आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना शिविरबाट २ सय २२ जनाले लिए सेवा

प्रकाशित : २०८१/३/४ गते

जाजरकोट
नलगाड नगरपालिकामा र बारेकोट गाउँपािलकामा सञ्चालन भएको निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संचालन गरिएको छ । ह्याण्डिक्याप इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरअपस्तालकोे समन्वयमा दुई दिने निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संचालन गरिएको हो ।

दुई दिने उक्त निशुल्क शिविरबाट २ सय २२ बढिले सेवा लिएका छन । ३१ जेष्ठ २०८१ मा नलगाड नगरपालिकाको वडा नंः १२ भगवती स्वास्थ्य चौकी अवलगुर्तामा संचालन गरिएको शिविरबाट ९२ जना उपचार सेवा लिएका थिए भने, २ अषाढ २०८१ मा बारेकोट गाउँपालिका वडा नंः ४ जिरी आधारभुत स्वास्थ्य केन्द्रमा संचालन गरिएको शिविरबाट १ सय ३० जनाले उपचार सेवा लिएका लिएका थिए ।

शिविरमा अपाङ्गतामा भएका व्यक्तिहरुलाई फिजियोथेरापी सेवा, पाँच बर्ष मुनिका अपाङ्गता बालबालिकाहरुको शिघ्र पहिचान र परामर्श, पाठेघरको समस्याको परामर्श, गर्धन, ढाड, कुम दुखेको, नशा च्यापिएको, हड्डी भाँचिएको, पक्षघात भएको, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण परामर्श लगायतका सेवा प्रदान गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवी पन्तले जानकारी दिएका छन् ।

भगवती स्वास्थ्य चौकी अवलगुर्तामा ३५ जना र बारेकोट–४ जिरी आधारभुत स्वास्थ्य केन्द्रमा ४६ जना गरी ८१ जना अपाङ्गता भएका सेवाग्राहीहरुलाई सहायक साम्रगीहरु समेत बितरण गरिएको छ । त्यसै गरि शिबिरमा आएका बिरामीहरु मध्ये जटिल समस्या भएका ५५ जना बिरामीहरुलाई नलगाड नगर अपस्ताल दल्ली जाजरकोट र हायर सेन्टरमा रिफर गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका पहुँच वृद्धि परियोजका परियोजना संयोजक गगन खड्काले बताएका छन ।



स्वास्थ्य चौकी भगवती नलगाड नगरपालिका वडा न १२ जाजरकोटको कार्यक्रममा कार्यक्रमको सभा अध्यक्ष वडा अध्यक्ष मोहन बहादुर खत्री ,अतिथि नलगाड आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख तप्त चनारा, स्वास्थ्य चौकी प्रमुख डिल्लीराज खड्का, ह्याण्डिक्याप इन्टरनेशनल प्राविधिक अधिकृत प्रज्वल गिरी, नलगाड नगर अपस्तालका सहायक फिजियोथेरापिस्ट प्रिमान गुरुङ्ग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका पहुँच वृद्धि परियोजका परियोजना संयोजक गगन खड्का, परियोजना सहायकहरु सहितको उपस्थिती रहेको थियो ।

त्यसै गरी बारेकोटको जिरी आधारभुत स्वास्थ्य केन्द्र वडा कार्यालयको आयोजना, वडा अध्यक्ष विष्णु बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वास्थ्य केन्द्र प्रमुख दान कुमारी सिंह, ह्याण्डिक्याप इन्टरनेशनल प्राविधिक अधिकृत प्रज्वल गिरी, अग्निराज शाही, मनिषा सुवेदी, नलगाड नगर अपस्तालका सहायक फिजियोथेरापिस्ट प्रिमान गुरुङ्ग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका पहुँच वृद्धि परियोजका परियोजना संयोजक गगन खड्का, परियोजना सहायकहरु सहितको उपस्थिती रहेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्