आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छेडागाड नगरपालिकामा बाल अधिकार समितिको बैठक सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१/१ गते
जाजरकोट

छेडागाड नगरपालिकामा बाल अधिकार समितिको बैठक सम्पन्न भएको छ । बाल अधिकारका सवालहरुका बिषयमा छलफल गरी सम्बोधन गर्न बाल अधिकार समितिको बैठक सम्पन्न भएको हो ।

बालबालिकास‘ग सम्बन्धित नीतिहरु, कार्यबिधीहरु, निर्देशिकाहरु, बाल कल्याण अधिकारको नियुक्ति, बाल अधिकारस‘ग सम्बन्धित सवालहरुको बारेमा बैठकमा छलफल भएको थियो । बैठकले बालबालिका सम्बन्धी ऐन–२०७५ को नियम ६१ तथा बालबालिका सम्बन्धि नियमावली–२०७८ को नियम ८१ को ४ अनुसार अर्को ब्यबस्था नभएसम्मका नगरपालिकामा कार्यरत कर्मचारी पवित्रा थापालाई बाल कल्याण अधिकारीको रुपमा काम गर्ने गरी जिम्मेवारी दिएको नगर उप–प्रमुख चन्द्र बहादुर थापाले जानकारी दिएका छन् । बैठकले बाल अधिकार संरक्षण तथा प्रर्बद्र्धन समिति गठन तथा कार्यान्वन निर्देशिका–२०७७, बाल कोष संचालन निर्देशिका–२०७७ मा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ । नगरपालिकाले निर्माण गरेका बालबालिकासंग सम्बन्धित नितीहरु, निर्देशिकाहरु, कार्यबिधीहरुको संगालो प्रकाशन गर्ने, अनलाइनबाट हुने बाल दुब्र्यहार बिरुद्धका पोस्टर प्रकाशन गर्ने, बृहत्तर यौनिकता शिक्षा सम्बन्धि कार्यबिधि निर्माण गर्ने, बाल बिबाह र बालबालिका माथि हुने हिंसा मुक्त वडा तथा पालिका घोषणा सम्बन्धि कार्यबिधी निर्माण गर्ने, बालबालिकास‘ग उपमेयर कार्यक्रम कार्यन्वयन कार्यबिधि निर्माण गर्ने लगायतका निर्णयहरु गरिएको उपप्रमुख थापाले जानकारी दिएका छन् । उक्त कार्यक्रमहरुमा सेभ द चिल्ड्रेन र पॉचतारा युवा संरक्षक मन्च जाजरकोटले प्राबिधिक सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।

बाल अधिकारका सवालहरु सम्बोधन गर्न आफनो तर्फबाट र समग्र पालिकाको तर्फबाट निरन्तर रुपमा काम भईरहेको जानकारी दिदै बाल अधिकार समितिका संयोजक तथा छेडागाड नगरपालिका उपप्रमुख थापाले आगामी दिनमा यसको कार्यान्वयनको प्रभाबकारिता बढाउने प्रतिवद्धता जाहेर गरेका थिए । संशोधित तथा नयॉ निर्माण गरिने बालबालिकास‘ग सम्बन्धित नितीहरु, कार्यबिधीहरु, निर्देशिकाहरुलाई आगामी कार्यपालिकाको बैठकबाट अनुमोदन गरिने प्रतिबद्धता पनि उपप्रमुख थापाले व्यक्त गरेका थिए ।

बाल अधिकार संरक्षणको सवालमा नगरपालिकालाई निरन्तर सहयोग गरेकोमा सेभ द चिल्ड्रेन र पॉचतारा युवा संरक्षक मन्च जाजरकोटलाई धन्यबाद दिदै उपप्रमुख थापाले आभार ब्यक्त गरेका थिए । नगरपालिका उप–प्रमुख चन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा समितिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षकहरु, बाल अभियन्ता, सेभ द चिल्ड्रेनका प्रतिनिधि, पॉचतारा युवा संरक्षक मन्च जाजरकोटका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सेभ द चिल्ड्रेनका बाल संरक्षण तथा बाल अधिकार शासन संयोजक जगदिश सिंह र पॉचतारा युवा संरक्षक मन्च जाजरकोटका कार्यक्रम निर्देशक पुष्पराज खतिवडाले गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्