रहेको जिल्ला अदालतले यसबर्ष ५३ बर्ष ६ महिना १ दिनको कैद थप गरेको थियो । ४९६ बर्ष ५ महिना ३ दिन कैद रहेको जिल्ला अदालतले यस बर्ष ४८ बर्ष ६ महिनाको कैद फछ्र्यौट गरी ४४७ बर्ष ११ महिना ३ दिनको कैद फछ्र्यौट गर्न बाँकी राखेको छ । गत बर्षको ६४ लाख ९३ हजार ७८६ जरिवाना गराउन बाँकी रहेको जिल्ला अदालतले यसबर्ष ८९ लाख ९१ हजार ९५५ जरिवाना थप गरेको थियो । जम्मा १ करोड ५४ लाख ८५ हजार ७४१ जरिवाना भराउनुपर्ने जिल्ला अदालतले यसबर्ष १ लाख ४२ हजारको जरिवाना फछ्र्यौट गरेको छ भने, जिल्ला अदालतले १ करोड ५३ लाख ४३ हजार ७४१ जरिवाना भराउन बाँकी राखेको छ ।

प्रतिकृया दिनुहोस्