Hamro Sanchar

बारेकोटको धुममा पहिरोमा पुरिएर दुइ जना बेपत्ता, एक जनाको उद्धार

प्रकाशित : २०८१/५/२३ गते

जाजरकोट
बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुरिएर एकै घरका दुइ जना बेपत्ता भएका छन् भने, एक जनाको उद्धार गरिएको छ । अविरल बर्षासंगै माथिबाट आएको पहिराले घर पुरिएपछि एकै घरका दुइ जना बेपत्ता भएका हुन भने, एक जनाको उद्धार गरएको हो ।

मध्येराति २ बजे माथिबाट आएको पहिरोले घर पुरेपछि घरभित्र मस्त निद्रामा निधाइ रहेका पल्लो धुमका ४७ बर्षीय मान बहादुर चलाउने र उनको श्रीमति ३८ बर्षीय प्रेम कुमारी चलाउने पहिरोमै हराइ रहेको नेपाल प्रहरीले जनाएको छ । पहिरोमा हराइ रहेकी प्रेम कुमारी निर्वाचित वडा सदस्य भएको स्थानीयले जानकारी दिएका छन् ।

चलाउने दम्पतिसंगै घरमै सुतेकी ११ बर्षीय छोरी सम्झना चलाउनेलाइ स्थानीय युवा र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ । हात र मुखमा गहिरो चोट लागेको भएता पनि सम्झना बोल्ने अबस्थामा रहेको नेपाल प्रहरीले जनाएको छ । उपचारको लागि सम्झनालाइ जिल्ला अस्पताल जाजरकोट पठाइएको इलाका प्रहरी कार्यालय नायकबाडाले जानकारी दिएको छ ।

नायकबाडा इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक अमर बहादुर थापाको कमाण्डमा खटिएको ४ जना प्रहरी टोली ४ घण्टा पैदल यात्रा गरेर विहान ६ बजे घटना स्थलमा पुगेका थियो । ६ बजेनै सम्झनालाइ उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाईएको थियो ।

पहिरोमा हराइ रहेका चलाउने दम्पतिको खोजी तथा निकाल्ने काम भइ रहेको नेपाल प्रहरीले जनाएको छ । सम्झनासंगै सुतेकी मान बहादुर चलाउनेका दाइको १६ बर्षीय छोरी विमला चलाउने भने पहिरो जानु भन्दा पहिलानै सकुशल बाहिरी सकेकी थिइन् ।


Tagged
प्रतिकृया दिनुहोस्