कुशे गाउँपालिकालाई अबसर परियोजनाले कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको छ । १० लाख ११ हजार ८९० रुपैया मुल्य बराबरको कोभिड–१९ प्रतिकार्य सामाग्री परियोजनाले गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
गाउँपालिकाको कार्यालय थर्पुभार्मामा अबसर परियोजनाले बुधबार ५ वटा अक्सिजन सिलिन्डर, ७०० एन्टीजेन परीक्षण कीट, ६० वटा पिपि सेट, ७ हजार ५०० जोडा सर्जिकल गोलब्स, ३ हजार सर्जिकल मास्क, निर्मलिकरण समाग्रीहरु, २०० वोतल सेनिटाइजर, ३५० पिस साबुन, ६० पिस फेस सिल्ड, १० थान डेथ बडि ब्याग, ६ सेट पल्स अक्सिमिटर, ५ पिस थर्ममिटर र १०० सेट सरसफाई सामाग्री पालिकालाई हस्तान्तरण गरिएको सहयात्रा दाेश्राे परियोजनाको सामाजिक परिचालन अधिकृत निर्मता थापाले जानकारी दिएकी छन् । १० लाख ११ हजार ८९० रुपैया मुल्य बराबरको कोभिड–१९ प्रतिकार्य सामाग्री पालिकालाई हस्तान्तरण गरिएको अधिकृत थापाको भनाई रहेको छ ।
विश्वव्यापी कोरोना भाईरसको प्रभाव अझैपनि नियन्त्रण आउन नसकेको बताउदै अधिकृत थापाले सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटद्धारा कुशे गाउँपालिकामा संचालित अवसर परियोजनाले गाउँपालिकालाई कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिईन् ।