आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अग्नी परीक्षामा छौंः प्रजिअ अधिकारी

प्रकाशित : २०८१/४/१९ गते

जाजरकोट
जाजरकोट जिल्लाका जनप्रतिनीधि, प्रशासन, सरकारी तथा गैरसरकारी संघ÷संस्था अग्नी परीक्षामा रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन् । सुक्रबार आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्रजिअ अधिकारीले यस्तो बताएका हुन् ।

गत कातिक १७ गतेको भुकम्पबाट ठुलो जनधनको क्षेती व्यहोरेको जाजरकोट जिल्लाले यतिवेला मनसुनजन्य बर्षाको सामाना गरिरहनु परेको प्रजिअ अधिकारीले भनाइ राखेका थिए । भुकम्पको प्राकम्पनले चिरा चिरा भएको भुगोल अविरल बर्षाले बाढी, पहिरोको उच्च जोखिममा रहेको प्रजिअ अधिकारीले बताए । नागरिकको ज्यान जोगाउनु मुख्य विषय भएको बताउदै प्रजिअ अधिकारीले केही दिन अगाडी घर भत्किएर पुरिएका छेडागाड–१२ का ८ जनाको सकुशल उद्धार, पहिरोको उच्च जोखिममा रहेका जुनीचाँदे–३ का १२ घरपरिवारका ६५ जनालाइ सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बिषयको चर्चा गरेका थिए ।

समुदाय स्तरमा परियोजनाले गरेका राम्रो कामको दीगोपनका लागि स्थानीय तहले आन्तरिकीकरण गर्नुपर्नेमा जोड दिदै प्रजिअ अधिकारीले मागका आधारमा व्यवस्थापन गर्नुपर्ने भनाइ राखेका थिए । विपद प्रतिकार्यमा ठुला ठुला कार्यप्रगति देखाउदै आएका परियोजनाहरुले यतिवेला आफ्नो थातथलो छोडेर अस्थायी रुपमा अर्को ठाउँमा सारिएका १२ घरपरिवारका ६५ जना नागरिकको विषयमा बोल्न नसकेकको प्रजिअ अधिकारीले भनाइ राखेका थिए । यतिवेला सबै अग्नी परीक्षामा रहेको बताउदै प्रजिअ अधिकारीले मनसुनजन्य विपदप्रति सजक रहनुको साथै विपद सामानाको पूर्वतयारीमा लाग्न सबैलाइ आग्रह गरेका थिए ।

जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा परियोजना संचालन सम्बन्धि नगरपालिकाले गरेका अभ्यासका विषयमा भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, नलगाड नगरपालिकाका कावा प्रमुख कौशि बहादुर विष्ठ, गैर सरकारी संस्था जाजरकोटका कावा अध्यक्ष सहदेव बस्नेतले भनाइ राखेका थिए ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको आयोजनामा आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठक संचालनको लागि ह्याण्डी क्याप इन्टरनेशनलको आर्थिक सहयोगमा संचालित अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरुको स्वास्थ्य–पुर्नस्थापना तथा आर्थिक–सामाजिक सेवा पहुँचवृद्धि परियोजनाले आर्थिक सहयोग गरेको थियो ।

मुलुक संघीयतामा गइसकेपछि समन्वयमा अन्यौलता पैदा भएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट अध्यक्ष छवी पन्तले भनाइ राखेका थिए । विपद तथा प्रकोपको अबस्थामा फन्ट लाइनमा रहेर काम गर्ने निकायहरु बीचमा समन्वय तथा सहकार्य हुन नसक्नु दुखद भएको अध्यक्ष पन्तले बताएका थिए । अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरुको क्षेत्रमा काम गर्ने संघ÷संस्थाहरु धेरै भएतापनि समन्वय हुन नसकेको बताउदै अध्यक्ष पन्तले आयोजित बैठकले समन्वय तथा सहकार्य गर्नमा योगदान गर्ने बताएका थिए । राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा अपाङ्गता प्रतिशत २.२ भइरहेको अबस्थामा जाजरकोट जिल्लामा अपाङ्गताको प्रतिशत ५ रहनु दुखद भएको अध्यक्ष पन्तले भनाइ राखेका थिए ।

अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरुको स्वास्थ्य–पुर्नस्थापना तथा आर्थिक–सामाजिक सेवा पहुँचवृद्धि परियोजनाले जाजरकोट जिल्लाको भेरी र नलगाड नगरपालिकामा काम गरिरहेको परियोजना संयोजक गगन खड्काले जानकारी दिए । सेवाहरुमा पहुच वृद्धी तथा बजार मुल्य श्रृखलाको सवलीकरण गर्न परियोजनाले फिजियोथेरापी र पुर्नस्थापना एकाइ स्थापना, फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर सञ्चालन, अपाङ्गता भएका तथा अन्य संकटासन्न व्यक्तिलाई आयआर्जन र जिविकोपार्जन क्रियाकलाप सञ्चालन गर्न सहयोग, अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशीकरण र पहुँचको प्रवद्र्धन सम्बन्धी अभिमुखिकरण लगाएतका कार्यक्रम संचालन गरेको संयोजक खड्काले बताए ।

दिगो गुणस्तरी समावेशि स्वास्थ्य– पूर्नस्थापना तथा सामाजिक–आर्थिक सेवाहरू प्रर्वद्धन गर्न परियोजनाले प्राथमिक ट्रमा केयर (PTC) तालिम संचालन, पाँच वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाहरुको सिघ्र पहिचान र प्रेषण सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्नुको साथै अपाङ्गता, कार्यात्मक सिमितत्ता र अपाङ्गता भएका बालबालिकाहरूलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा पठाउन स्वास्थ्य स्वयंसेक FCHVs परिचालन अभिमुखिकरण, रिफरल सेवा संचालन, अन्तराट्रिय अपाङ्गता दिवस मनाउने कार्यक्रम रहेको परियोजना संयोजक खड्काले बताए ।

त्यसैगरी समावेशी नीति, रणनीति निमार्ण, प्रवद्र्धन र समावेशी अभ्यासहरूको कार्यान्वयनका लागि स्थानीय तह र सेवा प्रदायक संस्थाको सेवा प्रवाहमा समन्वय तथा सवलिकरण गर्न परियोजनाले नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरू सम्वन्धि सूचना व्यवस्थापनका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा समाग्री सहयोग, अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे बहुँ—सरोकारवालाहरुको समन्वय बैठक, स्थानीय तहमा पहुँचयुक्तता परीक्षण गर्ने कार्यक्रम रहेको परियोजना संयोजक खड्काले बताए ।

समावेशी, समुदायमा आधारित अनुकूलन र जलवायु मैत्री स्थानीय शासन मार्फत अपाङ्गता भएका व्यक्तिहरू र अन्य संकाटासन्न व्यक्ति, समुदाय र समूहहरूको जलवायु अनुकुलन क्षमता बढाउन परियोजनाले गैर खाद्य सामाग्री वितरण, स्थानीय तहमा विपद् व्यबस्थापन सम्बन्धि भएका नीतिहरुको विश्लेषण, परियोजना परिचयात्मक कार्यक्रम, परियोजनाको समिक्षा र योजना बैठक लगाएतका कृयाकलाप संचालन गर्ने कार्यक्रम रहेको संयोजक खड्काले बताए ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले २०२३ देखि २०२६ सम्मको लागि छेडागाड नगरपालिकामा संचालन गरेको माई फरेष्ट चाईल्ड परियोजनाको जम्मा बजेट २ करोड ६६ लाख २७ हजार ३३० रहेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका कार्यक्रम निर्देशक टेक बहादुर सुनारले बताए । २०२४ देखि २०२८ सम्मको लागि जिल्लाका सबै स्थानीय तहमा काम गर्ने गरी संचालित स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाको कुल बजेट ९ करोड २० लाख ३६ हजार ५२२ रहेको सुनारले बताए । २०२३ देखि २०२७ सम्मको लागि भेरी र नलगाड नगरपालिकामा संचालित अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरकि पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि परियोजनाको जम्मा बजेटः ३ करोड २४ लाख ५६ हजार ३ सय ८५ रुपैया ३३ पैसा रहेको निर्देशक सुनारले बताए ।

२०२४ देखि २०२८ सम्मका लागि छेडागाड नगरपालिकामा संचालित सहयात्रा तेस्रो परियोजनाको चालु आबमा ३ करोड ४५ लाख बजेट रहेको कार्यक्रम निर्देशक सुनारले बताए । २०२४ देखि २०२५ सम्मको लागि नलगाड, भेरी, छेडागाड, कुशे र रुकुमपश्चिमको आठबीसकोट र सानोभेरीमा संचालित सिघ्र पुर्नलाभ तथा विपद उत्थानशिल परियोजनाको जम्मा बजेट ः ८ करोड ६९ लाख ३८ हजार ८८ रहेको निर्देशक सुनारले जानकारी दिए । २०२२ देखि २०२५ सम्मको लागि नलगाड र भेरी नगरपालिकामा संचालित बाल स्पोन्सरसिप तथा समावेशी गुणस्तरीय शिक्षा परियोजनाको चालु आबमा जम्मा बजेट ३ करोड ५८ लाख १५ हजार ५ सय ४६ रुपैयाँ रहेको निर्देशक सुनारले बताए ।

त्यसैगरी २०२४ को लागि छेडागाड नगरपालिकामा संचालित Educating and Empowering Girls परियोजनाको जम्मा बजेट २० लाख रहेको निर्देशक सुनारले जानकारी दिएका थिए । २०२७ सम्मको लागि जाजरकोट र रुकुमपश्चिमा संचालित Karnali EQ recovery -Inclusive livelihood परियोजनाको जम्मा बजेट ७ करोड भन्दा बढि रहेको निर्देशक सुनारले बैठकमा बताएका थिए ।

बैठकको संचालन पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका सचिव रामचन्द्र ज्योतिले गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्