Hamro Sanchar

नलगाड नगरपालिकाले ४ हजार ७ सय आँपका बिरुवा बितरण

लोकेन्द्र विक्रम शाही प्रकाशित : २०७८/३/१८ गते
जाजरकोट

नलगाड नगरपालिका–२ स्यालचौरका कृषकहरुलाई आँपका बिरुवा बितरण गरिएको छ । नलगाड नगरपालिकाको कृषि शाखाले आँपका बिरुवा बितरण गरेको हो ।

्मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको १४ लाख अनुदान सहयोगमा किसानहरुलाई आँपका बिरुवा बितरण गरिएको नगर कृषि शाखा प्रमुख बालकृष्ण आचार्यले बताए । ४ हजार ७०० आँपका बिरुवा बितरण गरिएको शाखा प्रमुख आचार्यले जानकारी दिएका छन् ।

शुक्रबार आँपका बिरुवा किसानहरुलाइ बितरण गर्न नगर प्रमुख टेकबहादुर रावल, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंह, छैटौं अधिकृत यज्ञ खत्री र नगर प्रबक्ता राममाया हमाल स्यालचौरमा पुगेका थिए । फलफुल खेतीलाई प्रवद्र्धन गरी जनताको जीवन निर्वाहलाई सहज बनाउन नगरपालिकाले आँपका बिरुवा बितरण गरेको नगर प्रमुख रावलले भनाई राखेका थिए । किसानहरुलाई स्वरोजगार बनाउनुको साथै गरिबी निर्वारणमा आँप खेतीले योगदान गर्नेमा नगर प्रमुख रावलले बिश्वास व्यक्त गरेका थिए ।

स्यालचौर नगरपालिकाले यो भन्दा अगाडी १ हजार ५०० आँपका बिरुवा वितरण गरेको थियो भने, १ हजार ३०० बिरुवाले यसै बर्षदेखि फल दिन सुरु गरेको कृषि शाखा प्रमुख आचार्यको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्