भेरी नगरपालिकाले शुक्रबार जीवन निर्वाह भत्ता सम्बन्धि सुचना प्रकाशन गरेको छ । जनयुद्ध, जनआन्दोलन र प्रदेश स्थापनाको लागि भएका विभिन्न आन्दोलनका घाईते तथा अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ता वितरण सम्बन्धि नगरपालिकाले शुक्रबार सुचना प्रकाशित गरेको हो ।
‘घाईते तथा अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण निर्देशिका–२०७९’ मा भएको व्यवस्था अनुसार नेपाल सरकार गृह मन्त्रालय÷ जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको बिबरणका आधारमा नगरपालिका भित्रका घाईते÷अपाङ्गता भएका व्यक्तिहरुले जीवन निर्वाह भत्ता सम्बन्धिको निवेदन पेश गर्न सुचनामा भनिएको छ । सुचना प्रकाशित भएको मितिले ३० दिन भित्रै निवेदन दिन प्रकाशित सुचनामा आग्रह गरिएको छ । उक्त बिषयमा थप जानकारी लिनका लागि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेवसाईट र भेरी नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।
निवेदन पेश गर्दा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, श्रेणी खुलेको घाईते अपाङ्गता प्रमाण पत्रको प्रतिलिपी र बैंक खाता नम्बर खुल्ने कागजजातलाई सम्लग्न राख्नुपर्ने सुचनामा भनिएको छ ।