News Portal

जाजरकोट जिल्लाको लागि बजाज कम्पनीको विशेष अफर

२७४ पटक

जाजरकोट
बजाज कम्पनीले जाजरकोट जिल्ला सदरमुकाममा मोटरसाइकल साटा–साट मेला संचालन गर्ने भएको छ । ग्राहकहरुका लागि विशेष सुविधा सहित बजाज कम्पनीले जाजरकोट जिल्ला सदरमुकाममा मोटरसाइकल साटा–साट मेला संचालन गर्ने भएको हो ।

यही असार ८ गतेदेखि सुरु हुने मोटरसाइकल साटा–साट मेला असार १३ गतेसम्म संचालन गरिने बजाज कम्पनीका जाजरकोट प्रतिनीधि रमेश केसीले जानाकरी दिए । केसीले दिएको जानकारी अनुसार उक्त मेला जिल्ला सदरमुकाम खलंगा स्थित गैरीखालीमा संचालन हुने भएको छ ।

एक बर्ष फाइनान्स मिति राखेर मोटरसाइकल विक्रि गर्दै आएको कम्पनीले मेलामा १८, २४ र ३६ महिना फाइनान्स समय मिति राख्ने भएको केसीले बताएका छन् । प्रति महिनामा १५–२० हजार किस्ता राख्दै आएको कम्पनीले मेलामा प्रति महिना ३–५ हजारको किस्ता राख्नुको साथै ५० प्रतिशत रकम बुझाएर मोटरसाइकल लिन पाइने व्यवस्था गरिएको छ केसीले भने, “पुरानो मोटरसाइकललाइ प्राविधिक मुल्याङ्कणका आधारमा नयाँ मोटरसाइकलसंग पुरानो मोटरसाइकल विनिमय गर्न पाउने व्यवस्था गरिएको छ ।”

कम्पनीले दशै तिहारको भन्दा अहिले विशेष छुटको अफर दिएको केसीले जानकारी दिए । फाइनान्स गर्नेलाई ६ हजार नगद छुट, लेकगार्ड र हेल्मेट निशुल्क दिनुको साथै झोला उपहार प्रदान गरिने केसीले बताएका छन् ।

पुरानो मोटरसाइकलसंग नयाँ मोटरसाइकल विनिमय गर्नेलाइ प्राविधिक मुल्याङ्कणमा १० हजार थप गरेर लेकगार्ड र हेल्मेट निशुल्क दिने व्यवस्था गरिएको छ केसीले भने, “विगत १० बर्ष पहिले जाजरकोटमा बजाज कम्पनीको मोटरसाइकल सोरम संचालनमा आएता पनि पहिलो पटक यसपाली विशेष छुटको अफर आएको हो ।”

प्रतिकृया दिनुहोस्