६५ सावारी दुर्घटनाबाट २१ जनाको मृत्यु, १६७ घाइते
एक हजार ४०२ रोपनी जग्गाको अफिम फडानी
कार्बाहीमा परेका दुइ हजार ७२१ सवारी साधनबाट २८ लाख राजश्व शंकलन
जाजरकोट
जिल्ला प्रहरी कार्यालय, जाजरकोटले बार्षिक प्रगति सार्वजनिक गरेको छ । मंगलबार पत्रकारहरुसंग एक कार्यक्रमको आयोजना गरेर जिल्ला प्रहरी कार्यालय जाजरकोटले आव २०८१÷०८२ को बार्षिक प्रगति सार्वजनिक गरेको हो ।
गत साउन १ गतेदेखि असार मसान्तसम्म अपराध नियन्त्रण सम्बन्धि कार्यालयले कार्यसम्पादन गरेको विवरण सार्वजनिक गरेको थियो । त्यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट प्रवाह गरिएका सेवाहरुको जानकारी गराइएको थियो । सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएका क्रियाकलापहरुको जानकारी गराइएको थियो । जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाबाट कर्तव्य ज्यान सम्बन्धि चलाइएको मुद्धाको संस्था विवरण, फैसला कार्यान्वयनको संख्या विवरण, लागुऔषध सम्बन्धि चलाइएका मुद्धाको संख्या, बरामद गरिएको लागुऔषधको विवरण, हातहतियार सहित पक्राउ व्यक्ति संख्याको सार्वजनिक गरिएको थियो । त्यसैगरी जिल्लामा प्राकृतिक प्रकोषबाट घटेका घटनाहरुको संख्यात्मक विवरण, ट्राफिक व्यवस्थापन अन्तरगत कार्वाही गरिएको सवारी संख्या विवरण, सवारी दुर्घटनाबाट भएको मानविय क्षेतिको संख्यात्मक विवरणको जानकारी गराइएको थियो । कार्यक्रम मार्फत खेती गरिएको अबैद्य अफिम फडानीको विवरण कार्यालयले सार्वजनिक गरेको थियो ।
जाजरकोट जिल्लामा गत एक बर्षमा ६५ वटा सवारी दुर्घनाका घटना घटेको प्रहरी निरिक्षक सन्तोष चन्दले प्रस्तुत गरेको प्रस्तुती मार्फत सार्वजनिक गरेका थिए । ६५ सवारी दुर्घटनाका घटनाबाट २१ जनाको मृत्यु हुनुको साथै १६७ जना घाइते भएको प्रहरी निरिक्षक चन्दले बताएका थिए ।
कर्तव्य ज्यान सम्बन्धि ३, ज्यान मार्ने उद्योग सम्बन्धिका ६, वटै मुद्धा फच्र्यौट भइसकेको चन्दले बताए । भव्यतव्य ज्यान सम्बन्धिका ३१, झुट्टा आरोप सम्बन्धिका १९ वटै मुद्धा फच्र्यौट हुन बाँकी रहेको चन्दले जानकारी दिए । सवारी ज्यान सम्बन्धिका १४ वटा मुद्धामध्ये ९ वटा फच्र्यौट भएको ५ वटा फच्र्याैट हुन बाँकी रहेका छन् । प्रहरी निरिक्षक चन्दले दिएको जानकारी अनुसार फुटकर ज्यान सम्बन्धि दर्ता भएको १ मुद्धा फच्र्यौट हुन बाँकी रहेको छ । अभद्र व्यवहार सम्बन्धिका ७ वटै मुद्धा फच्र्यौट भएका छन् । जबरजस्ती करणी सम्बन्धिका १३ वटामध्ये १२ वटा फच्र्यौट भइसकेका छन् भने, १ वटा फच्र्यौट हुन बाँकी रहेको छ । बाल यौन दुव्र्यवहार सम्बन्धि ४ वटा मध्ये ४ वटै फच्र्यौट भइसकेका छन् । जबरजस्ती करणी उद्योग सम्बन्धिका ६ वटा मध्ये ५ वटा फच्र्यौट भइसकेका छन् भने, १ फच्यौट हुन बाँकी रहेको छ । लागुऔषध (अफिम) सम्बन्धिका ३ वटा मध्ये १ फच्र्यौट भइसकेको छ भने, २ वटा फच्र्यौट हुन बाँकी रहेका छन् । बीष सवेन सम्बन्धिको १ मुद्धा फच्र्यौट हुन बाँकी रहेको छ । बैंकिङ कसुर सम्बन्धिका १५ वटा मध्ये १३ वटा फच्यौट भइसकेका छन् भने, २ वटा फच्यौट हुन बाँकी रहेका छन् । किर्ते सम्बन्धिका १ मुद्धा फच्र्यौट भइसकेको छ । अपराधिक उपद्रव सम्बन्धिको १ मुद्धा फच्र्यौट हुन बाँकी रहेको छ । डाँका चोरी सम्बन्धिको १ मुद्धा फच्र्यौट भइसकेको छ । नकवजनी चोरी सम्बन्धिका २ वटा मुद्धा फच्र्यौट भइसकेका छन् । सट्टा परीक्षा दिन नहुने सम्बन्धिको १ मुद्धा फच्र्यौट हुन बाँकी रहेको छ । अपहरण तथा शरिर बन्धक सम्बन्धिको १ मुद्धा फच्र्यौट भइ सकेको छ । गत आर्र्थिक बर्षमा जम्मा दर्ता भएका १३५ मुद्धा मध्ये ७० वटा फच्र्यौट भइसकेका छन् भने, ६५ वटा मुद्धा फच्र्यौट हुन बाँकी रहेका छन् । अदालतको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले ३८ जनालाइ पक्राउ गरी १० बर्ष १० महिना ९ दिन कैद गराउनुको साथै ५ लाख ८८ हजार १९६ रुपैया जरिवाना गराउन सफल भएको सार्वजनिक गरिएको छ । त्यसैगरी फैसला कार्यान्वयनमा १०९ जनालाइ पक्राउ गर्न बाँकी रहेको जानकारी दिइएको छ । एक बर्षमा ९ किलो १५० ग्राम लागुऔषध (अफिम) बरामद गरिएको कार्यालयले जानकारी दिएको छ । नदिजन्य पदार्थको दोहन कार्यमा संलग्न ४ वटा सवारी साधनबाट ७६ हजार ८ सय राजश्व शंकलन गरिएको जानकारी दिइएको छ ।
त्यसैगरी महिला, बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसा सम्बन्धिका ८० वटा उजुरीहरु सबै फच्र्यौट भइसकेका छन् । त्यसैगरी हराएका ३३ महिला, ७ बालक, २२ बालिका, १७ पुरुषगरी जम्मा ७९ जनामध्ये ७९ जनानै फेला परिसकेका छन् ।
झै–झगडा सम्बन्धि १५७, जिल्ला प्रशासन कार्यालयबाट आएका ६९ र शान्तिसुरक्षा सम्बन्धि ८ गरी जम्मा २३४ वटै ठाडो उजुरी फच्र्यौट भइसकेका छन् । समुदायिक साँझेदारी अन्तरगत ३९ वटा कृयाकलापमा ५२१ वटा कार्यक्रम संचालन गरेर २९ हजार २६५ जना नागरिकको बीचमा नेपाल प्रहरी पुग्न सफल भएको कार्यालयले सार्वजनिक गरेको छ ।
भेरी र नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा १ हजार ४०२ रोपनी जग्गामा रहेको लागुऔषध (अफिम) फडानी गर्नुको साथै लागु औषध सम्बन्धि ११६ वटा सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम मार्फत ७ हजार ५४८ जनालाइ प्रशिक्षित गरेको जिप्रका जाजरकोटले जनाएको छ ।
ट्राफिक व्यवस्थापन अन्तरगत २ हजार ७२१ वटा सवारी साधनलाइ कार्वाही गरी २८ लाख ८ हजार राजश्व शंकलन गरेको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी अविरल बर्षा, बाढी, पहिरो, चट्याङ्ग, आगलागी, हावाहुँरी, भुकम्प, ढुङ्गालागेर गरी जम्मा ५९ वटा प्राकृतिक प्रकोपका घटनाबाट १५४ वटा घर र १६ वटा गोठ क्षेतिग्रष्त हुनुको साथै ९ जनाको मृत्यु र ३४ जना घाईते भएको जिप्रकाले जानकारी दिएको छ । त्यसैगरी प्रकोपका घटनाबाट १८ वटा पशुचौपाय मर्नुको साथै ३ वटा पशुचौपाय घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।