नलगाड नगरपालिकाको दल्लीमा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोट र नलगाड नगरपालिकाको संयुक्त आयोजनामा सोमबार आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न भएको हो ।
उक्त गोष्ठीमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक सुनिल थापा नेपाली र नलगाड नगरपालिकाका मनोपरामर्शकर्ता नेत्र सुनारले सहजीकरण गरेका थिए । गोष्ठीका सहजकर्ताले आत्महत्याको परिभाषा, प्रकारहरु र आत्महत्याका घटनालाई रोकथाम गर्ने विधी, तरिकाहरुको विषयमा जानकारी गराएका थिए ।
७३ जनाको सहभागीता रहेको उक्त गोष्ठीमा नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, उप–प्रमुख सरिता सिंह, वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विद्यालयहरुमा अध्यापन गराई रहेका शिक्षकहरु, विभिन्न परियोजनामा कार्यरत सामाजिक परिचालकहरु, स्थानीय महिला तथा युवाहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । कार्यक्रम नलगाड नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।