Hamro Sanchar

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्धारा २६ लाख राजश्व संकलन

उद्योग तथा बाणिज्य तर्फका ८१५ वटा नयाँ फर्म दर्ता

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/७/२९ गते
जाजरकोट

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटले २६ लाख ५ हजार ८ राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा २६ लाख ५ हजार ८ बार्षिक राजश्व संकलन गरेको हो ।

सरकारी सम्पतिबाट १ लाख १७ हजार ३९८, प्रशासनिक सेवा शुल्कबाट १ लाख १३ हजार ५०० र व्यबसाय रजिस्ट्रेशन दस्तुरबाट २३ लाख ७४ हजार ११० गरी जम्मा बार्षिक राजश्व २६ लाख ५ हजार ८ संकलन भएको बार्यालयले बार्षिक प्रगति समिक्षामा देखाएको छ । त्यसैगरी कार्यालयले उद्योग तर्फ ५७१ र बाणिज्य तर्फ २४४ वटा गरी जम्मा ८१५ वटा नयाँ फर्महरु दर्ता भएको बार्षिक प्रगति समिक्षामा प्रस्तुत गरेको छ ।

कार्यालयले आब २०७७÷०७८ मा उद्योग तर्फका १२८ र बाणिज्य तर्फका २३४ गरी ३६२ वटा फर्महरु नविकरण भएको जानकारी दिएको छ । बाणिज्य तर्फका ४ वटा फर्म संशोधन भएका छन् भने, उद्योग तर्फका ६ र बाणिज्य तर्फका २२ वटा फर्म खारेजी भएका छन् । उद्योग तर्फका १८ र बाणिज्य तर्फका २५ वटा फर्मले प्रतिलिपी लिएका छन् । उद्योग तर्फका ४ र बाणिज्य तर्फका ९ वटा फर्म स्थानान्तरण भएका छन् । उद्योग तर्फका १४ र बाणिज्य तर्फका १७ वटा फर्महरु नामसारी भएका छन् । उद्योग तर्फका ७ र बाणिज्य तर्फका ३१ वटा फर्मले पुँजी वृद्धी गरेका छन् । उद्योग तर्फका ६ र बाणिज्य तर्फका २४ वटा फर्मले उदेश्य थप गरेका छन् । कार्यालयले दिएको जानकारी अनुसार उद्योग तर्फ ३ हजार ३४३ र बाणिज्य तर्फ ६१० दिन श्रम खपत भई रोजगार सृजना भएको छ ।

विभिन्न आयोजनाहरुसंगै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धन कार्यक्रम, उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम, मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, लक्षित वर्ग लघु घरेलु उद्योग सहयोग कार्यक्रम, लक्षित वर्ग उद्यम विकास कार्यक्रम, सिप विकास तथा रोजगार सिर्जना कार्यक्रम, कोभिड–१९ विशेष रोजगार मुलक कार्यक्रम संचालन गरेको कार्यालयको चालुतर्फ १ करोड ४७ लाख १० हजार बार्षिक बजेट मध्ये १ करोड ९ लाख ६५ हजार ३३ खर्चगरी ७४ दशमलब ५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जनाएको छ । त्यसैगरी पुजीगत तर्फ १ करोड ७८ लाख बार्षिक बजेट मध्ये १ करोड १२ लाख ७२ हजार ७४० खर्चगरी ६३ दशमलब ३३ प्रतिशत वित्तिय बार्षिक प्रगति हासिल गरेको छ । मुख्यमन्त्री जीविकोपार्जन चालु तर्फ ४ लाख बार्षिक बजेट मध्ये ३ लाख ९९ हजार ९०६ खर्चगरी ९९ दशमलब ७८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । मुख्यमन्त्री जीविकोपार्जन पूँजीगत तर्फ २ करोड १२ लाख ७६ हजार बार्षिक बजेट मध्ये २ करोड ७ लाख ८७ हजार ३६ खर्चगरी ९७ दशमलब ७० प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । मुख्यमन्त्री दलित आयआर्जन तर्फ २ करोड बार्षिक बजेट कार्यान्वयन हुन नसकी बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।

आयोजना तर्फ १०० प्रतिशत भौतिक प्रगति हासिल भएको कार्यालय भवन निर्माणको ८३ लाख बार्षिक बजेटमध्ये ७१ लाख १३ हजार ८१ खर्चगरी ८५ दशमलब ७० प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालयले जानकारी दिएको छ । १०० प्रतिशत भौतिक प्रगति हासिल भएको उद्यमीहरुका लागि उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगतको २० लाख बार्षिक बजेट मध्ये १९ लाख ९८ हजार ७१४ खर्चगरी ९९ दशमलब ९४ हजार वित्तिय प्रगति हासिल गरेको छ ।

त्यसैगरी १०० प्रतिशत भौतिक प्रगति हासिल भएको सिप विकासका लागि कच्चा प्रदार्थ तथा सामाग्रीका लागि १० लाख बार्षिक बजेटमध्ये ९ लाख २८ हजार १४५ खर्चगरी ९२ दशमलब ८१ प्रतिशत वित्तिय प्रगति हासिल भएको कार्यालयले जनाएको छ । औद्योगिक ग्राम निर्माणको लागि स्वीकृत ५० लाख बार्षिक बजेट कार्यान्वयन हुन नसकी भौतिक तथा वित्तिय प्रगति जिरो प्रतिशत हासिल भएको कार्यालयले बार्षिक प्रगति समिक्षामा प्रस्तुत गरेको छ । त्यसैगरी ८० प्रतिशत भौतिक प्रगति हासिल भएको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धन कार्याक्रमको १५ लाख बार्षिक बजेट मध्ये १२ लाख ३३ हजार ८०० खर्चगरी ८२ दशमलब २५ प्रतिशत वित्तिय प्रगति हासिल भएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्