आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर विप्लव नेकपा, जाजरकोटले मनायो नौं औं पार्टी पुनर्गठन दिवस

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/८/१३ गते
जाजरकोट

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर नौ औं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाएको छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेर नेकपा, जाजरकोटले नौ औं औं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाएको हो ।

जिल्लाको बीच सेन्टरमा रहेको कुशे गाउँपालिका–५ मालुमेलामा भलिवल र फुटवल प्रतियोगिताको आयोजना गरेर पार्टीको नौ औं पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाईएको नेकपाका केन्द्रिय सदस्य पौरख मल्लले जानकारी दिएका छन् । पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मंसिर ८ गतेका दिनदेखि सुरुवात गरिएको भलिवल तथा फुटवल प्रतियोगिता सोमबार समापन गरिएको छ ।

पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवसको अबसरमा आयोजित खेलकुद प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहका खेलाडीहरुले प्रतियोगितामा भाग लिएको केन्द्रिय सदस्य मल्लले जानकारी दिएका छन् ।
आयोजित उक्त प्रतियोगितामा भलिवल तर्फ शिवालय गाउँपालिकाको टीम प्रथम भएको थियो भने, भेरी नगरपालिकाको टीम द्धितिय भएको थियो । छेडागाड नगरपालिकाको टीमले सानोतोना पुरस्कार जित्न सफल भएको थियो । त्यसैगरी फुटवल प्रतियोगितामा भेरी नगरपालिकाको टीम प्रथम भएको थियो भने, कुशे गाउँपालिकाको कर्मचारी टीम द्धितिय भएको थियो ।

विजता, उपविजेता र सान्तोना पुरस्कार लिन सफल खेलाडीहरुलाई केन्द्रिय सदस्य मल्लले प्रमाण–पत्र, मेडल सहित नगद पुरस्कार हस्तान्तरण गरेका थिए । प्रगियोगितामा विजेता, उपविजेता र सानोतोना पुरस्कार पाउने खेलाडीहरुलाई केन्द्रिय सदस्यले हार्दिक बधाईसंगै धन्यवाद दिएका थिए । खेलकुदले स्वास्थ्यलाई मजवुत बनाउनु साथै भुगोल तथा स्थानको पहिचान गराउने केन्द्रिय सदस्य मल्लले भनाई राखेका थिए । उक्त खेदकद प्रतियोगितामा भाग लिने सबै खेलाडीहरुलाई केन्द्रिय सदस्य मल्लले धन्यवाद दिएका थिए ।

खेलकुद प्रतियोगिताको आयोजक तथा नेकपा, जाजरकोटले भलिवल प्रतियोगिताका विजेता टीमलाई ६० हजार, उपविजेता टीमलाई ३५ हजार, सानोतोना टीमलाई १० हजार नगद पुरस्कार, प्रमाण–पत्र र मेडलको व्यवस्था गरेको थियो भने, फुटवल प्रतियोगिताका विजेता टीमलाई ६० हजार, उपविजेता टीमलाई ३५ हजार नगद पुरस्कार, प्रमाण–पत्र र मेडलको व्यवस्था गरेको थियो । ६ दिनसम्म संचालन गरिएको प्रतियोगितामा भलिवलतर्फ ११ वटा टीमले भाग लिएको थियो भने, फुटवल तर्फ ७ वटा टीमले भाग लिएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्