News Portal

शिवालय गाउँपालिका–७ जिल्लाको चौथो सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा

डिजिटल संचार संवाददाता२०८१ पौष १५
११६ पटक

जाजरकोट
शिवालय गाउँपालिका–७ सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा भएको छ । भव्य कार्यक्रमको आयोजना गरेर आइतबार शिवालय गाउँपालिका वडा नं. ७ लाइ सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा गरिएको हो । शिवालय–७ लाइ जिल्लाको चौथो सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा गरिएको हो ।

विकासको प्यासमा छटपटाइ रहेको जाजरकोट जिल्लाले क्रमिक रुपमा विकासको लय पटड्दै गएको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले भनाइ राखेका थिए । सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री शाहले पुर्वाधार विकासले मात्र समाजले गति लिन नसक्ने बताएका थिए । जिल्लाको समग्र विकासमा सबै राजनीतिक पार्टीहरु एक ठाउँमा आउनु पर्ने बताउदै मन्त्री शाहले सामाजिक, सामुदायिक र संस्थागत विकासमा आफुले जोड दिने बताएका थिए ।

सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा कार्यक्रमलाइ सम्बोधन गर्दै हेल्भेटास स्विस इन्टरकोपरेसन नेपाल नीलकण्ठ उपाध्यायले अभियानमा साथ दिने सबैलाइ धन्यवाद दिएका थिए । सन् २००३ देखि हेल्भेटास स्विस इन्टरकोपरेसन नेपालसंगको सहकार्यमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटले शिवालय गाउँपालिकामा खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्दै आएको पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहले भनाइ राखेका थिए ।

वडा नं. १ लाइ जिल्लाको पहिलो सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा गर्न सफल भएको शिवालय गाउँपालिकाले वडानं. ३ लाइ जिल्लाकै दोस्रो सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा गरेको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले भनाइ राखेका थिए । जिल्लाको तेस्रो सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा छेडागाड नगरपालिकाको वडा नं. १० भएको जानकारी दिदै संयोजक शाहले शिवालय–७ जिल्लाको चौथो सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा भएको भनाइ राखेका थिए ।

सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा कार्यक्रममा नेपाली काँग्रेस, जाजरकोटका कावा सभापति खडक विसी, नेकपा एमाले शिवालय गाउँपालिका सचिव, नेकपा (माओवादी केन्द्र) शिवालय गाउँ समिति अध्यक्ष मान बहादुर पुन । वडा नं. ९ का वडा अध्यक्ष दिपक खड्का, शिक्षक शेर बहादुर खत्री, वीर बहादुर शाही लगाएका जनप्रतिनीधि, कर्मचारी र राजनीतिक दलका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

हेल्भेटास स्विस इन्टरकोपरेसन नेपालको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वीरेन्द्रनगर, सुर्खेत र शिवालय गाउँपालिकाको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको सामाजिक तथा प्राविधिक सहयोग र वडा स्तरीय खानेपानी तथा सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

शिवालय गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष टाइरेन्ट शाहीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन बीरेन्द्र मावि जुँगाथापाचौरका शिक्षक जीतेन्द्र बुढालेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्