News Portal

जाजरकोटको बारेकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प

डिजिटल संचार संवाददाता२०८१ पौष ११
१६ पटक

जाजरकोट
बारेकोट गाउँपालिका, ५ केन्द्रविन्दु बनाएर आज बिहानै भूकम्प गएको छ । नायकवाडा आसपास केन्द्र बनाएर आज बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जाजरकोट लगाएत आसपासका जिल्लामा समेत भूकम्पको महशुस गरिएको छ । यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । गत वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गराएको थियो ।

प्रतिकृया दिनुहोस्