नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला आईतबार सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा स्थित जिल्ला समन्वय समितिको सभा हलमा नेकपा (एस), जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (एस) कर्णाली प्रदेशका ईन्चार्ज प्रकाश ज्वालाले अगुवा कार्यकर्ता भेलामा कृष्ण बिसीको अध्यक्षतामा ७५ सदस्य रहेको जिल्ला सगठन कमिटी घोषणा गरेका छन् । नेकपा (एस) का कर्णाली प्रदेश ईन्चार्ज ज्वालाले घोषणा गरेको जाजरकोट जिल्ला सगठन कमिटीको अध्यक्षमा कृष्ण बिसी रहेका छन् भने, उपाध्यक्षमा कमान बहादुर खड्का रहेका छन् । त्यसैगरी जिल्ला सगठन कमिटीको सचिबमा गंग बहादुर शाही रहेका छन् भने उप–सचिबमा मान बहादुर बुढा रहेका छन् । अन्य जिल्ला सगठन कमिटी सदस्यहरुमा शिव प्रसाद शर्मा, देपेन्द्र प्रसाद शर्मा, धन बहादुर पुन, अमर हमाल, दिप बहादुर थापा, बालकृष्ण बुढा, वीर बहादुर रावत, कविता जैसी, सारदा हमाल, ज्ञानु लामिछाने, अमृता वली, डम्बर सिंह, निरज आचार्य, प्रेम प्रसाद पौडेल, जानुका मल्ल, बालकृष्ण शाही, सुरेन्द्र बहादुर शाही, गणेश प्रसाद जैसी, लाल बहादुर रावत, वीर बहादुर बुढा, तुल्सी शाही, राम प्रसाद जैसी, शेर बहादुर खड्का, ओम प्रकाश शर्मा, प्रदिप खड्का, हेमराज विसी, गीता खत्री, लोक बहादुर खत्री, गणेश घर्ती, धन बहादुर शाही, डम्बर बहादुर सिंह, प्रेम बहादुर आरसी लगाएतका ७५ जना रहेको कार्यक्रमको प्रमुख अतिथि ज्वालाले जानकारी दिएका थिए । बिसीको नेतृत्वमा रहेको नेकपा (एस) जाजरकोट जिल्ला सगठन कमिटीलाई हार्दिक बधाई दिनुको साथै नेता ज्वालाले सफल कार्यकालको शुभ कामना व्यक्त गरेका थिए । साथै उनले बिसीको नेतृत्वमा रहेको ७५ सदस्य जिल्ला सगठन कमिटीले समाजवादी आन्दोलनको कार्यभारलाई पुरा गर्ने बिश्वास व्यक्त गरेका थिए । नेता ज्वालाले कर्णाली प्रदेशबाट नेकपा (एमाले) लाई धुलो चटाउने पार्टी निर्माणको आधार खडा हुदै गएको जिक्किर गरेका थिए ।
कम्युनिष्ट सिद्धान्त, मुल्य, मान्यता र आचरणमा रहेका नेता कार्यकर्ताहरुलाई पद, कुर्सी र पैसाको मोह नहुने बताउदै नेकपा (एस) की केन्द्रीय सदस्य राम कुमारी झाँक्रीले पद, कुर्सी र पैसाको मोह कम्युनिष्ट आचारण र नैतिकतामा रहन नसक्ने पार्टी नेताहरुमा हुने भनाई राखेकी थिईन । सच्चा कम्युनिष्ट कार्यकर्ताले निष्ठाको राजनीति गर्ने बताउदै झाँक्रीले पैसा, कुर्सी र पदको बार्गिनिङ्ग बेमानहरुले गरिरहेको बताएकी थिईन् । पार्टीको सिद्धान्त र नीतिप्रति ईमान्दार नेता कार्यकर्ताहरुले सदैभरी बिद्रोह गर्ने बताउदै चर्चित महिला नेतृ झाँक्रीले कम्युनिष्ट आचरण र नैतिकतामा लैस भएका नेता कार्यकर्ताहरुले माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एमाले) बाट बिद्रोह गरेको बताएकी थिईन् । नेकपा (एस) ले तय गरेको समाजवादी यात्रालाई पुरा गर्न कर्णाली प्रदेश आधारभुमी भएको बताउदै झाक्रीले प्रतिगमन र सर्वसत्तावादको विरुद्धको संगठित पहिलो विद्रोह कर्णाली प्रदेशबाटै सुरु भएको भनाई राखेकी थिईन् । नेकपा (एस) ले तय गरेको समाजवादी यात्रालाई पुरा गर्न जाजरकोट लगाएत सिङ्गो कर्णाली प्रदेशमा देखिएको नयाँ उभारले देशभरीनै नयाँ स्फुर्ती पैदा गरेको भनाई राखेकी थिईन् ।
जिल्ला स्तरीय उक्त अगुवा कार्यकर्ता भेलामा नेकपा (एस) का कर्णाली प्रदेस कमिटी सदस्य तथा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमर बहादुर थापा, जिल्लाका नेता कृष्ण विसी, कमान बहादुर खड्का, डम्बर सिंह लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । अमर हमालको अध्यक्षता सम्पन्न भएको अगुवा कार्यकर्ता भेलाको औपचारिक कार्यक्रममा स्वागत भाषण गंग शाहीले गरेका थिए भने, संचालन भरत शर्माले गरेका थिए ।
अगुवा कार्यकर्ता भेलाको औपचारिक कार्यक्रमको सुरुवात गर्नु पूर्व रिभन काटेर नेताहरुले औपचारिक रुपमा नेकपा (एस), जाजरकोट जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका थिए ।