नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले सफल कार्यकाल पूरा गरेका छन् । संस्थागत सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास, कृषि–सहकारी, रोजगार, शिक्षा–स्वास्थ्य, खेलकुद–सँस्कृति, पर्यटन, खानेपानी तथा सरसफाई, लैङ्गिक समाता तथा समावेशीकरण, वातावरण संरक्षण र विपद व्यवस्थापनका क्षेत्रमा कुशलतापूर्वक कार्यसम्पादन गरेर प्रमुख रावलले आफ्नो कार्यकाल पुरा गरेका छन भने, बिगत जनयुद्धले विकास गरेका कयौं मान्यताहरुलाई नगरपालिकामा स्थापित गरेका छन् । जनयुद्ध ताका जिल्ला जनसरकार प्रमुख समेत रहेका रावल नै नगरप्रमुखमा निर्वाचित भएपछि जनयुद्धले विकास गरेका तमाम मान्यताहरुलाई नगरपालिकामा स्थापित गरेका हुन् ।
जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका बाहेक अन्य पालिकालाई गाउँबाटै सार्वजनिक सेवा प्रवाह गर्न झण्डै दुई तीन बर्षको समय लागेको थियो भने, जनप्रतिनीधि सहितको नलगाड नगरपालिकाले सुरुमै गाउँबाटै सार्वजनिक सेवा प्रवाह गरेको थियो । देशमा जनयुद्ध सुरु भएको १५ दिनपछि तत्कालिन नेपाल प्रहरीले मान बहादुर वली र मान बहादुर रावललाई प्रक्राउ गरी हातमा हत्कट्टी लगाएर नलगाड नदीमा फालेर हत्या गरेको बिषयलाई जोड्न त्रिवेणीलाई हटाएर नगरपालिकाको नाम नलगाड मात्र राख्न नगर प्रमुख रावत सफल भएका थिए । पहिलो नगरसभाबाटै नगरपालिकाको नामाकरण र प्रशासनिक केन्द्र दल्ली टुङ्गो लगाउन सफल भएका नगर प्रमुख रावलले फागुन १ गतेको जनयुद्ध दिवसलाई नलगाड साँस्कृतिक महोत्सवका रुपमा प्रत्येक बर्षको फागुन १ गतेदेखि ४ गतेसम्म संचालन गर्दै आएका छन् । फागुन १५ देखि २१ गतेसम्म जनयुद्ध कालदेखि नै माओवादी पार्टीले मनाउदै आएको बलिदान दिवसलाई नगर प्रमुख रावलले प्रत्येक बर्षको फागुन १५ देखि २१ गतेसम्म नगर प्रमुख खेलकुद प्रतियोगिताको आयोजना गरेर अन्तर माध्यामिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्दै आएका छन् ।
विगत जनयुद्धले स्थापित गरेको कम्युनिकरणको सिद्धान्तलाई नलगाड नगरपालिमा लागु गर्न नगर प्रमुख रावलले नगर कार्यपालिकाबाट नमुना बस्ती विकास कार्यक्रम निर्देशिका–२०७५ पारीत गरी १३ वटै वडाका १३ वटा टोलमा नमुना बस्ती विकास कार्यक्रम लागु गरेका छन् । स्वागत, विदाई र सम्मान गर्ने जनयुद्धकालिन संस्कारलाई नगर प्रमुख रावलले नगरपालिकामा राम्रोसंग लागु गरेका छन् । उत्कृष्ट कार्य सम्पादन गर्दै आएका जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी र वडालाई प्रत्येक बर्ष पूरस्कार सहित सम्मान गर्दै आएका नगर प्रमुख रावलले अतिथि सत्कार र सम्मानमा जोड दिदै आएका छन् । नगर प्रमुखको सरल कार्य कुशलता र कठोर स्वभावले कार्यसम्पादन गर्न कुनै पनि कर्मचारीले कहिल्यै पनि असहजको महसुस गरेको देखिएको छैन । नगर पालिकाको स्थापना कालदेखिनै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेर आएका सुरेन्द्र सिंहले नै २०७४ सालमा नलगाड नगरपालिकाको निर्वाचन सम्पन्न गराएका थिए । निर्वाचन पश्चात निर्वाचित जनप्रतिनीधिहरुलाई नगरपालिकामा भव्य स्वागत गरेका प्रमुख प्रशासकीय अधिकृत सिंहले पुरापुर पाँच बर्षको कार्यकाल पुरागरी यतिवेला कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् । जनप्रतिनीधिहरुको ५ बर्षे कार्यकाल पुरा हुन २ महिना मात्र बाँकी रहेको वेला सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सिंह आफ्नै व्यक्तिगत बृद्धिविकासको लागि सरुवा भएका हुन् । अधिकृत सिंहको बिदाई र नयाँ प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीको स्वागतलाई एउटै मञ्चको कार्यक्रमबाट नगर प्रमुख रावलले भब्य रुपमा सम्पन्न गरेका थिए । जनयुद्धले विकास गरेको संस्कारलाई दह्रोसंग पकड्दै आएका प्रमुख रावलले जन्म र बिबाह जस्ता खुशीयालीमा हौसला प्रदान गर्न, मृत्युको पिडामा एकाकार हुन् जनताको घरदैलोमा पुग्ने गरेका छन् ।
३८७ दशमलब ४४ वर्ग किलोमिटर क्षेत्रफल रहेको नलगाड नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना अनुसार २५ हजार ५९७ र राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ५ हजार ४२७ घरधुरीका २८ हजार ८५८ जनसंख्यालाई समाजवादी सत्ताको बास्तविक अनुभुति दिलाउदै नगरप्रमुख रावलले ५ बर्ष कार्यकाललाई कुशलतापूर्वक सम्पन्न गरेका छन् ।
ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड तथा नीतिगरी ७८ वटा कानुन पारित गरी संस्थागत सेवा प्रवाहलाई व्यवस्थित गरेका नगर प्रमुख रावलले १३ नम्बर वडा बाहेक अरु सबै वडाको प्रशासनिक केन्द्रलाई सडक सञ्जालमा जोड्न सफल भएका छन् । ५ बर्षे कार्यकालमा ५ वटा वडा कार्यालय, १२ वटा स्वास्थ्य संस्था, ५ वटा सामुदायिक स्वास्थ्य क्लिनिक, ३६ वटा विद्यालय, १ पशुसेवा, १ बहुमुखी क्याम्पस र २ सहकारी संस्थाका भवनगरी ६१ वटा संस्थागत भवनहरुको निर्माण कार्य सम्पन्न गरेका नगर प्रमुख रावलले १ नगर कार्यपालिकाको कार्यालय, ७ वटा वडा कार्यालय र १ स्वास्थ्य संस्थाको भवनगरी ९ वटा भवन निर्माण कार्यको अन्तिम चरणमा पुर्याएका छन् । उक्त ९ वटै भवनको निर्माण कार्य आगामी फागुन महिनाको अन्तिममा सम्पन्न भई प्रयोगमा ल्याउन सकिने बताईएको छ ।
४ ट्रसवृज, २ झोलुंङ्गे, १९ काठेपुल र १ वटा पक्की गरी २६ वटा पुल निर्माण गरेका प्रमुख रावलले १३ किलोवाट लघुजलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरेका छन् । विभिन्न लघु जलविद्युत आयोजनाबाट ३९ दशमलब ९ किलोमिटर विद्युत लाईन विस्तार गरेका छन । १ हजार २०३ घरपरिवारलाई सोलार सेट वितरण गर्नुको साथै ३०३ घरपरिवारलाइ फलामे चुलो वितरण गरेका छन् । आबश्यकताका आधारमा सिचाई योजना र प्रयाप्त खानेपानी योजनाहरुको निर्माण कार्य सम्पन्न गरेका छन् । स्थानीय हावापानीको सम्भाव्यता अध्ययन गरी मह, तरकारी, सुन्तला, मकैं, धान, कागति, टिमुर, आलु, प्याज, लसुन, अलैची जस्ता मसलाबाली, बाख्रा, भेडा, भैसी, गाई जस्ता पशुपालन, स्याउ, ओखर, नास्पति जस्ता फलफुल गरी १२ वटा बालीबस्तुको पटेक क्षेत्र घोषणा गरी लगानी विस्तार गरेका छन् । १४ वटा विद्यालयहरुलाई नमुना विद्यालय घोषणा गरी शैक्षिक सुधारलाई अगाडी बढाएका नगर प्रमुख रावलले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गरेका छन् । प्राथमिक स्वास्थय केन्द्र दल्लीमा नगरपालिकाबाट दरबन्दी सृजनागरी विशेषज्ञ स्वास्थय सेवा संचालन गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको नगर अस्पतालको लागि २२ करोड ३ लाख लागत अनुमानमा नगर अस्पतालको भवन निर्माणको कामलाई अगाडी बढाएका छन् । डाँडागाउ क डाँडागाउ, डाँडागाउ ख कैना, लँह, चौखा र औलगुता गरी ५ वटा मात्र स्वास्थ्य चौकी रहेको नगरपालिकामा भवन र दरबन्दी सहित वडा नं. १ को अनापानी, ३ को कट्के, ५ को सिर्के, ६ को भारगाउँ, ८ को जिकुवा, ९ को तात्र, १० को रावतगाउँ र ध्यारगाउँ, १२ को तल्लुबगर, १३ को खातीगुर्ता र सिउन गरी जम्मा ११ वटा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी गाउँ टोलबाटै स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गरेका छन् । वडा नं. १ को जुरेलीमा आगामी बर्षदेखि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्न यस बर्ष भवन निर्माणको कामलाई अगाडी बढाएका छन् । तालिम प्राप्त जनशक्तिको व्यवस्था गरी नगर प्रमुख रावलले कैना र चौखा स्वास्थ्य चौकीबाट ल्याप सेवा संचालनमा ल्याएका छन् ।
नलगाड नगरपालिकाले समग्र क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गर्नुमा जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी, नगरपालिकामा क्रियाशिल राजनितिक पार्टीका प्रमुख तथा प्रतिनीधि र नगरबासी उपभोक्ता तथा समुदायहरुको विशेष भुमिका रहेको बताउदै नगर प्रमुख रावलले नगरपालिकाको समग्र विकासमा विशेष योगदान गर्ने जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी, नगरपालिकामा क्रियाशिल राजनितिक पार्टीका प्रमुख तथा प्रतिनीधि र नगरबासी समुदाय सबैप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन ।
तत्कालिन जनयुद्धकालको जनसरकारले जनअदालत मार्फत न्याय निसाफ दिनुको साथै जग्गा नामसारी (रजिष्टेशन) गर्ने काम गर्दै आएको थियो । जनअदालतको फैसलाले अभियुक्त व्यक्तिहरुलाई श्रमजेल मार्फत कैद भुक्तान गर्दै आएको जनसरकारले जनपरिचालन गरेर बाटो, पुल, भवन र शहिद गेटहरु जस्ता विकास निर्माण गर्दै आएको थियो । सहकारी मार्फत कागज उद्योग, खुर्मा उद्योग, मेडिकल (औषधि पसल), खुद्रा पसलहरु संचालन गर्दै आएको जनसरकारले तत्कालिन दह गाविसको जुर्क निपानेमा जुनी कम्युन संचालन गरेको थियो । नमुना विद्यालय संचालन गरेरे शहिद परिवारका बालबालिकाहरुलाई जनसरकारले शिक्षा दिदै आएको थियो ।
हालको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकालाई मोडेल जिल्ला बनाएको जनसरकारले नलगाड–५ को सिर्केलाई केन्द्र बनाएर जनपरिचालन मार्फत नमुना विकास निर्माण तथा पार्टी नेतृत्वको केन्द्रीकरण गर्दै आएको थियो भने, ठुला–ठुला मोर्चाबन्दी लडाईमा सहभागी हुदै आएको जनमुक्ति सेना नेपालको व्यवस्थापनलाई केन्द्रित गरिएको थियो ।
अन्ततः कम्युनिकरणको माध्यामबाट जनतालाई सत्ता र वर्ग विलोपिकरणको दिशामा उन्मुख गर्न नगर प्रमुख रावलले नलगाड नगरपालिकाका १३ वटा नमुना कस्तीमा समाजवादको बास्तविक रुप दिन नगर कार्यपालिकाबाट एकमतले पास गराउन सफल भएको “नमुना बस्ती विकास कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५” को पूर्ण पाठ यस्तो रहेको छ :–
“सफा र समृद्ध नलगाड, हरित नलगाड, हिंसा रहित नलगाड, सुशासनयुक्त नलगाड”
नगर कार्यापालिकाबाट स्वीकृत मिति :–२०७५ असाढ २५ गते
प्रमाणिकरण मिति :–२०७५ असाढ २७ गते
नमुना बस्ती विकास कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५
नलगाड नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
दल्ली, जाजरकोट
कर्णाली प्रदेश, नेपाल
नमुना बस्ती विकास कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ प्रस्तावना नेपालको संघीय शासन प्रणालीका आधार स्तम्भ स्थानीय तह मार्फत प्रवाह हुने सार्वजनिक सेवा र आर्थिक तथा सामाजिक रुपान्तरणका प्रयासहरुमा स्थानीय जनताको सहभागीता र अपनत्व स्थापित गर्न एवं पारदर्शिता र जवाफदेहिताको पक्ष बलियो बनाउन र स्थानीय समुदायमा विकासको प्रतिफल सुनिश्चित गर्न अपरिहार्य छ ।
स्थानीय तहको समग्र स्रोत परिचालन, व्यवस्थापन एवं काम कारबाहीमा कार्यकुशलता र प्रभावकारिता अभिबृद्धि गर्न र जनताको जीवनलाई आत्मनिर्भर, प्रतिष्ठित र समृद्धितर्फ उन्मुख गराउन नलगाड नगरपालिकामा गरिने लगानीलाई नतिजामुलक बनाउन र सार्वजनिक सेवा र विकासका काममा स्थानीय जनताको सहभागीता सहित सिकाई र प्रभाव र उत्प्रेरणामा आधारित विकासका आयामहरु अभ्यासमा लिन थालिएको छ ।
नलगाड नगरपालिकाका सबै प्रकारका स्रोत साधनमा गरिब, महिला, बालबालिका तथा सामाजिक, आर्थिक दृष्टिकोणबाट पिछडिएका, द्धन्दपीडित, विस्थापित, घाईते, अपाङ्ग, अशक्त, असाहाय अबस्थाका वर्ग र समुदाय एवं क्षेत्रको पहुँच र स्वामित्व संस्थागत गर्न, नलगाड नगरपालिकामा अपेक्षित विकासको गति स्थापित गर्न सिकाई र उत्प्रेरणाबाट रुपान्तरण हुनेगरी केही नमुना बस्ती विकास गर्नुपर्ने महसुशिकरण भै आब २०७५÷०७६ को नीति तथा कार्यक्रमको बुदा नम्बर ६ मा उल्लेख भएकाले सो नीति तथा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र नतिजामुलक रुपमा कार्यान्वयनमा लैजान कानुनी आधार तयार गर्न आबश्यक भएकाले नलगाड नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन–२०७४ को दफा (४) ले दिएको अधिकार प्रयोगगरी नलगाड नगरपालिकाको नगर कार्यपालिकाले नलगाड नगरपालिका नमुना बस्ती विकास कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५ पारित गरी लागु गरिएको छ ।
परिच्छेद–१
प्रारम्भिक
१. निर्देशिकाको उदेश्य :
क) नलगाड नगरपालिकाका केहि गाउँ बस्तीमा एकीकृत विकास प्रयास थालनी गर्ने ।
ख) नलगाड नगरपालिकाले संचालन गर्ने नमुना बस्ती विकास कार्यक्रमको नतिजामा आधारित प्रभावकारी व्यवस्थापन, अनुगमन र मुल्याङ्कण तथा मापनको थालनी गर्ने ।
ग) नलगाड नगरपालिकाबासीको जीवन रुपान्तरण गर्न नमुना बस्तीको विकास र विस्तार गर्दै लैजाने ।
घ) नलगाड नगरपालिकाका विपन्न, द्धन्दपीडित, विस्थापित, घाईते, अपाङ्क, अशक्त, असहाय अबस्थाका र कमजोर व्यक्तिको जीवन रुपान्तरणमा सहयोग गर्ने ।
२. संक्षिप्त नामः यस कार्यविधिको नाम ः “नलगाड नगरपालिका नमुना बस्ती विकास कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५” रहेको छ ।
३. प्रारम्भ :–यो निर्देशिका नलगाड नगरपालिकाको कार्यपालिकाको बैठकबाट पारित भै नलगाड राजपत्रमा प्रकाशित भएको मिति देखि लागु हुनेछ ।
४. परिभाषा :–विषय प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा उल्लेखित
क) “स्थानीय तह ” भन्नाले संघीय शासनका ३ तह मध्ये १ स्थानीय तह सम्झनु पर्छ ।
ख) “नगरपालिका” भन्नाले संविधान र ऐन बमोजिम स्थापना भएको नलगाड नगरपालिका सम्झनु पर्छ ।
ग) “नगर सभा” भन्नाले नेपालको संविधानको धारा २२३ र ऐनको दफा १९ बमोजिमको नगरपालिकाको नगरसभालाई सम्झनु पर्छ ।
घ) “निर्देशिका” भन्नाले “नलगाड नगरपालिका नमुना बस्ती विकास कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५” लाई सम्झनु पर्छ ।
ङ) “जिल्ला” भन्नाले नेपाल राज्यको कर्णाली प्रदेशमा पर्ने जाजरकोट जिल्लालाई सम्झनु पर्छ ।
च) “निर्देशक समिति” भन्नाले नलगाड नगरपालिकाको नमुना बस्ती विकास कार्यक्रमका लागि आबश्यक नीति, कार्यक्रम बनाउने, अनुगमन, निरिक्षण, प्रगति मापन गर्ने, सुचना तथा अभिलेख राख्ने लगाएतका प्रमुख कार्य सम्पादन गर्न यस निर्देशिकाको दफा १० अनुसार गठित समिति सम्झनु पर्छ ।
छ) “कार्यक्रम” भन्नाले निश्चित उदेश्य प्राप्तिका लागि तयार गरिएको क्षेत्रगत वा बहुँक्षेत्रगत आयोजनाहरुको संयोजित रुप सम्झनु पर्छ ।
ज) “गैरसरकारी संस्था” भन्नाले यस कार्यविधिको प्रयोजनको लागि प्रचलित कानुन बमोजिम स्थापना भएका र नगर सभाबाट आफ्नो कार्यक्रम स्वीकृत गराई नगरपालिका क्षेत्रमा नगरपालिका र वडासमितिसंग समन्वय राखि कार्य संचालन गर्ने गैर नाफामुलक संस्था सम्झनु पर्छ ।
झ) “विकास साझेदार” भन्नाले नगद, जिन्सी एवं प्राविधिक सहयोग उपलब्ध गराउने द्धिपक्षीय एवं बहुँपक्षीय दातृ निकाय, संयुक्त राष्ट्रसंघीय निकायहरु तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सम्झनु पर्छ ।
ञ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले ऐनको दफा ८४ बमोजिम नगरपालिकाको कार्यकारी सचिव भै काम काज गर्न नियुक्त कर्मचारी सम्झनु पर्छ ।
ट) “सामाजिक परीक्षण” भन्नाले नगरपालिकाको योजना, नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थिक सामाजिक विकासमा गरेको समग्र योगदानको लेखाजोखा, विश्लेषण र मुल्याङ्कण कार्य सम्झनु पर्छ ।
ठ) “सार्वजनिक परीक्षण” भन्नाले नगरपालिकाको सार्वजनिक परीक्षण कार्यविधी–२०७४ बमोजिम नगरपालिकाले संचालन गर्ने कार्यक्रम वा आयोजनाको लक्ष्य, उदेश्य, बजेट (आम्दानी) तथा यसबाट प्राप्त नतिजा, उपलब्धी र खर्च आदीको बारेमा सरोकारवालाहरु बीच जानकारी गराउने, लेखाजोख ागर्ने र मुल्याङ्कण गर्ने कार्य सम्झनु पर्छ ।
ड) “सामुदायिक संस्था” भन्नाले जनचेतना, तालिम, अभिमुखीकरण, सीप विकास, विभिन्न विकासका काममा सामाजिक परिचालन र समुदाय सशक्तिकरण तथा सहजीकरण, वचत, कर्जा परिचालन, समावेशि विकास र सशक्तिकरण गर्न स्थापना भएका तथा नगरपालिका वा ताकिएका निकायमा सुचीकृत भएका समुदाय आधारित संस्था सम्झनु पर्छ र यो शव्दले विभिन्न सामुदायिक समुह÷संगठन÷संजाल÷सहकारी÷गैरसरकारी संस्था÷क्लव÷मञ्च÷केन्द्र समेतलाई जनाउदछ ।
ढ) “निर्देशिका” भन्नाले नलगाड नगरपालिका नमुना बस्ती विकास कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५ लाई सम्झनु पर्छ ।
ण) “कार्यपालिका” भन्नाले नगरपालिकाको कार्यकारी अंगलाई सम्झनुपर्छ ।
त) “स्थानीय समन्वय समिति” भन्नाले वडा र बस्ती स्तरमा नमुना बस्ती सम्बन्धि काम समन्वय गर्न यस निर्देशिकाको दफा ११ अनुसार गठित ।
थ) “स्थानीय सहयोग समिसत” भन्नाले बस्ती स्तरमा नमुना बस्ती सम्बन्धि कार्यक्रममा सहयोग गर्न यस निर्देशिकाको दफा १२ अनुसार गठित सहयोग समितिलाई सम्झनु पर्दछ ।
द) “द्धन्दपीडित” भन्नाले यस निर्देशिका कार्यान्वयन गर्ने प्रयोजनका लागि सशस्त्र द्धन्द । आन्दोलनमका चरणमा द्धन्दका कारण विस्थापित, घाईते, अपाङ्क, अशक्त, असहाय अबस्थाका व्यक्तिलाई सम्झनु पर्छ ।
परिच्छेद–२
घोषणा र लगानी
५. घोषणा गर्न सक्ने :–
नलगाड नगरपालिकाको कार्यपालिकाले नगरपालिकाको सर्वाङ्किण विकासका लागि दीगो तथा समावेशी विकासका झलक प्रस्तुत गर्दै अन्य गाउँ बस्तीलाई समेत नयाँ जागरण र बहुआयामिक विकासको उत्प्रेरणा प्रवाह गर्ने सम्भावना र अबसर विद्यमान वा भविश्यमा त्यस दिशा तर्फ अग्रसर हुन सक्ने प्रत्येक वडाका कम्तिमा १ बस्तीलाई नमुना बस्तीका रुपमा छनौट गर्न सक्ने ।
६. लगानी गर्न सक्ने :–
नलगाड नगरपालिकाको दफा ५ अनुसार छनौट गरिएका बस्तीलाई यस कार्यविधि अनुसार तोकिएका सुचकहरु पुरा गर्न नगरपालिकाको पूजीगत विकास तर्फ विनियोजित कुल बजेटको कम्तिमा १० प्रतिशत रकम विनियोजन गरी प्रत्येक बस्तीमा कम्तिमा २ क्षेत्रको सामाजिक, आर्थिक विकासका कार्यक्रम वडा समिति र निर्देशक समितिको सिफारिसमा कार्यपालिकाको बैठकबाट तर्जुमा गरी कार्यान्वयन गर्न लगानी गर्न सक्ने छ । नगरपालिकाको श्रोतबाट हुने लगानीलाई निम्न अनुसार व्यवस्थित गरिने छ ।
अ) प्रत्येक बर्ष निश्चित रकम नमुना बस्ती विकास कार्यक्रमहरुका लागि विनियोजित गर्ने ।
आ) विनियोजित रकम डालेकोषमा राख्ने ।
इ) पहिलो बर्ष सबै बस्तीका लागि स्वीकृत कार्यक्रमबाट नमुना बस्ती विकास मापदण्ड र सुचक पुरा गर्न प्राप्त प्रगतिको मापन गर्ने ।
ई) मापनको अंकका आधारमा निर्देशक समितिको सिफारिसमा कार्यपालिकाले अर्को कार्यक्रमका लागि बजेट स्वीकृत गर्ने ।
उ) सुचक र मापदण्ड पुरा गर्न प्राप्त प्रगतिको मापनका आधार र अंकका लागि निर्देशक समितिले सुत्र बनाई लगानी बाडफाँड सिफारिस गर्ने ।
ऊ) लगानी गर्दा सम्बन्धित बस्तीका अति विपन्न र कमजोर तथा द्धन्द पीडितको जीवन निर्वाहमा सहारा पुग्ने खालका कार्यक्रम र योजनालाई प्राथमिकता दिनुपर्ने छ ।
७. कार्यक्रम प्रस्ताव गर्नुपर्ने :–
निर्देशक समितिले निर्देशिकामा उल्लेखित सुचक पुरा गर्ने अति विपन्न र द्धन्दपीडित विस्थापित, घाईते, अपाङ्क, अशक्त, असहायको जीवन रक्षामा सहयोग पुग्ने खालका कार्यक्रम तथा योजनाहरु पहिलो बर्ष २०७५ भाद्र मसान्त भित्र र त्यसपछिका बर्षहरुको सन्दर्भमा स्थानीय समन्वय समितिको सिफारिसमा तयार गरी आगामी आर्थिक बर्षका लागि प्रत्येक बर्ष चैत्र मसान्त भित्र स्वीकृति गराउन नगर कार्यपालिकामा प्रस्ताव गर्नुपर्ने छ ।
परिच्छेद–३
समन्वय, सहकार्य र प्रतिवेदन
८. समन्वय गर्नुपर्ने :–
नगर कार्यपालिकाको कार्यालय र निर्देशक समितिले छनौट गरिएका नमुना बस्तीको सामाजिक आर्थिक विकासका कार्यक्रममा सहकार्य र साझेदारीका लागि नगरपालिकामा क्रियाशिल सरकारी तथा गैरसरकारी विकास साझेदार तथा सामुदायिक संस्था तथा प्रदेश सरकार रसंघीय सरकार मार्फत सहयोग र श्रोत परिचालन गर्न आबश्यक समन्वय गर्नु पर्ने छ ।
९. सहकार्य र साझेदारी प्रवद्र्धन गर्ने :–
नगर कार्यपालिका, नगर कार्यपालिकाको कार्यालय र निर्देशक समितिले छनौट गरिएका नमुना बस्तीको सामाजिक आर्थिक विकासका कार्यक्रममा सहकार्य र साझेदारीका लागि नगरपालिकामा क्रियाशिल सरकारी तथा गैरसरकारी विकास साझेदार तथा सामुदायिक संस्था तथा प्रदश सरकार र संघीय सरकार मार्फत सहयोग र श्रोत परिचालन गर्न सहकार्य र साझेदारीका लागि विशेष पहल गर्नुपर्ने छ ।
१०. आवाधिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुपर्ने :–
निर्देशक समितिले छनौट गरिएका नमुना बस्तीको सामाजिक आर्थिक विकासका कार्यक्रमहरुको अर्धबार्षिक प्रगति प्रतिवेदन नगर कार्यपालिकाको कार्यालय मार्फत प्रत्येक बर्ष पौष मसान्त भित्र कार्यपालिकाको बैठकमा र प्रत्येक बर्ष असाढ मसान्त भित्र नगर कार्यपालिका मार्फत नगरसभामा प्रस्तुत गर्नुपर्ने छ ।
परिच्छेद–४
संरचनात्मक व्यवस्था तथा सुचकहरु
११. निर्देशक समिति :–
११.१. नलगाड नगरपालिकाको नमुना बस्ती विकास कार्यक्रमका लागि आबश्यक नगरपालिका स्तरीय नीति, कार्यक्रम बनाउने, अनुगमन, कार्यक्रम तथा योजना तर्जुमागरी स्वीकृतिका लागि नगर कार्यपालिकामा पेश गर्ने, कार्यान्वयनमा गएका कार्यक्रम तथा योजनाको निरीक्षण, प्रगति मापन गर्ने, सुचना तथा अभिलेख राख्ने लगाएतका प्रमुख कार्य सम्पादन गर्न नगर प्रमुखको संयोजकत्वमा निम्नानुसारको २७ सदस्य नमुना बस्ती विकास कार्यक्रमको निर्देशक समिति रहने छ ।
नगर प्रमुख – १ संयोजक
नगर उपप्रमुख – १ सदस्य
प्रमुख प्रशासकीय अधिकृत – १ सदस्य
वडा अध्यक्षहरु – १३ सदस्य
विषयगत शाखाका प्रमुख तथा प्रतिनीधि –१ सदस्य
स्थानीय उद्योग बाणिज्य संघको प्रतिनीधि – १ सदस्य
अन्य विकास साझेदार संस्थाका प्रतिनीधि – १ सदस्य
सुरक्षा निकायका प्रतिनीधि – १ सदस्य
नगर कार्यपालिकाको कार्यालयका सामाजिक विकास विकास शाखा प्रमुख – १ सदस्य
११.२. निर्देशक समितिको बैठक कम्तिमा त्रैमासिक रुपमा १ पटक बस्नेछ ।
११.३. निर्देशक समितिले दैनिक कार्यसम्पादन गर्न ९ सदस्य सचिवालय गठन गर्न सक्ने छ ।
१२. स्थानीय समन्वय समिति :–
१२.१. नमुना बस्तीहरुको लागि स्वीकृत कार्यक्रम व्यवस्थापन र संचालन गर्न, आबश्यक बस्ती स्तरीय नीति, कार्यक्रम बनाउने, अनुगमन, निरिक्षण, प्रगति मापन गर्ने, सुचना तथा अभिलेख राख्ने लगाएतका प्रमुख कार्य सम्पादन गर्न नमुना बस्ती रहेको सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा निम्नानुसारको ७ सदस्य नमुना बस्ती विकास कार्यक्रमको स्थानीय समन्वय समिति रहने छ ।
वडा अध्यक्ष – १ संयोजक
वडा सदस्यहरु – ४ सदस्य
विषयगत शाखा प्रमुख तथा प्रतिनीधि – १ सदस्य
स्थानीय सुरक्षा निकाय प्रतिनीधि – १ सदस्य
विकास साझेदार संस्था मध्ये स्थानीय समन्वय समितिले तोकेको प्रतिनीधि – १ सदस्य
वडा कार्यालयको कुनै कर्मचारी – १ सदस्य
१२.२. स्थानीय समन्वय समितिको बैठक कम्तिमा ३ महिनामा १ पटक बस्ने छ ।
१३. स्थानीय सहयोग समिति गठन गर्न सक्ने
१३.१.नमुना बस्तीहरुको लागि स्वीकृत कार्यक्रम व्यवस्थापन र सञ्चालनमा समुदायबाट सहयोग लिन सम्बन्धित स्थानीय समन्वय समितिले बढीमा ७ सदस्य समावेसी सहयोग समिति गठन गर्न सक्ने छ ।
१३.२. स्थानीय समन्वय समितिको बैठक कम्तिमा ३ महिनामा १ पटक बस्ने छ ।
१४ नमुना बस्ती घोषणा र कार्यक्रम तथा योजनाहरुमा लगानी बढाउदै लैजाने विषय मापन गर्ने सुचकहरु
१४.१. नगर कार्यपालिकाले नगरपालिकाका प्रत्येक वडामा कम्तिमा १ नमुना बस्ती घोषणा गर्ने आधारको रुपमा सुचक तथा मापदण्डहरु अनुसुची १ मा उल्लेख भए बमोजिम हुने छ ।
१४.२. घोषित नमुना बस्तीमा लगानी बढाउदै जान संचालित कार्यक्रम तथा योजनाहरुको प्रगति र प्रभाव मापन गर्ने सुचक तथा मापदण्डहरु अनुसुची २ मा उल्लेख भए बमोजिम हुने छ ।
परिच्छेद–५
विविध
१५. अन्य निकायबाट यस निर्देशिकाको प्रयोग :–
गैसस तथा अन्य सार्वजनिक संस्था, विषयगत कार्यालयहरुले पनि यस निर्देशिकालाई प्रयोग गर्न सक्नेछन । सो गर्न गराउन नगरपालिकाले सहयोग गर्नुपर्ने छ ।
१६. अभिमुखीकरण सम्बन्धि व्यवस्था :–
नगरपालिकाले यो निर्देशिका लागु गरेपछि नगरपालिका तह र नमुना घोषित बस्ती तहमा जन प्रतिनीधि, पदाधिकारी, कर्मचारी, सामुदायिक संस्था, विकास साझेदार तथा मुख्य सरोकारवालालाई एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गर्नुपर्ने छ । नगरपालिकाले नमुना बस्ती विकासकाबारेमा सर्वसाधारणको जानकारीको लागि प्रचार प्रसार गर्नु पर्ने छ ।
१७. व्याख्या :–
यस निर्देशिकाको कार्यान्वयको क्रममा कुनै बाधा अबरोध र अस्पष्टता भएमा त्यस्तो बाधा अड्चन फुकाउने प्रयोजनका लागि नगर कार्यपालिकाले यस कार्यविधिमा आबश्यकता अनुसार व्याख्या, थपघट, संशोधन वा हेरफेर गर्न सक्ने छ ।
१८. संशोधन :–
यस निर्देशिकाको कार्यानवयनको क्रममा कुनै बाधा अबरोध र अस्पष्टता भएमा बाधा अड्चन फुकाउने प्रयोजनका लागि नगरपालिकाले यस निर्देशिकामा आबश्यकता अनुसार थपघट, संशोधन वा हेरफेर गर्न सक्ने छ ।
१९. बचाउ :–
यो निर्देशिका बन्नु भन्दा अगाडी नमुना बस्ती विकास सम्बन्धमा भए गरेका सम्पूर्ण काम कारबाही यसै निर्देशिका बमोजिम भए गरेको मानिने छ ।
२०. अमान्य हुने :–
यस निर्देशिकाको कुनै प्रावधान प्रचलित संघीय, प्रादेशिक र नगरपालिकाको कानुनसंग बाझिएमा बाझिएको हदसम्म अमान्य हुने छ ।
अनुसूची १
(परिच्छेद ४ दफा १४ (१) संग सम्बन्धित)
नमुना बस्ती घोषणाका सूचकहरु
१) समुदाय पूर्ण सरसफाई तर्फ अग्रसर रहेको ।
२) छोरा र छोरी बिच खाना, शिक्षा, आबास, कपडा, स्वास्थ्य, स्याहार जस्ता क्षेत्रमा भेदभाव नरहेको ।
३) बालबालिकाहरुको जन्म दर्ता प्रारम्भ भएको ।
४) ३० मिनेटको दुरीभित्र विद्यालय रहेको ।
५) स्थानीय स्तरमा नविकरण उर्जा र विद्युतको उपलब्धता रहेको वा तत्काल उपलब्ध जल, विद्युत वा उर्जा सेवा उपलब्धताको सम्भावना रहेको ।
६) प्रत्येक घरमा स्वाच्छ खानेपानीको पहुँच रहेको वा सम्भावना भएको ।
७) कम्तिमा २५ घरधुरी रहेको ।
८) सडक संजालबाट ३० मिनेट भन्दा टाढा नरहेको ।
९) विद्यालयहरुमा शिक्षण सिकाई प्रक्रिया गुणस्तरीय रहेको ।
१०) जातीय, भाषिक, धार्मिक र जातिय सद्भाव कायम रहेको ।
११) विद्यालय जाने उमेर समुहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको ।
१२) प्राविधिक र व्यवसायिक सिप सिकाई तर्फ समुदाय अग्रसर रहेको ।
१३) खोपको पहुँच ९० प्रतिशत पुगेको र समुदाय सजग रहेको ।
१४) नदि, खोला, तालतलैया, नहर र सार्वजनिक स्थानमा फोहर विसर्जन बन्द भएको ।
१५) प्रत्येक घरमा शौचालय भएको ।
१६) बाल क्लव क्रियाशिल रहेको ।
१७) प्रत्येक घरमा कम्तिमा २ रुख विरुवा लगाउन प्रतिवद्ध रहेको ।
१८) आमा समुह र अन्य स्थानीय सामुदायिक संस्था क्रियाशिल रहेको ।
१९) सार्वजनिक विकास निर्माणका काममा जनसहभागिता जुट्ने गरेको ।
२०) विपद जोखिम व्यवस्थापनमा सहभागीता जुट्ने गरेको ।
२१) जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा, पालनपोषण र सम्मानको व्यवस्था कायम रहेको ।
२२) दीगो वातावरण सुनिश्चित गर्न वनको संरक्षण, सम्वद्र्धन र उपयोग गरिएको ।
२३) घरबाट अलगै गोठ, १ घर १ धारा, १ घर १ करेसाबारी र भकारो सुधारको व्यवस्था भएको ।
२४) ४ बर्षसम्मका सबै बालबालिका प्रारम्भिक बाल विकास केन्द्रमा भर्ना भएका ।
२५) घर भित्रको भान्सा धुवारहित भएको वा त्सतर्फ अग्रसर भएको ।
२६) समुदाय पूर्ण खोपको सुनिश्चिता तर्फ अग्रसर रहेको र जातिय विभेद उन्मुलनको सम्भावना रहेको ।
२७) अतिथि सत्कारको लागि आबासको सुविधा र आत्मियता प्रदर्शन गर्ने संस्कार विकासको सम्भावना भएको ।
२८) जातिय तथा लैङ्गिक छुवाछुत र भेदभाव न्युनीकरण तर्फ समुदाय अग्रसर रहेका ।
अनुसूची २
(परिच्छेद ४ दफा १४ को (२) संग सम्बन्धित)
घोषित बस्तीमा नमुना जीवन तर्फ उन्मुख भए नभएको मापन गर्ने सुचक तथा मापदण्डहरु
१) समुदाय पूर्ण सरसफाई तर्फ अग्रसर रहेको ।
२) घरायसी र सामाजिक निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ्दै गएको ।
३) छोरा र छोरी बिच खाना, शिक्षा, आबास, कपडा, स्वास्थ्य, स्याहार जस्ता क्षेत्रमा भेदभाव नरहेको ।
४) बालबालिकाहरुको जन्म दर्ता प्रारम्भ भएको ।
५) ३० मिनेटको दुरीभित्र विद्यालय रहेको र शिक्षण सिकाई तथा अन्य वातावरण बालमैत्री रहेको ।
६) महिला स्वास्थ्य स्वयमसेविकाहरु क्रियाशिल रहेका ।
७) दीगो कृषि विकासको अबधारणा अबलम्बन गरिएको ।
८) बाल बिबाह बिरुद्ध सशक्त जनमत र कार्ययोजना कार्यान्वयन भै रहेको र न्युनीकरण भै रहेको ।
९) नगरपालिका र वडाबाट प्रवाह हुने सेवाका बारेमा बस्तीमा सुचना पत्र रहेको हुनेछ ।
१०) बस्तीको आगमन विन्दुमा स्वागत सन्देश अंकित भएको हुने छ ।
११) स्थानीय स्तरमा नविकरण उर्जा र विद्युतको उपलब्धता रहेको वा तत्काल उपलब्ध जल विद्युत वा उर्जा सेवा उपलब्धताको सम्भावना रहेको ।
१२) प्रत्येक घरमा स्वच्छ खानेपानीको पहुँच रहेको वा सम्भावना भएको ।
१३) खानेपानीको मुहान संरक्षण गरिएको र पानी सुरक्षा योजना आरम्भ गरिएको ।
१४) आबश्यकता अनुसार कृषि हाटबजार, कृषि उपज संकलन केन्द्र, कृषि सहकारी तथा शीत भण्डारको विकास र स्थापना भएको वा तत्काल गर्न सकिने ।
१५) जैविक विविधता संरक्षण गर्न स्थानीय स्तरमा लोपोन्मुख पशुपन्छी संरक्षण, रेडपाण्डा, कस्तुरी, डाँफे, चीरकालिज, मुनाल, सुनगिद्ध, हाडफोर गिद्ध लगाएत अन्य पशुपन्छी संरक्षण र सम्वद्र्धन तर्फ समुदाय अग्रसर रहेको ।
१६) वनको समुचित व्यवस्थापन गरी यसको उपयोग र संरक्षण भएको र वनको वन अतिक्रमण नियन्त्रण गरिएको ।
१७) अति विपन्न र द्धन्दपीडित, विस्थापित, घाईते, अपाङ्ग, अशक्त, असहायको जीवन सुरक्षामा चासो र लगानी गरी सामाजिक सुरक्षा भएको ।
१८) विद्यालयहरुमा शिक्षण सिकाई प्रक्रिया गुणस्त।ीय रहेको ।
१९) उपभोक्ता हित संरक्षण हित संरक्षण गर्न बजार अनुगमन भै रहेको ।
२०) विपद व्यवस्थापन सचेतना कायम रहेको ।
२१) जातीय, भाषिक, धार्मिक र जातीय सद्भाव कायम रहेको ।
२२) सम्पदाहरुको विकास, विस्तार र व्यवस्थापन, जाति, आदीवासी, जनजातिको भाषा, संस्कृति र धर्मको संरक्षण भएको ।
२३) कक्षा १ मा भर्ना भएका सबै विद्यार्थीले माध्यामिक शिक्षा पुरा गर्ने अबस्था विद्यमान रहेको ।
२४) विद्यालय जाने उमेर समुहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको ।
२५) प्राविधिक र व्यवसायिक सिप सिकाई तर्फ समुदाय अग्रसर रहेकोलाई अबसर प्रदान गरिने ।
२६) जोखिममा परेका टुहुरा, अनाथ, असहाय बालबालिकाहरुको अध्ययनको लागि सामाजिक सुरक्षाको पहल भएको ।
२७) समुदाय स्वास्थ्य बीमा कार्यक्रममा जोडिएको ।
२८) ९० प्रतिशत गर्भवति महिलाले सुरक्षित रुपमा बच्चा जन्माएका ।
२९) खोपको पहुँच ९० प्रतिशत पुगेको र समुदाय सजग रहेको ।
३०) नदी, खोला, तालतलैया, नहर र सार्वजनिक स्थानमा फोहर विसर्जन बन्द भएको ।
३१) बाल बिबाह, बाल श्रम, बालबालिका विरुद्धको अपराध, मानव बेचविखन विरुद्ध अभियान संचालन भएको ।
३२) बस्तीका घरहरु भवन निर्माण संहिता अनुसार मापदण्ड र नक्सा स्वीकृत भएर निर्माण गरिएका ।
३३) नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन, जनताका समस्याहरु, गुनासाहरु सम्बोधन गर्न र विकास निर्माणको वास्तविक अबस्था पत्ता लगाउन “जनतासंग नगर प्रमुख” कार्यक्रममा समुदाय जोडिएका ।
३४) आफ्नो नीति तथा कार्यक्रममा रहि उत्कृष्ट कार्यसम्पादन गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाहरु र व्यक्तिलाई प्रोत्सान तथा पुरस्कृत गर्ने अभ्यास शुरु भएको ।
३५) समुदाय भित्रका विकास योजना तथा कार्यक्रमहरुको सामाजिक परीक्षण र सार्वजनिक परीषण भएको ।
३६) समुदायको सामाजिक सुरक्षा तर्फ समुदाय आफै अग्रसर रहेको ।
३७) स्थानीय स्तरमा खोप केन्द्रको व्यवस्था भएको वा ३० मिनेटको दुरी भन्दा टाढा भएमा नयाँ व्यवस्था गर्ने ।
३८) स्थानीय स्तरमा स्वास्थ्य संस्था विद्यमान नभएमा मासिक रुपमा स्वास्थ्य परीक्षण र उपचार घुम्ती रुपमा गराउने व्यवस्था भएको ।
३९) पत्येक घरमा उपलब्ध भएसम्म छुट्टै पढाई कुना सहित पठनपाठन र गृहकार्यको अबसर रहेको ।
४०) आबश्यकता अनुसार कुर्सी र टेवुलको सहयोग जुटाउने र बाल विकास तर्फको रकम नमुना बस्तीमा केन्दीत गर्ने ।
४१) नागरिकले नगरपालिका र अन्य निकायमा बुझाउनुपर्ने करहरु नियमित रुपमा बुझाई आएको ।
४२) कम्तिमा १ सार्वजनिक खेलमैदानको व्यवस्था भएको ।
४३) घरायसी काममा महिला पूरुष सहभागीता बढ्दै गएको, हिंसा घट्दै गएको ।
४४) प्रत्येक घरमा गुणस्तरिय शौचालय रहेका ।
४५) सावुनपानीले हातधुने बानीको संस्थागत विकास भएको ।
४६) बाल क्लव क्रियाशिल रहेको ।
४७) पानी सुरक्षा तर्फ समुदाय अग्रसर रहेको ।
४८) प्रत्येक घरमा कम्तिमा २ रुख विरुवा रहेको ।
४९) भाडा सुकाउने चांग, फोहर पानी निकासको जुठ्यान र ठोस फोहर पदार्थ विसर्जनको व्यवस्था भएको ।
५०) न्युनतम मासिक रुपमा जनप्रतिनीधिले स्थानीय बस्तीमा भ्रमणगरी छलफल अन्तरक्रियामा सहभागी भएको ।
५१) आमा समुह र अन्य स्थानीय सामुदायिक संस्था क्रियाशिल रहेको ।
५२) सार्वजनिक विकास निर्माणका काममा जनसहभागीता जुट्ने गरेको ।
५३) जलवायु परिवर्तन अनुकुलन योजनाहरु वनेको ।
५४) विपद जोखिम व्यवस्थापन योजना रहेको र विपद जोखिम व्यवस्थापनमा जनसहभागीता जुट्ने गरेको ।
५५) जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा, पालनपोषण र सम्मानको व्यवस्था कायम रहेको ।
५६) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि सुचकहरु
५७) वातावरणमैत्री स्थानीय शासन सम्बन्धि सुचकहरु
५८) वालमैत्री स्थानीय शासन सम्बन्धि सूचकहरु
५९) सुशासन प्रवद्र्धन सम्बन्धि सुचकहरु
६०) नमुना बस्तीमा दीगो वातावरण सुनिश्चित गर्न कम्तिमा १ सामुदायिक वन, घरबाट अलग्गै गोठ, १ घर १ धारा, १ घर १ करेसाबारी र भकारो सुधारको व्यवस्था भएको ।
६१) कुपोषित बच्चाको संख्या कम हुदै गएको ।
६२) ४ बर्षसम्मका सबै बालबालिका प्रारम्भिक बाल विकास केन्द्रमा भर्ना भएका ।
६३) घरभित्रको भान्सा धुवारहित भएको वा त्यसतर्फ अग्रसर ।
६४) समुदाय पूर्णखोपको सुनिश्चितता तर्फ अग्रसर रहेको ।
६५) पशु मुत्र संकलनको व्यवस्था रहेको र अग्रसरता र गरीबिको आधारमा पाईप र ड्रम सहयोग गर्न सकिने ।
६६) गैह्र काष्ठ वन पैदावार प्रवद्र्धन सचेतना रहेको ।
६७) पहाडी कृषि पारस्थितिकीय प्रणालीको ह्रास हुन नदिन जैविक मल, वीऊ र खाद्य आहारको प्रवद्र्धन गर्ने ।
६८) स्थानीय स्रोतको आधुनिकीकरण र व्यवसायिक रुपमा रंरक्षण र प्रवद्र्धन गर्ने र आय आर्जनतर्फ जोड्दै लैजाने ।
६९) दीगो भुव्यवस्थापनका प्रयास आरम्भ गरिएको ।
७०) अतिथि सत्कारको लागि स्थानीय स्तरमा आबासको सुविधा र आत्मीयता प्रदर्शन गर्ने संस्कारको विकास भएको ।
७१) सुर्ती तथा मदिराजन्य पदार्थको न्युनिकरण हुदै बहिष्करण तर्फ समुदाय अग्रसर रहेको ।
७२) सामाजिक द्धन्दहरु स्थानीय स्तरमै समाधान गर्ने तर्फ अगाडी बढेको ।
७३) आय आर्जनका लागि विभिन्न अबसरहरु विद्यमान रहेको र शीप विकार एवं वित्तिय पुँजी परिचालन तर्फ क्रियाशिल रहेको ।
७४) जातीय तथा लैङ्गिक छुवाछुत र भेदभाव न्युनीकरण तर्फ समुदाय अग्रसर रहेको ।
७५) पत्येक घरधुरीले डालेघाँस लगाउने अभ्यासमा लागेको र पशुपालन गर्दा छाडा चरिचरण नभएको ।
७६) कृषि, पशु र वनसंग सम्बन्धित मुल वीऊहरुको संरक्षण गरिनुपर्ने ।
७७) स्थानीय प्राकृतिक श्रोत साधनको उच्चतम उपयोग गर्न समुदाय क्रियाशिल रहेको ।
७८) महिला स्वास्थ्य स्वयंसेविकाहरु क्रियाशिल रहेको ।
७९) दीगो कृषि विकासको अबधारणा अबलम्बन गरिएको ।