Hamro Sanchar

लागु औषध (चरेस) कारोबारमा संलग्न दुई जना पक्राउ

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/४/२७ गते
जाजरकोट

जाजरकोटमा लागु औषध (चरेस) कारोरावरमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक किलो चरेस सहित सनिबार पक्राउ परेका दुई जनाको बयानबाट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कारोबारमा संलग्न पक्राउ पर्नेमा नगरपालिका–२ डिङ्गाका ५० बर्षिय चक्रबहादुर थापा र भेरी नगरपालिका–४ का २६ बर्षिय विजय भारतीलाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।

लुकाइछिपाई शनिवार अवैध लागु औषध चरेस नेपालगञ्ज तर्फ लिन थालेका एक भारतीय नागरिक सहित दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको थियो । भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षिय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–११ का २० बर्षिय उबेद खानलाई जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कबाट एक किलो चरेस सहित पक्राउ गरिएको थियो ।

उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा थापा र भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताए ।

बुधबार पक्राउ परेका थापा कालिका आधारभूत विद्यालय डिङ्गाका शिक्षक हुन् । जिल्ला अदालत जाजरकोटले उनीहरु सवैलाई १२ दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ । थप अनुसन्धान भैरहेको डिएसपी थापाले बताए ।

प्रतिकृया दिनुहोस्