News Portal

भेरी नगरपालिकामा बाल अधिकार समिति गठन

९५८ पटक

भेरी नगरपालिकामा नगर उपप्रमुख सिता जैसीको संयोजकत्वमा नगर स्तरीय बाल अधिकार समिति गठन भएको छ । बाल अधिकार सुनिश्चित, संरक्षणको सवाललाई सम्बोधन गर्न भेरी नगरपालिकामा नगर स्तरीय बाल अधिकार समितिको गठन गरिएको हो ।

मंगलबार बालबालिका सम्बन्धि ऐन–२०७५ को दफा ६० बमोजिम भेरी नगर कार्यपालिकाबाट पारित बालअधिकार समिति संचांलन निर्देशिका–२०७९ अनुसार नगर स्तरीय बाल अधिकार समिति गठन भएको नगरपालिकाले जनाएको छ । मंगलबार आयोजना गरिएको एक कार्यक्रममा भेरी नगरपालिकाको प्रमुख चन्द्र प्रकाश घर्ती, उप–प्रमुख सिता जैसी, बिषयगत शाखाका प्रमुखहरु, वडा अधक्ष्यहरु, कार्यपालिका सदस्य र बालबालिकाका क्षेत्रमा सरोकार राख्ने सरोकारवाला बिभिन्न संघसंस्था तथा परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो । बालबालिका सम्बन्धि ऐन–२०७५ र बालअधिकार समिति संचांलन निर्देशिका–२०७९ लाई कार्यक्रममा स्पष्ट पार्ने काम गरिएको थियो । ऐन तथा निर्देशिका सम्बन्धिको सहजिकरण पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित परियोजना संयोजक बीरेन्द्र कुमार थारुले गरेका थिए ।

बालअधिकार समीतिको प्रभावकारिताका साथै निर्देशिकाको कार्यान्वन गर्न वडा स्तररीय बालअधिकार समिति गठन गर्ने, तथ्याङ्क संकलनलाई सहज बनाउने, समन्वय तथा अनुगमन गर्न पाँचतारा युवा संरक्षक मंच, पहाडी क्षेत्र विकास अभियान, यार्सन जाजरकोटले आर्थिक तथा प्राबिधिक सहयोग गर्ने भएका छन् ।

बालबालिकाको क्षेत्रमा साझेदार संस्थाले खेलेको भूमिका र योगदानको प्रसंशा गर्नुका साथै निर्देशिका कार्यान्वयन गर्न आबश्यक पर्ने बजेट व्यवस्थापन गर्ने, बाल कल्याण अधिकारीको व्यवस्था गर्ने भेरी नगरपालिका प्रमुख चन्द्र प्रकास घर्तीले प्रतिबद्धता व्यक्त गरेका थिए ।

बाल अधिकारका सवाल पहिचान, जोखिममा रहेका बालबालिकाको उद्दारको लागि बालकोषको परिचालन गर्नुको साथै निर्देशिका कार्यान्वयन गर्न वडा स्तरीय जनप्रतिनिधी, बिषयगत शाखा र साझेदार संस्थाको महत्वपूर्ण भूमिका रहेको उप–प्रमुख सिता जैसीले भनाई राखेकी थिईन ।

प्रतिकृया दिनुहोस्