आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लगातार ड्रक्स सेवनले कित जेलमा, कित मृत्युको मुखमा पु¥याउछः शेसकान्त शर्मा

प्रकाशित : २०८१/३/२२ गते

जाजरकोट
भेरी नगरपालिका–३ का शेसकान्त शर्माले लगातार ड्रक्स सेवनले मान्छेलाइ कित जेलमा, कित मृत्युको मुखमा पु¥याउने बताएका छन् । सुक्रबार खलंगाका ८० भन्दा बढि युवाहरुसंगको छलफल तथा अनुभव आदान पदान कार्यक्रममा शर्माले यस्तो बताएका हुन् ।

लागुऔषध दुव्र्यसनलाइ विश्व स्वास्थ्य संगठनले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने सरुवा रोग भनेको बताउदै शर्माले प्रकृतिजन्य र प्रशोधित गरी दुई प्रकारका लागुऔषधहरु रहेको बताए । लठ्ठ पार्ने, उत्तेजित बनाउने, भ्रम श्रृजना गर्ने र सिथिल बनाउने गरी ४ प्रकारका नसाहरु रहेको शर्माले जानकारी दिएका थिए । निरन्तर लागु पदार्थको प्रयोगले मान्छेलाइ कित जेलमा पु¥याउने, कित ओभर डोजका कारण अस्पतालको बेड हुदै मृत्युको मुखमा पु¥याउने, कित सुधार गृह तथा पुर्नस्थापना केन्द्रमा पु¥याउने शर्माले बताएका थिए ।

त्रिभुवन माध्यामिक विद्यालय खलंगामै आफुले मावि स्तरको पढाई पुरा गरेको बताउदै शर्माले ११, १२ कक्षाको पढाइका लागि आफु काठमाडौंमा गइसकेपछि ड्रक्स सेवनको कुलतमा फसेको बताए । साथिभाइको लहैलहैमा लागेर जीवनमा रमाइलो गर्नुपर्छ भन्ने सोचाइ राखेर ड्रक्सको कुलतमा फसेको आफुलाइ पत्तै नभएको शर्माले बताएका थिए ।

२०६४ सालमा काठमाडौंको एक होटलमा भएको काण्डमा आफु पनि परी १५–२० दिन प्रहरी हिरमसत बसेर बाहिर निस्किएको अनुभव शर्माले सुनाएका थिए । काठमाडौंको बसाइले आफुलाइ पढाइको लक्ष्य हासिल नगराएको सोचेर नेपालगञ्जमा फर्किएको कहानी सुनाउदै शर्माले नेपालगञ्ज आउदा पनि आफुले ड्रक्स सेवन कार्यलाइ निरन्तरता दिएको बताए । २०६६ सालमा नेपालगञ्जबाट आफुलाइ प्रहरीले ड्रक्स सहित पक्राउ गरेको बताउदै शर्माले नेपाल प्रहरीलेनै आफुलाइ सुधार गृहमा राखेपछि पुर्नस्थापित भएको बताए । २०६८ सालमा नेपालगञ्जमै संस्था दर्तागरी लागुऔषध दुव्र्यसन विरुद्धको अभियान सुरु गरेको जानकारी दिदै शर्माले अभियानसंगै आफ्नो पढाइलाइ निरन्तरता दिएको बताए । लागुऔषध दुव्र्यसनको कुलतमा फसेकाहरुलाइ आफुले काउन्सिलिगं गर्नुको साथै कयौंलाइ सुधार गृहमा लिएर पुर्नस्थापित गर्न सफल भएको शर्माले बताए । ड्रक्सको कुलतबाट छुटकरा पाइसकेपछि सुरु गरिएको पढाइलाइ हाल फाइनान्समा मास्टर्स गरेपछि जीवनभरी आफुलाइ चाहिने शिक्षा हासिल गरेको शर्माले बताए ।

कतिपय लागुऔषधलाइ कानुनले नियन्त्रित गरेको बताउदै जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) सागर भट्टराइले कतिपय लागुऔषधलाइ कानुनले बर्जित गरेको बताए । डाक्टरको परामर्शमा प्रयोग गर्न मिल्ने कतिपय लागुऔषध रहेको प्रहरी नायब निरीक्षक भट्टराइले जानकारी दिए । लागुऔषधको सेवन अपराध नभएर रोग भएको बताउदै प्रहरी नायब निरीक्षक भट्टराइले लागुऔषधको ओसार, पसार तथा संचित गर्नु अपराध भएको बताए । लागुऔषध ओसार, पसार गर्ने, संचित गरी विक्रि वितरण गर्ने व्यक्तिलाइ ९० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था भएको प्रहरी नायब निरीक्षक भट्टराइले उक्त छलफल तथा अनुभव आदान पदान कार्यक्रममा भनाइ राखेका थिए ।

अरुले दिएको ज्ञानमा कुनै न कुनै स्वार्थ लुकेको भएता पनि आमा बुवाले दिएको ज्ञान र गरेको चिन्ता निस्वार्थी भएको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले बताएका थिए । आमा बुवाको एउटै मात्र सपना आफ्नो सन्तानको सुन्दर जीवन र उज्वल भविश्यमै केन्द्रित रहने बताउदै आमा बुवाको सपनालाइ मर्न नदिन आजका युवाहरुले विशेष ध्यान दिनुपर्ने शाखा प्रमुख पुनले भनाइ राखेका थिए ।

यो सुन्दर धर्तीमा जन्म दिने आमा बुवाले छोरा छोरीको जीवनको लागि भीमकाय पहाडहरु उचालेको भेरी नगरपालिकाको विपद शाखा प्रमुख यज्ञराज गौतमले भनाइ राखेका थिए । छोरा छोरीको स्वर्णिम भविश्यको लागि आमा बुवाले गोरेटो खनिदिएको गौतमले बताएका थिए । सुन्दर अक्क्षरले तिम्रो जीवनकालभरी लेख बावु भनेर आमा बुवाले किनेर दिएका कापीका २० औं पन्नाहरुमा हामीले लेख्न नजानेर च्यातिऔं होला, केरमेट गरेका पनि हौला गौतमले भने, बाँकी रहेका ८० औं पन्नाहरुमा सुन्दर अक्क्षर सजाउने शंकल्प गरेरनै हामीले हाम्रौ सुन्दर जीवन निर्माण गर्न सक्दछौं ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम लागुऔषध दुव्र्यसनबाट मुक्त पुर्नस्थापित व्यक्ति तथा विज्ञबाट अनुभव आदान पदानमा केन्द्रित रहेको थियो । कार्यक्रमको संचालन नगर शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत स्रोत शिक्षक प्रेम प्रकास केसीले गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्