Hamro Sanchar

पहिरोले भत्कायो कुशे–८ औलरिजाको विद्यालय भवन

प्रतिमा रोकाय प्रकाशित : २०७८/५/६ गते
जाजरकोट कुशे

अबिरल बर्षासंगै आएको पहिराले कुशे गाउँपालिका–८ औलरिजा स्थित सरस्वती माध्यामिक विद्यालय भवन भत्काएको छ । गत साउन २७ गते आएको पहिरोले सरस्वती माविको भवन भत्काएको हो ।

पैंक प्रहरी चौकीबाट गएको प्रहरी टोलीले भत्किएको विद्यालय भवन प्रहरी मुजुल्का बनाएको छ । पहिरोले भत्किएको विद्यालयमा पठनपाठन गर्न सकिने अबस्था नभएको प्रधानाध्यापक केशव राज रोकायले जानकारी दिएका छन् । डोजरले खनेको सडकको माटोसंगै आएको पहिरोले विद्यालय भवन बगाएपछि उक्त ठाउँमा नयाँ विद्यालय भवन बनाउन नसकिने अबस्था भएको प्रअ रोकायको भनाई रहेको छ ।

विद्यालयको पठनपाठनलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि उक्त भवनलाई औलरिजाको जिउला खेतमा सार्नुपर्ने अबस्था सृजना भएको प्रअ रोकायले बताए । कक्षा १० सम्मको पढाई हुने विद्यालयमा तत्काल विद्यालय संचालन गर्नका लागि मर्मत गर्नुपर्ने प्रअ रोकायले बताए । विद्यालय भवन मर्मतका लागि आफुले वडा अध्यक्ष अमर बहादुर रोका मार्फत गाउँपालिकासंग अनुरोध गरेको प्रअ रोकायले जानकारी दिएका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयको भवन मर्मत गर्नलाई झण्डै ४५ दिन भन्दा बढिको समय लाग्ने प्रअ रोकायले बताएका छन् । विद्युतिय गतिमा उक्त विद्यालय भवन मर्मत गरेमा आगामी असोज २३ गते पछि मात्र विद्यालय संचालनमा पठनपाठन गर्न सकिने प्रअ रोकायले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्