News Portal

भेरी नगरपालिकामा तालाबन्दी

डिजिटल संचार संवाददाता२०८१ पौष १६
१३९ पटक

जाजरकोट
भुकम्प पीडितहरुको अस्थायी आबासको दोस्रो किस्ता तत्काल भुक्तानी गर्न माग गर्दै भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको स्थानीय तह दलबाट भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको हो ।

मंगलबार प्रशासनिक भवनमा तालाबन्दी पश्चात संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ । नेपाली काँग्रेसको स्थानीय तह दलको तर्फबाट भेरी नगरपालिका–१० का वडाअध्यक्ष दल बहादुर राना र नेकपा (माओवादी केन्द्र) स्थानीय तह दलको तर्फबाट वडा नं. ८ का वडाअध्यक्ष वीर बहादुर चन्दले हस्ताक्षर गरिएको संयुक्त प्रेस बक्तव्य जारी गरिएको छ ।

जारी गरिएको प्रेस वक्तव्यमा भुकम्पपछि निमार्ण गरिएका अस्थायी आबासको दोस्रो किस्ता अविलम्ब भुत्तानी गर्नु पर्ने, भेरी नगरपालिका अन्तरगतका स्वास्थ्य संस्थामा तत्काल औषधिको व्यवस्थापन गर्नु पर्ने, शिक्षक दरबन्दी मिलान प्रतिवेदन तत्काल कार्यान्वयन गर्नु पर्ने जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

सहरी शासकीय तथा पुर्वधार आयोजना अन्तरगत बिनियोजित भएका योजनाहरुको समिक्षा तथा नगरसभाको निर्णय कार्यन्वयन गर्नु पर्ने, भेरी नगरपालिका अन्तरगत रहेका कर्माचारीहरुले मिसन– ८४ को निर्वाचनलाई लक्षित गरि सामाजिक संजालमा लेखिएका क्रियाकलापका विषयमा तत्काल कानुनी कार्वाही गर्नु पर्ने, भेरी नगरपालिकाको दरबन्दि तेरिजी (इल्ः) अनुसारको कर्मचारी तत्काल व्यवस्थापन गर्नु पर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

भेरी नगरपालिकाको कार्यापालिका बैठक विगत साढे १ महिना देखि बस्न नसकेको जारी बक्तव्य उल्लेख गरिएको छ । बहुमत कार्यपालिका सदस्यहरुले मौखिक तथा लिखित रुपमा बैठक बस्न पटक पटक माग गरि दिएको निवेदन उपर कुनै पनि कार्वाहि नभएकोले कार्यापालिका बैठक माग गरि भेरी नगरपालिकाको प्रशासकीय भवनमा तालावन्दी गरिएको व्यहोरा जानकारी गराउदछौं जारी गरिएको संयुक्त प्रेस बक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्