कुशे गाउँपालिकामा अपाङ्गता पहिचार तथा परिचय–पत्र बितरण शिविर संचालन भएको छ । सेभ द चिल्ड्रेन तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको आर्थिक तथा कोहलपुर मेडिकल कलेजको प्राविधिक सहयोगमा गाउँपालिकाले जहरगाउँमा निशुल्क स्वास्थ्य तथा परिचय–पत्र वितरण शिविर संचालन भएको हो
औपचारिक रुपमा उद्घाटन गरिएको शिवीरको ब्यानर पढेर आईतबार गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेतले उद्धघाटन गरेका थिए । कुशे–८ को छेडाबजारमा ५ गते शिविर सम्पन्न भैसकेको छ भने, कुशे–३ को टापुचौर मा ६ गते संचालन हुने भएको छ । ४ र ५ गते जहरगाउँ र छेडामा संचालन गरिएको शिविरमा ३ सय ५० जना अपाङ्ग तथा विभिन्न किसिमका स्वास्थ समस्या भएका बालबालिका, वयस्क तथा बयबृद्धहरुले स्वास्थ परिक्षण गराएर स्वास्थ् सेवा लिएका छन् ।
उक्त शिविरमा गाउँपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय–पत्र समेत बितरण गरिएको छ । गाउँपालिकाद्वारा संचालन गरेको शिवीलाई प्रभावकारी तथा सेवामुलक बनाउन गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक्ष रामछाँया कुमारी शाहीले शिवीरको प्रत्यक्ष अनुगमन गर्नुको साथै शिवीरलाई प्रभावकारी बनाउन वेला–वेलामा पृष्ठपोषणा दिदै आएका थिए ।
उक्त शिवीरमा शारीरिक अपाङ्गता र दृष्टी सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरुलाई विशेष जोड दिईएको छ । संचालित शिवीरलाई अन्तिम दिन सोमबार टापुचौरमा सम्पन्न गरिने पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रणबहादुर कार्कीले जानकारी दिएका छन् ।