आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आँखाको ज्योति फर्किदा बयबृद्धको बढ्यो हिक्मत

प्रकाशित : २०८१/१/२९ गते

जाजरकोट
सन्तुष्टिले पैदा गर्ने खुसी बेग्लै खालको हुदो रहेछ । खुसीले जन्माएको हिक्मत अझ बढि शक्तिशालि हुदो रहेछ । खुसीले मुस्कान मात्र होईन, प्राप्तीको अनुभुति गराउदो रहेछ ।

त्यस्तै अनुभुति गरेकी छन, नलगाड नगरपालिका–१ की टली विकले । बढ्दो उम्मेरसंगै कम्जोर बन्दै गएका दुवै आँखाका ज्योति टली विकले गुमाई सकेकी थिइन् । जब दुवै आँखाको ज्योति गुमाईन टलीको लागि दिन र रात एकनास बनेको थियो । आफन्त र पराईको अनुहार देख्न नसक्ने भएकी थिइन । उनको लालन–पालन, स्यारसम्मार गर्न घरका दई, तीन जनाले समय दिनुपर्ने अबस्था सिर्जना भएको थियो । दाँया आँखा शल्यक्रिया गरेपछि ८० बर्षिय टली विकको आँखाको ज्योति फर्किएको छ । आँखाको ज्योति फर्किएपछि आफुले पुनर्जन्म पाएको उनले बताएकी छन् ।

टली विक जस्तै नलगाड नगरपालिका–५ की कौशिला मल्लको पनि दुबै आँखाका ज्योति गुमि सकेका थिए । ६१ बर्षिय कौशिलाले पनि टलीको जस्तै नियति भोग्नु परिरहेको थियो ।

नलगाड नगरपालिका–१ का खड्के घर्ती दुवै आँखामा मोतिविन्दु भएर थला परेका थिए । खड्के घर्ती घरको कोठादेखि बाहिर आउन र जान नसक्ने अबस्थामा पुगेका थिए । ८० बर्षिय खड्के घर्ती आँखाको उपचार गर्न जिल्ला भन्दा बाहिर जाने गाडी भाँडाको जोहो समेत गर्न सक्ने अबस्थामा थिएनन् ।

मोतिविन्दुले दुवै आँखा देख्न नसक्ने भएकी नलगाड नगरपालिका–७ की बिर्मी योगी पनि कोठाभित्रै थन्किएकी थिईन् । ८३ बर्षिय बिर्मीलाइ कोठाभित्रै उठ्न बस्न कठिन हुने गरेको थियो । त्यैगरी बारेकोट गाउँपालिका–८ की जैकला बुढा पनि मोतिविन्दुकै कारण दुवै आँखाको ज्योति गुमाएकी थिइन् । दुवै आँखा देख्न नसक्ने भएपछि ६० बर्षिय जैकलालाइ आफ्नै घरको आँगन पनि सात समन्द्रको देश जस्तै भएको थियो । आफैले झाडो लगाउनुको साथै लिपपोत गर्दै आएको घरको आँगन पनि जैकलालाई विरानो लाग्ने भएको थियो । यही बैसाख २१ र २२ गते नलगाड नगरपालिका–७ दल्लीमा संचालन भएको दुई दिने निशुल्क मोतिविन्दु शल्यक्रिया शिविरमा सफल आँखा अप्रेशन भएपछि टली, कौशिला, खड्के, बिर्मी र जैकला जस्तै अरु ६४ जना पनि आँखा देख्न सक्ने भएका छन् ।

गुमिसकेका आँखाका ज्योति अप्रेशन पश्चात फर्किएपछि टली, कौशिला, खड्के, बिर्मी, जैकला सहित ६९ जना खुसीले गद्गद भएका छन् । पुनर्जन्म भएको अनुभुतिले बैग्लै खालको सन्तुष्टि प्राप्त भएको टलीको भनाई रहेको छ । सुन्तुष्टिले हिक्मत बढाएको बताउदै जैकलाले जीवनको आयु बढेको बताईन् ।

नेपाल नेत्र ज्योति संघ, कर्णाली प्रदेशद्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल दाङ्गको प्राविधिक सहयोग र नलगाड नगरपालिकाको व्यवस्थापन तथा आयोजनामा यही बैसाख २१ र २२ गते दल्लीमा निशुल्क मोतिविन्दु शल्यक्रिया शिविर संचालन भएको थियो ।

दुई दिन संचालन भएको उक्त शिविरमा २९२ जना महिला र २२९ जना पुरुष गरी जम्मा ५२१ जनाले आँखा जाँच सेवा लिएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको सामुदायिक संयोजक निर्मला सुनारले जानकारी दिएकी छन् । सामुदायिक संयोजक सुनारले दिएको जानकारी अनुसार उक्त शिविरमा ३९ जना महिला र ३० जना पुरुष गरी जम्मा ६९ जनाको सफल मोतिविन्दु शल्याक्रिया गरिएको थियो । आँखा जाँच गराएका ५२१ जना मध्ये ६५ जनालाइ निशुल्क नजिकको अक्षर पढ्न सकिने चश्मा वितरण गरिएको भने, ४०० भन्दा बढिलाइ निशुल्क औषधि वितरण गरिएको थियो ।

संघीयता कार्यान्वयन पश्चात नेपालमा तीन तहका सरकार संचालनमा रहेको जानकारी दिदै नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतले स्थानीय तह सबै भन्दा नजिकको सरकार स्थानीय तह रहेको बताए । घर नजिकको सरकार हुनुको नाताले जनतालाइ सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने बढि दाहित्व स्थानीय तहमा रहेको नगर प्रमुख रावतले भनाई राखेका थिए । आँखा सम्बन्धिको स्वास्थ्य सेवा प्रवाह गर्न नगरपालिकालाई सहयोग ग नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम र राप्ती आँखा अस्पताल दाङ्गलाइ नगर प्रमुख रावतले धन्यावाद दिएका थिए ।

अन्धोपन निवारण सम्बन्धि नेपाल सरकारको नीति तथा कार्यक्रमलाइ सहयोग गर्न नेपाल नेत्र ज्योति संघले विभिन्न कार्यक्रम संचालन गर्दै आएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशका व्यवस्थापक मान बहादुर कुँवरले जानकारी दिएका थिए । हरेक बर्षमा १ पटक आँखा शिविर संचालन गर्न नगरपालिकाले एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमलाइ मौका दिदै आएको बताउदै कार्यक्रम व्यवस्थापक कुँवरले आँखा जाँच, चश्मा तथा औषधि वितरण लगाएतका कृयाकलापमा कार्यक्रमलाई साथ दिएकोमा नगरपालिकाको प्रसंशा गरेका थिए ।

शिविरमा नेपाल नेत्र ज्योति संघको तर्फबाट एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका कर्णाली प्रदेश व्यवस्थापक मान बहादुर कुँवर र अपाङ्गता समावेशि अधिकृत सिर्जना नेपाली सहभागी थिए । राप्ती आँखा अस्पताल दाङ्गमा कार्यरत डा. ज्योति सापकोटाको नेतृत्वमा मदन चौधरी, रोहित कठायत, बिष्णु प्रसाद खनाल, बालिका सिर्पाली, दक्षिणा चौधरी, जीवन बस्याल, जीवन थापा लगाएतका नेत्र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्