जाजरकोट
कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेका स्वकीय सचिव अटल आचार्यले राजीनामा दिएका छन् । प्रेस नोट निकालेर शुक्रबार स्वकीय सचिव आचार्यले राजीनामा दिएका हुन् ।
अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव समेत रहेका आचार्यले प्रेदेश सभाका उपसभामुखको स्वकीय सचिव भएको एक बर्षको समय पुग्दा नपुग्दै राजीनामा दिएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) को राजनीतिक तथा साँगठनिक जिम्मेवारी समाल्ने अभिप्रायले आफुले स्वकीय सचिवबाट राजीनामा दिएको आचार्यले बताएका छन् ।
आसन्न अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय महाधिवेशनमा आफु महासचिव पदको उम्मेदवार बन्नका लागि राजीनामा दिएको आचार्यले डिजिटल संचारलाइ जानकारी दिएका छन् । प्रेस नोट मार्फत राजीनामा दिएका आचार्यले केही दिन यता सामाजिक सञ्जाल मार्फत कमरेडहरूले गर्नुभएको खबरदारी सहितको नैतिक प्रश्न प्रति मेरो ध्यानाकर्षण भएको छ भनेका छन्– ‘म क्रियाशिल रहेको संगठन अखिल (क्रान्तिकारी) ले यसको जीवन कालमा पहिलोपटक उमेर हदको विषयलाई निर्वाचन मार्फत अनुमोदित गरेको छ । यो निर्णय पश्चात् हिजोका धेरै विषयवस्तुमा सुधार आवश्यक देखिन्छ । मैले सुधार म भित्रबाट पनि आवश्यक छ भन्ने महशुस गरेको छु ।’
आचार्यको प्रेस नोटको पुर्णपाठ यस्तो छः–
प्रस्तुत सम्बन्धमा बिगत एक वर्ष अगाडी २०८०÷१०÷१५ गते बाट कर्णाली प्रदेशसभाका माननिय उपसभामुख यशोदा न्यौपाने ज्युको स्वकिय सचिवको जिम्मेवारीमा रहेर काम गर्ने महत्वपुर्ण अवसर प्राप्त भयो । यो करिब एक वर्षको अन्तरालमा कर्णाली प्रदेशसभा र कर्णाली प्रदेश सरकारको नजिक रहेर कर्णालीबासी जनताका समस्याहरू संगठन र पार्टी नेता कार्यकर्ताका सुझावहरू,गुणासाहरूका साथै विविध विषयसँग साक्ष्यातकार गर्ने, प्रदेशसभा र यसका काम कर्तव्य र अधिकार क्षेत्रका बारेमा जानकारी राख्ने वातावरण बन्यो । मैले मेरो राजनीतिक जिवनमा यसका उपयोगीताहरू लाई सदुपयोग गर्ने बिषयलाई मुख्य पुँजीको रूपमा ग्रहण गरेको छु । यो महत्त्वपूर्ण अवसर, विश्वासपूर्ण सहकार्य र माननीय उपसभामुख ज्यु ले निर्वाह गर्नुभएको अभिभावकीय भुमिका प्रति कृतज्ञता व्यक्त गर्दछु ।
मलाई यो जिम्मेवारी प्रदान गर्न सहगोग गर्ने नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश पार्टी इन्चार्ज,अध्यक्ष, जाजरकोट जिल्ला पार्टी लगायत सबै प्रति आभार व्यक्त गर्दछु । कर्णाली प्रदेश सभाका माननीय ज्युहरूको स्नेह र प्रेमलाई मैले गतिलो अनुभवको रूपमा संग्रह गरेको छु । यहाँहरू सँगको सहकार्य,निर्मित सम्बन्ध र सुझावहरूले मलाई पार्टी र आन्दोलन प्रति अटल रहन थप मदत गरेको अनुभुती सबैकोबिचमा साट्न चाहन्छु । स्मरणयोग्य सहकार्यका लागी म सबै कर्मचारी साथिहरुलाई हृदय देखी धन्यवाद व्यक्त गर्दछु ।
यहाँहरू लाई अवगत छ विगत लामो समयदेखि म क्रियाशील रहेको संगठन अखिल (क्रान्तिकारी) ले यसको जीवन कालमा पहिलोपटक उमेरहदको विषयलाई निर्वाचन मार्फत अनुमोदित गरेको छ । यो निर्णय पश्चात् हिजोका धेरै विषयवस्तुमा सुधार आवश्यक देखिन्छ । मैले सुधार म भित्र बाट पनि आवश्यक छ भन्ने महशुस गरेको छु । अखिल (क्रान्तिकारी) लाई आजको अवस्थासम्म ल्याउनको लागि हजारौं योद्धाहरूको बलिदान, लाखौं कमरेडहरूको पसिना खर्चेर यो जगको निर्माण भएको छ । हाम्रो अघिल्लो पुस्ताले भोगेका रगत,पसिना,जेलनेल र यातनाका अनेकन विषयसँग हाम्रो संगठनको गरिमा जोडिएको छ । मेरो बुवा लगायत हजारौं शहिदहरूको रगतले सिंचित गरिमा माथि आँच आउन दिनुहुँदैन भन्ने बिषयमा म सचेत छु । केही दिन यता सामाजिक सञ्जाल मार्फत कमरेडहरूले गर्नुभएको खबरदारी सहितको नैतिक प्रश्न प्रति मेरो ध्यानाकर्षण भएको छ । प्राप्त जिम्मेवारी लाई निर्वाह गर्ने क्रममा यो जिम्मेवारी पनि निश्कलंकीत भएर पूरा गरेको अनुभुति सहित अतिरन्जित र चटकको रूपमा नभै नैतिक प्रश्नलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने कुरालाई ध्यानमा राखी आजका मितिबाट लागुहुने गरि कर्णाली प्रदेशसभा का माननीय उपसभामुख ज्युको स्वकिय सचिवको जिम्मेवारी बाट राजिनामा दिएको जानकारी गर्दछु ।
साथै माओवादी पार्टी र अखिल (क्रान्तिकारी) प्रति दृढ रहदै आउँदा दिनहरूमा मेरो सक्रियता र क्रियाशीलता लाई थप सशक्तरूपमा निरन्तरता दिने प्रतिवद्द्वता व्यक्त गर्दछु ।
मिति २०८१÷०९÷२६
अटल आचार्य
निवर्तमान सचिव अखिल (क्रान्तिकारी