News Portal

उत्सवको मृत्यु पोखरेल परिवारलाई चह¥याइ रहने उकुच

१३५५ पटक

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेर उत्सव पोखरेल सहित २२ जनाको ज्यान गयो । दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजका सहचालक थिए उत्सव पोखरेल । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरमा ठोकिएर दुर्घटनाग्रस्त जहाज चालक दलका तीन र १९ जना यात्रुले ज्यान गुमाएका थिए । गत जेठ १५ गते विहान १० बजे जहाज दुर्घटनाग्रस्त भएको थियो ।

जहाज चलाउदा–चलाउदै दुर्घटनामा परी को–पाईलट उत्सवको मृत्युले पोखरेल परिवारलाई जीवनभर चह¥याई रहने उकुच बनेको छ । २०४८ सालको अन्तिम महिना बिबाह गरेका मणिराम र उषा पोखरेलका जेठा सुपुत्र उमेश पोखरेलको जन्म २०५० साल माघ १० गते भएको थियो । काछा छोरा उत्सव पोखरेलको जन्म २०५४ साल बैसाख १६ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ मा भएको हो ।

१५ बर्षको उमेरमा उत्सवलले २०६९ सालमा जाजरकोट जिल्लाको बागेश्वरी माध्यामिक विद्यालय पजारुबाट दिएको एसएलसी परीक्षामा फष्ट जिभिजनमा पास भएका थिए । छात्रवृत्ति कोटामा उत्सवले काठमाडौंको नयाँ बानेश्वरको भिएस निकेतन क्याम्पसमा फष्ट डिभिजनमा आईएससी, क्पाम्पस प्रथम भएका थिए ।

सन्तानका नाममा उमेश र उत्सव मणिराम र उषाका ऐश्वर्य बरदान नै थिए । दुवै जना जागिरे । मध्ययम परिवारका उमेश र उत्सवलाई मणिराम र उषाले केहिले पनि के खाऊ र के लाउको अबस्था आउन दिएका थिएनन् । पढाई खर्चको जोहो कसरी गर्ने होला ? भन्ने कुराको कुनै महसुस हुन दिएका थिएनन् । उमेश र उत्सव मणिराम र उषाका लागि सुन्दर जीवनको फुलबारीमा फर्कीका फुल थिए । फर्कीएका फुललाई फुलदानीमा सजाउनु आमा–बुवाले कर्तव्य सम्झेका थिए ।

जीवनमा धेरै गरिन्छ र गरिएको छ भनिन्छ–‘धनसम्पति, शिक्षा र स्वास्थ्य मानव जीवनका अमुल्य सम्पति हुन । त्यो भन्दा अझ बढि महत्वपूर्ण सम्पति कर्यव्यनिष्ट आमा बाबाका लागि आफ्नो सन्तान भन्दा अरु ठुलो सम्पति हुन सक्दैन ।’ त्यसैले बुवा मणिराम र आमा उषाले उमेश र उत्सवकै जीवन र भविश्यका लागि सवै समय खर्चने गरेका थिए । दुई छोराको व्यवस्थित पढाई–लेखाईको व्यवस्थापन गर्नु नै आमा बुवाले आफ्नो कर्तव्य ठानेका थिए । पढेर छोरा देश चलाउन सक्ने ठुलै नेता बनाउनु पर्छ भन्ने मणिराम र उषाको सपना थिएन । छोरा पढेर डाक्टर वा ईन्जिनियर बन्न सकुन भन्ने लोग्ने स्वास्नीको अधुरो सपना भने पक्कै थियो । छोराहरुले डाक्टर पढ्ने ईच्छा राखेमा एउटा छोराको पढाई पुरा गर्नलाई एक करोड भन्दा बढि रकम जम्मा गर्नुको साथै खर्च गर्न सकिने सोच बनाएका आमा बुवालाई छोराले पाईलट पढ्ने ईच्छा राख्नु नै आमा बुवाको ईच्छा बिपरित थियो । आफुहरुले जीवनमा उठाएका सबै दुःखहरु छोरा र सन्तानकै खुशीका लागि हो भन्ने बुझेका आमा बुवाले छोरोको ईच्छा विपरितको बिषयमा पढाउन सक्दैनथे ।

जिल्ला भन्दा बाहिर जानुपरे हिँडेरै जानुपर्ने । सल्यान पुगेपछि मात्र गाडी चढेर दुई दिनमा नेपालगञ्ज पुगिने बाध्यता थियो । २०३० सालमा चौरजहारीमा एयरपोर्ट बनेपछि रुकुमपश्चिम, जाजरकोटमा हवाई जहाज यातायातको एक मात्र माध्यम बनेको थियो । जन्मनु भन्दा ३० बर्ष पहिले चौरजहारीमा एयरपोर्ट बनेपछि उत्सवले हवाई जहाजको आवाज गर्भमै हुदादेखि नै सुन्दै जन्मिएका थिए । हवाईजहाजको उडान भर्नु जन्मेदेखि कै उत्सवको श्रव्य र दृष्य बाल मस्तिष्कमा बसेको गहिरो छाप थियो । वाँयुयान चलाउनु, पाईलट बनेर यात्रुहरुको रथी बन्नु उत्सवले सानैमा देखेको जीवनको सुन्दर सपना थियो ।

बाल्यकालको सपनाको हुटहुटीले आईएसी पढाई सकिएपछि उत्सवलाई पाईलट पढ्ने रहरले डो¥याई रहेको थियो । प्लेन दुर्घटना सम्बन्धि अखबारमा दैनिक प्रकाशित हुने खबरले हवाई सुरक्षा प्रति बुवा आमालाई चिन्ताले सताई रहेको थियो । छोरोले डाक्टरी पढिदिए हुन्थ्यो भन्ने चाहना बुवा आमा दुवैको थियो । बुवा आमाको चाहना विपरीत दुवै छोराले हवाई क्षेत्र रोजे ।

२०७४ सालको दशै पोखरेल परिवारले काठमाडौंमा मनाएको थियो । दशैं मनाउन काठमाडौ भेला हुँदा उत्सवले पाइलट पढ्न चाहेको बुवा आमालाई सुनाएका थिए । उत्सव घरका सबैको प्यारमा हुर्किएका कान्छो छोरा थिए । परिवारको भेलामा उत्सवले आफ्नो पाईलट पढ्ने योजना निःसंकोच सुनाएका थिए ।

हवाई सुरक्षा प्रति बुवा मणिरामको चिन्ताप्रति उमेश गम्भिर भएका थिए । सपनाको फेन्टासीलाई थाती राख्दै त्रिचन्द्र कलेजमा माइक्रोबायोलोजी पढ्न थाले पनि पाइलट बन्ने भाइको उत्कट चहाना देखेर दाइ उमेशलाई पनि रहर लागेको थियो । पाइलट पढाईबारे उत्सवले सबै बुझेर बसेका थिए । पाइलट पढ्न नपठाउने भए डाक्टर, इञ्जिनियर, बिबिएस केही पनि नपढ्ने बरु दुबई, कतार जानेमा उत्सवले अडान लिएका थिए । उत्सवले लिएको अडानका अगाडी बुवा मणिरामको केही सीप लागेको थिएन ।

लगत्तै ठूलो छोरा उमेशलाई मणिरामले सोधेका थिए–‘बाबु, भाइले मानेन, तँ के भन्छस ?’–‘उसको इच्छा नै त्यही रहेछ, के गर्ने ।’ उमेशले आफ्नो बाध्यता मिसिएको स्वरमा बुवालाई जवाफ दिए–‘बुवा, हुन त मेरो पनि पाइलटै बन्ने इच्छा हो । तर अवस्थाले गर्दा मैले आँट गर्न सकिन, कसरी हुन्छ भाइलाई पठाइदिऊँ ।’

छोराहरूको निर्णयपछि बुवा आमाले सञ्चय कोषमा जम्मा भएको पैसा निकाले, जग्गा बेचबिखन गरे, नपुगेको ऋण सापट लिएर खर्चको जोहो गरे । यति गरि सकेपछि उत्सव फिलिपिन्स उडेका थिए । फिलिपिन्सबाट पाईलट कोर्षको अध्ययन पुरा गरेका उत्सवले दुई बर्ष पहिला तारा एयरको सहविमान चालकको नयुक्ति पाएका थिए । तारा एयरमा सहविमान चालकको नियुक्ति पाएपनि विभिन्न तालिमहरु पुरा गर्दागर्दै उत्सवले उडान भर्न कहि समय पर्खिनु परेको थियो । उत्सवले उडान भर्न थालेको डेढ बर्ष मात्र भएको थियो । उत्सवको अन्तिम चहाना भनेको कसरी छिट्टै फुल पाईलट बन्ने भन्ने रहेको थियो । विमानका सहचालक उत्सवले १ हजार ४ सय घण्टा उडान भरीसकेका थिए । फुल पाईटको लागि अप्लाई गर्न उत्सवले ३२ सय घण्टाको उडान भर्न बाँकी नै थियो । ३२ सय घण्टा उडानको लक्ष्यमा आकाशमा उडिरहेका उत्सव गत जेठ १५ गते मुस्ताङको भीरमा ठोकिन पुगे । छिट्टै फुल पाईलट बन्ने उत्सवको सपना को–पाईलटमै टुङगियो । दुखजिलो गरेर पढाई पुरा गरेको छोरालाई मणिराम र उषाले फुल पाईलट भएर विमान चलाएको देख्न पाउने सपना सदाका लागि तुहियो ।

छोराको सपनासंग मिसिएको आमा बुवाको सपनाले उत्सव रुकुमपश्चिम जिल्लाकै पहिलो पाइलट बनेका थिए । सानैदेखि निडर र जिद्धि स्वभावका उत्सवको सपनाले साकार रुप पाउन सकेन् । मानव जीवनको मृत्युलाई कसैले पनि सामान्य रुपमा बुझेको पाईदैन । जतिसुकै निडर मानवहरु पनि मृत्युदेखि डराउने गरेका छन । मृत्यु मानव जीवनको अनिवार्य भएतापनि सबैलाई अप्रिय नै लाग्ने गरेको छ । मृत्युमा खुशी बन्न सकेका मानवहरु संसारैमै पाउन सकिन्न । जतिसुकै पिडायुक्त भएतापनि प्राय मान्छेका स्वभाविक मृत्युहरु हुने गरेका छन् ।

फुल पाईलट बन्ने सपना बोकेर आकाशमा उडिरहेको २५ बर्षको लक्का जवान आकाशमै हराएको घटनाले सबैलाई पिडादायक बनाएकै छ । दुखान्तपूर्ण उत्सवको मृत्युको घटनाले पोखरेल परिवारलाई जीवभरी सन्चो नहुने, बल्झिरहने घाउँ भएको छ ।

उत्सवका बाबा मणिराम पोखरेल जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा जागिरे छन् । आमा उषा पोखरेल दाङ जिल्लाको विजौरीमा रहेको जनता संस्कृत माध्यामिक विद्यालयमा अध्यापन गरिरहेकी छन् । दाई उमेश पोखरेल पाईलट कोर्ष पुरागर्न फिलिपिन्समा अभ्यस्त छन् ।

पाईलट बनेर जहाज चलाउने उत्सवको सपनालाई पुरा गर्नुपर्ने जिम्मेवारी दाई उमेशको काँधमा आईपुगेको छ । भाईले छोडेर गएका सपनाहरुलाई पुरा गर्न कति अग्रसर हुन्छन ? वा हुदैनन भन्ने विषयको जाँच गनुपर्र्ने स्थानमा अहिले उमेश रहेका छन् । छोराहरुको खुशीनै हाम्रो खुशी हो । छोराहरुको सुन्दर भबिश्यनै हाम्रो बास्तविक जीवन हो भन्ने बुझाई राख्दै आएका बुवा मणिराम र आमा उषा पनि उमेशको जस्तै जाँच गर्ने स्थानमा छन् । प्यारमै हुर्काईएको कान्छो छोरा उत्सवले बच्चा कालमै देखेको सपनालाई पुरा गर्न अग्रसर जेठा छोरा उमेशलाई बुवा आमाले साथ दिनुपर्ने छ । आत्मिय रुपमा अनन्त कालसम्म उत्सवलाई आफुसंग राख्नलाई बुवा मणिराम, आमा उषा र दाई उमेशले उत्सवले देखाएको बाटोलाई अझ बढि फराकिलो राजमार्ग बनाउनु पर्ने छ । उत्सवका पदचापलाई पोखरेल परिवारले पछ्याउने मात्र हैन, अझ बढि तुफानी बनाउनु पर्ने छ । पोखरेल परिवारले देखाएको सत्त्मार्गमा हामी सबै हिड्न र पछ्याउन सकौं ।

धन्यवाद ।

प्रतिकृया दिनुहोस्